Pairabi logo

पुस १३, २०८२, आइतबार                    

शिक्षा समन्वय इकाई प्रमुखका कारण शिक्षा समिति बाँकेले अझै पुर्णता पाएन

सम्वाददाता

सम्वाददाता

शिक्षा समन्वय इकाई प्रमुखका कारण शिक्षा समिति बाँकेले अझै पुर्णता पाएन
ADVERTISEMENT

नेपालगन्ज २५ बैशाख । लामो समयदेखि जिल्ला शिक्षा समिति बाँकेले अझै पुर्णता पाएको छैन । शिक्षा ऐन २०२८ अनुसार जिल्लाभित्रका विद्यालयको रेखदेख र व्यवस्थापन गर्नका लागि शिक्षा समिति गठन गर्नुपर्ने प्रावधान रहेको छ । 

समितिको संयोजकमा जिल्ला समन्वय समितिका प्रमुख रहने व्यवस्था छ । तर दुई वर्षदेखि उक्त समितिले पुर्णता नपाएको संयोजक ज्ञानेन्द्रकुमार चौधरीले बताउनुभयो । जिल्ला शिक्षा समन्वय एकाई प्रमुख राम सुरेश यादवले समिति विस्तारका बारेमा कुनै चासो नदेखाएपछि समितिले पुर्णता नपाएको बताउनुभयो । 

संयोजक चौधरीले भन्नुभयो,‘समन्वय समितिको प्रमुखमा म आएको दुई वर्ष भयो तर अहिलेसम्म समिति विस्तार नहुनुमा दुभाग्र्यपुर्ण अवस्था छ, सदस्य सचिवले मलाई टेरेनन, के गर्ने, पटक पटक समितिलाई पुर्णता दिन अनुरोध गर्द पनि यादव जीले कुनै वास्तै गर्नुहुन्न, उहाँले भन्नुभयो, बैठक डाकेपनि उहाँहरु उपस्थित नभएपछि मैले सदस्य सचिव र पदेन सदस्य रहनुभएका प्रमुख जिल्ला अधिकारीलाई स्पष्टिकरण सोधेको छु ।’ 

शिक्षा ऐनले स्पष्ट रुपमा निर्धारण गरेको क्षेत्रबाट सदस्य मनोनय गर्ने कुरामा सदस्य सचिवले आलटाल गर्ने कार्य आफैमा शंकास्पद भएको संयोजक चौधरीले बताउनुभयो । उहाँले ऐनले तोकिएको काम कर्तव्य अधिकारलाई प्रयोग गरि जिल्लामा शिक्षाको विकासका लागि काम गर्ने प्रतिबद्धता गर्नुभयो । संयोजक चौधरीले आज पत्रकार सम्मेलनमार्फत समितिको पुर्णताको बारेमा आफ्नो धारणा राख्नुभएको छ । 

ऐन अनुसार समितिको पदेन सदस्यमा प्रमुख जिल्ला अधिकारी, नेपाल शिक्षक महासंघको अध्यक्ष, शिक्षा समन्वय इकाई प्रमुख सदस्य सचिव र ५ जना मनोनित गर्ने व्यवस्था रहेको छ । 

शिक्षा सम्वन्धी जिल्लास्तरिय योजना तर्जुमा गर्ने, सामुदायिक विद्यालयलाई आर्थिक सहयोग पुयाउन गाउँपालिका तथा नगरपालिकालाई अभिप्रेरित गर्ने, जिल्लाभित्र मर्यादित र स्वच्छ वातावरणमा परीक्षा सञ्चालन गर्न सहयोग गर्ने, जिल्लाको शैक्षिक गुणस्तर विकासको लागि स्रोत जुटाउन व्यवस्था गर्ने, सामुदायिक विद्यालयहरुको लेखापरीक्षकको पारिश्रमिक निर्धारण गर्ने, जिल्लाभित्रका सामुदायिक विद्यालय अन्तर्गतका कक्षा पाँचसम्मका आधारभूत विद्यालयमा दुर्गम जिल्लाहरुको हकमा भौगोलिक विकटताको आधारमा र अन्य जिल्लाको हकमा विद्यार्थी संख्याको आधारमा न्यूनतम कक्षागत दरबन्दी कायम गरी र आधारभूत विद्यालयको कक्षा छ देखि आठसम्म तथा माध्यमिक विद्यालयलाई विषयगत आधारमा नेपाल सरकारद्वारा उपलब्ध दरबन्दी वितरण र मिलान गर्ने र विद्यालय व्यवस्थापन समितिलाई आवश्यक निर्देशन दिने समितिको काम कर्तव्य र अधिकार ऐनले व्यवस्था गरेको छ । 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …