Pairabi logo

पुस १३, २०८२, आइतबार                    

मदरसाको अनुगमनमा मुस्लिम आयोग

डेक्स

डेक्स

मदरसाको अनुगमनमा मुस्लिम आयोग
ADVERTISEMENT

नेपालगन्ज, २८ वैशाख  : मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसहितको टोलीले मदरसा शिक्षाको बारेमा अनुगमन तथा छलफल गरेको छ । बाँकेको नरैनापुर गाउँपालिका अन्तर्गत रहेका मदरसाको स्थलगत अनुगमन गर्दै आयोगको टोलीले मदरसा शिक्षाको अवस्थाका बारेमा जानकारी लिएको हो । 

टोलीले सो क्षेत्रमा सञ्चालित मदरसाको भौतिक पुर्वाधार, बालबालिकाको शिक्षाको अवस्था, गुणस्तरीयता लगायतका विषयमा जानकारी लिई देखिएका समस्यालाई समाधानका लागि सम्वन्धित निकायमा पहल गर्ने मुस्लिम आयोगका सदस्य सम्सुल हकले बताउनुभयो ।

अनुगमन पश्चात आयोगका अध्यक्ष अन्सारीले नेपाली मुस्लिम समुदायले सबैभन्दा बढी शिक्षामा जोड दिनुपर्ने भन्दै मुस्लिम समुदाय शिक्षामा निकै पछाडि परेकाले शिक्षा क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । 

उहाँका अनुसार राज्यको हरेक तहमा मुस्लिम समुदायको प्रतिनिधित्वका लागि आयोगले निरन्तर पहल गर्दै आएको छ । मुस्लिम आयोगले समुदायको शिक्षामा बढी जोड दिएको भन्दै आयोग अध्यक्ष अन्सारीले लोकसेवा आयोगका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरिरहेको जानकारी दिनुभयो । 

उहाँले शिक्षालाई व्यवस्थित गर्दै मदरसा शिक्षालाई मूलधारमा ल्याउन मदरसाको व्यवस्थापनका लागि तीन वटै सरकारको भुमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा अध्यक्ष अन्सारीसहितको टोलीलाई स्वागत गर्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले पालिकामा रहेका २६ वटा मदरसाको भौतिक पूर्वधार र योग्य जनशक्ति नहुँदा मदरसाको अवस्था नाजुक भएको भन्दै भौतिक पूर्वधार र कन्या क्याम्पस स्थापनाका लागि पहल गरी दिन माग गर्नुभएको थियो । टोलीमा अध्यक्ष अन्सारी, सदस्यद्वय सम्सुल हक र महमदिन अलीलगायत रहनुभएको थियो ।

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …