Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ : डा.कोइराला

सम्वाददाता

सम्वाददाता

एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ : डा.कोइराला
ADVERTISEMENT

बाँके, २२ वैशाख : नेपाली काँग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देश अत्यन्तै संकटको अवस्थामा रहेको बाउनुभएको छ । नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ र प्रदेश सभा ‘क’ र ‘ख’ को आज कोहलपुरमा आयोजित दोस्रो सम्मेलनलाई सम्वोधन गर्दै नेता कोईरालाले सरकार फेरवदलका कारण देश अत्यन्तै अफ्ठारो अवस्थामा रहेको बताउनुभयो । 

‘डेढ वर्षको अवधिमा तीन पटक सरकार परिवर्तन भइसक्यो, तीनै पटक सरकारको नेतृत्व गर्ने व्यक्ति नेकपा माओबादीका अध्यक्ष ‘प्रचण्ड’ हुनुभयो उहाँले भन्नुभयो, ‘यही अवस्था रहिरहयो भने पाँच वर्षमा पाँच सात वटा सरकार बन्ने अवस्था देखिन्छ । 

उहाँले राजनीतिक स्थायित्व नहुँदा मुलुक आर्थिक अवस्थाबाट समेत कमजोर बन्दै गएको उल्लेख गर्नुभयो । हालै सम्पन्न लगानी सम्मेलनबाट विदेशीहरु नेपालमा लगानी गर्न खोजिरहेपनि राजनीतिक अस्थिरताका कारण ढुक्क भएर लगानी गर्ने बातावरण नभएको उहाँको भनाई छ । 

उहाँले मुलुकको यो अवस्था फेर्नका लागि दुई ठूला शक्ति काँग्रेस र एमाले मिल्नुको विकल्प नभएको भन्नुभयो, ‘यो कठिन छ तर विकल्प छैन, ‘मुलुकलाई सधैं अस्थिर बनाइराख्ने हो भने कसरी सम्बृद्ध हुन सक्छ ?’ अहिलेको अवस्था चिर्न निर्वाचन प्रणाली फेर्नु पर्नेमा उहाँको जोड थियो । 

उपनिर्वाचनको चुनावमा भएको पराजयले काँग्रेसलाई थप बलिएको बनाएको स्मरण गर्दै वरिष्ठ नेता डा. कोइरालाले आगामी चुनावमा सबै कार्यकर्ताहरु एक हुनु पर्नेमा जोड दिदै उहाँले पार्टीको आन्तरिक प्रतिस्पर्धामा गुटउपगुट हुनु स्वभाविक भएपनि आमनिर्वाचनमा टिकट जसले पाएपनि उसलाई जिताउनु सम्पूर्ण कार्यकर्ताको दायित्व भएको बताउनुभयो । 

कार्यक्रममा काँग्रेस सहमहामन्त्री किशोरसिंह राठोरले मुलुकको वृहत्तरहितका लागि काँग्रेस बाहेक अरु पार्टीको कल्पना गर्न नसकिने भन्दै मुलुकका हरेक परिवर्तनमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गुर्नभयो । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले काँग्रेसलाई बलियो बनाउन संगठनका गतिविधिहरुलाई चलायमान बनाउनुपर्ने भन्दै भातृ संस्थाहरुको परिचालन हुन नसकेकोमा दुख व्यक्त गर्नुभयो । 

काँग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा खराव व्यक्तिहरुलाई पुरष्कृत गर्ने प्रवृत्ति हावी भइरहेको भन्दै त्यसलाई नीतिगत रुपमै निरुत्साहित गरिनुपर्नेमा जोड दिनुभयो । 

काँग्रेस क्षेत्रीय सभापति पोषण केसीको अध्यक्षतामा भएको दोस्रो सम्मेलनमा काँग्रेस केन्द्रीय सदस्यहरु सञ्जय गौतम, गोपाल दहित, मधु आचार्यलगायतले पनि आआफ्नो धारणा राख्नुभएको थियो । आर्थिक र सांगठनिक प्रतिवेदन समेत पास गरिएको उक्त सम्मेलनमा विभिन्न व्यक्तिहरुलाई सम्मानित समेत गरिएको छ ।
–––

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…