Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल

सम्वाददाता

सम्वाददाता

नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल
ADVERTISEMENT

नेपालगन्ज, २१ बैशाख  ः पश्चिम नेपालमा निजी अस्पतालको रुपमा सुविधा सम्पन्न नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल सर्वसम्मत चयन हुनुभएको छ । अर्याल गण्डकी मेडिकल कलेजका अध्यक्ष तथा युनिभर्सल कलेज अफ मेडिकल कलेजका प्रबन्ध सञ्चालक हुनुहुन्छ ।

अर्यालले नेपालगन्ज मेडिकल कलेजको बहुसङ्ख्यक शेयर खरिद गरेपछि सञ्चालक समितिको बैठकले उहाँलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो । मेडिकल व्यवसायी अध्यक्ष अर्यालसहित कलेजको सञ्चालकहरूमा दिनेश श्रेष्ठ, अनिज श्रेष्ठ, डा सुरेशकुमार कनोडिया, सन्तोष कनोडिया, सन्तोषकुमार खनाल, लोकहर्ष शाक्य, अजय गुप्ता र सन्दीप अग्रवाल रहनु भएको छ । 

नयाँ प्रविधि र उपचार विधिहरू मेडिकल कलेजमा ल्याएर सेवा विस्तार गर्दै नयाँ योजनासाथ कलेजको विकासमा लाग्ने योजना कलेजले अघि बढाउने सञ्चालक डा. सुरेश कुमार कनौडियाले बताउनुभयो । नेपालगन्ज मेडिकल कलेजको नेपालगन्जमा अस्पताल, कोहलपुरमा कलेज तथा अस्पताल रहेको उहाँले बताउनुभयो । 

अर्यालको अध्यक्षतामा मेडिकल कलेजको थप विकास र विस्तार हुने सञ्चालक समितिले विश्वास लिएको छ । अध्यक्ष अर्यालले दाङमा पनि सञ्जीवनी अस्पताल स्थापनाको काम अगाडि बढाउनुभएको छ । उक्त अस्पताललाई मेडिकल कलेजको रूपमा अगाडि बढाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
–––
 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…