Pairabi logo

माघ १९, २०८२, आइतबार                    

एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ : डा.कोइराला

सम्वाददाता

सम्वाददाता

एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ : डा.कोइराला
ADVERTISEMENT

बाँके, २२ वैशाख : नेपाली काँग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देश अत्यन्तै संकटको अवस्थामा रहेको बाउनुभएको छ । नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ र प्रदेश सभा ‘क’ र ‘ख’ को आज कोहलपुरमा आयोजित दोस्रो सम्मेलनलाई सम्वोधन गर्दै नेता कोईरालाले सरकार फेरवदलका कारण देश अत्यन्तै अफ्ठारो अवस्थामा रहेको बताउनुभयो । 

‘डेढ वर्षको अवधिमा तीन पटक सरकार परिवर्तन भइसक्यो, तीनै पटक सरकारको नेतृत्व गर्ने व्यक्ति नेकपा माओबादीका अध्यक्ष ‘प्रचण्ड’ हुनुभयो उहाँले भन्नुभयो, ‘यही अवस्था रहिरहयो भने पाँच वर्षमा पाँच सात वटा सरकार बन्ने अवस्था देखिन्छ । 

उहाँले राजनीतिक स्थायित्व नहुँदा मुलुक आर्थिक अवस्थाबाट समेत कमजोर बन्दै गएको उल्लेख गर्नुभयो । हालै सम्पन्न लगानी सम्मेलनबाट विदेशीहरु नेपालमा लगानी गर्न खोजिरहेपनि राजनीतिक अस्थिरताका कारण ढुक्क भएर लगानी गर्ने बातावरण नभएको उहाँको भनाई छ । 

उहाँले मुलुकको यो अवस्था फेर्नका लागि दुई ठूला शक्ति काँग्रेस र एमाले मिल्नुको विकल्प नभएको भन्नुभयो, ‘यो कठिन छ तर विकल्प छैन, ‘मुलुकलाई सधैं अस्थिर बनाइराख्ने हो भने कसरी सम्बृद्ध हुन सक्छ ?’ अहिलेको अवस्था चिर्न निर्वाचन प्रणाली फेर्नु पर्नेमा उहाँको जोड थियो । 

उपनिर्वाचनको चुनावमा भएको पराजयले काँग्रेसलाई थप बलिएको बनाएको स्मरण गर्दै वरिष्ठ नेता डा. कोइरालाले आगामी चुनावमा सबै कार्यकर्ताहरु एक हुनु पर्नेमा जोड दिदै उहाँले पार्टीको आन्तरिक प्रतिस्पर्धामा गुटउपगुट हुनु स्वभाविक भएपनि आमनिर्वाचनमा टिकट जसले पाएपनि उसलाई जिताउनु सम्पूर्ण कार्यकर्ताको दायित्व भएको बताउनुभयो । 

कार्यक्रममा काँग्रेस सहमहामन्त्री किशोरसिंह राठोरले मुलुकको वृहत्तरहितका लागि काँग्रेस बाहेक अरु पार्टीको कल्पना गर्न नसकिने भन्दै मुलुकका हरेक परिवर्तनमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गुर्नभयो । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले काँग्रेसलाई बलियो बनाउन संगठनका गतिविधिहरुलाई चलायमान बनाउनुपर्ने भन्दै भातृ संस्थाहरुको परिचालन हुन नसकेकोमा दुख व्यक्त गर्नुभयो । 

काँग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा खराव व्यक्तिहरुलाई पुरष्कृत गर्ने प्रवृत्ति हावी भइरहेको भन्दै त्यसलाई नीतिगत रुपमै निरुत्साहित गरिनुपर्नेमा जोड दिनुभयो । 

काँग्रेस क्षेत्रीय सभापति पोषण केसीको अध्यक्षतामा भएको दोस्रो सम्मेलनमा काँग्रेस केन्द्रीय सदस्यहरु सञ्जय गौतम, गोपाल दहित, मधु आचार्यलगायतले पनि आआफ्नो धारणा राख्नुभएको थियो । आर्थिक र सांगठनिक प्रतिवेदन समेत पास गरिएको उक्त सम्मेलनमा विभिन्न व्यक्तिहरुलाई सम्मानित समेत गरिएको छ ।
–––

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

बाँकेमा अधिकास युवा उम्मेदवार

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …