Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

मदरसाको अनुगमनमा मुस्लिम आयोग

डेक्स

डेक्स

मदरसाको अनुगमनमा मुस्लिम आयोग
ADVERTISEMENT

नेपालगन्ज, २८ वैशाख  : मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसहितको टोलीले मदरसा शिक्षाको बारेमा अनुगमन तथा छलफल गरेको छ । बाँकेको नरैनापुर गाउँपालिका अन्तर्गत रहेका मदरसाको स्थलगत अनुगमन गर्दै आयोगको टोलीले मदरसा शिक्षाको अवस्थाका बारेमा जानकारी लिएको हो । 

टोलीले सो क्षेत्रमा सञ्चालित मदरसाको भौतिक पुर्वाधार, बालबालिकाको शिक्षाको अवस्था, गुणस्तरीयता लगायतका विषयमा जानकारी लिई देखिएका समस्यालाई समाधानका लागि सम्वन्धित निकायमा पहल गर्ने मुस्लिम आयोगका सदस्य सम्सुल हकले बताउनुभयो ।

अनुगमन पश्चात आयोगका अध्यक्ष अन्सारीले नेपाली मुस्लिम समुदायले सबैभन्दा बढी शिक्षामा जोड दिनुपर्ने भन्दै मुस्लिम समुदाय शिक्षामा निकै पछाडि परेकाले शिक्षा क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । 

उहाँका अनुसार राज्यको हरेक तहमा मुस्लिम समुदायको प्रतिनिधित्वका लागि आयोगले निरन्तर पहल गर्दै आएको छ । मुस्लिम आयोगले समुदायको शिक्षामा बढी जोड दिएको भन्दै आयोग अध्यक्ष अन्सारीले लोकसेवा आयोगका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरिरहेको जानकारी दिनुभयो । 

उहाँले शिक्षालाई व्यवस्थित गर्दै मदरसा शिक्षालाई मूलधारमा ल्याउन मदरसाको व्यवस्थापनका लागि तीन वटै सरकारको भुमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा अध्यक्ष अन्सारीसहितको टोलीलाई स्वागत गर्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले पालिकामा रहेका २६ वटा मदरसाको भौतिक पूर्वधार र योग्य जनशक्ति नहुँदा मदरसाको अवस्था नाजुक भएको भन्दै भौतिक पूर्वधार र कन्या क्याम्पस स्थापनाका लागि पहल गरी दिन माग गर्नुभएको थियो । टोलीमा अध्यक्ष अन्सारी, सदस्यद्वय सम्सुल हक र महमदिन अलीलगायत रहनुभएको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…