Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

शिक्षा समन्वय इकाई प्रमुखका कारण शिक्षा समिति बाँकेले अझै पुर्णता पाएन

सम्वाददाता

सम्वाददाता

शिक्षा समन्वय इकाई प्रमुखका कारण शिक्षा समिति बाँकेले अझै पुर्णता पाएन
ADVERTISEMENT

नेपालगन्ज २५ बैशाख । लामो समयदेखि जिल्ला शिक्षा समिति बाँकेले अझै पुर्णता पाएको छैन । शिक्षा ऐन २०२८ अनुसार जिल्लाभित्रका विद्यालयको रेखदेख र व्यवस्थापन गर्नका लागि शिक्षा समिति गठन गर्नुपर्ने प्रावधान रहेको छ । 

समितिको संयोजकमा जिल्ला समन्वय समितिका प्रमुख रहने व्यवस्था छ । तर दुई वर्षदेखि उक्त समितिले पुर्णता नपाएको संयोजक ज्ञानेन्द्रकुमार चौधरीले बताउनुभयो । जिल्ला शिक्षा समन्वय एकाई प्रमुख राम सुरेश यादवले समिति विस्तारका बारेमा कुनै चासो नदेखाएपछि समितिले पुर्णता नपाएको बताउनुभयो । 

संयोजक चौधरीले भन्नुभयो,‘समन्वय समितिको प्रमुखमा म आएको दुई वर्ष भयो तर अहिलेसम्म समिति विस्तार नहुनुमा दुभाग्र्यपुर्ण अवस्था छ, सदस्य सचिवले मलाई टेरेनन, के गर्ने, पटक पटक समितिलाई पुर्णता दिन अनुरोध गर्द पनि यादव जीले कुनै वास्तै गर्नुहुन्न, उहाँले भन्नुभयो, बैठक डाकेपनि उहाँहरु उपस्थित नभएपछि मैले सदस्य सचिव र पदेन सदस्य रहनुभएका प्रमुख जिल्ला अधिकारीलाई स्पष्टिकरण सोधेको छु ।’ 

शिक्षा ऐनले स्पष्ट रुपमा निर्धारण गरेको क्षेत्रबाट सदस्य मनोनय गर्ने कुरामा सदस्य सचिवले आलटाल गर्ने कार्य आफैमा शंकास्पद भएको संयोजक चौधरीले बताउनुभयो । उहाँले ऐनले तोकिएको काम कर्तव्य अधिकारलाई प्रयोग गरि जिल्लामा शिक्षाको विकासका लागि काम गर्ने प्रतिबद्धता गर्नुभयो । संयोजक चौधरीले आज पत्रकार सम्मेलनमार्फत समितिको पुर्णताको बारेमा आफ्नो धारणा राख्नुभएको छ । 

ऐन अनुसार समितिको पदेन सदस्यमा प्रमुख जिल्ला अधिकारी, नेपाल शिक्षक महासंघको अध्यक्ष, शिक्षा समन्वय इकाई प्रमुख सदस्य सचिव र ५ जना मनोनित गर्ने व्यवस्था रहेको छ । 

शिक्षा सम्वन्धी जिल्लास्तरिय योजना तर्जुमा गर्ने, सामुदायिक विद्यालयलाई आर्थिक सहयोग पुयाउन गाउँपालिका तथा नगरपालिकालाई अभिप्रेरित गर्ने, जिल्लाभित्र मर्यादित र स्वच्छ वातावरणमा परीक्षा सञ्चालन गर्न सहयोग गर्ने, जिल्लाको शैक्षिक गुणस्तर विकासको लागि स्रोत जुटाउन व्यवस्था गर्ने, सामुदायिक विद्यालयहरुको लेखापरीक्षकको पारिश्रमिक निर्धारण गर्ने, जिल्लाभित्रका सामुदायिक विद्यालय अन्तर्गतका कक्षा पाँचसम्मका आधारभूत विद्यालयमा दुर्गम जिल्लाहरुको हकमा भौगोलिक विकटताको आधारमा र अन्य जिल्लाको हकमा विद्यार्थी संख्याको आधारमा न्यूनतम कक्षागत दरबन्दी कायम गरी र आधारभूत विद्यालयको कक्षा छ देखि आठसम्म तथा माध्यमिक विद्यालयलाई विषयगत आधारमा नेपाल सरकारद्वारा उपलब्ध दरबन्दी वितरण र मिलान गर्ने र विद्यालय व्यवस्थापन समितिलाई आवश्यक निर्देशन दिने समितिको काम कर्तव्य र अधिकार ऐनले व्यवस्था गरेको छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…