Pairabi logo

साउन ११, २०८२, शनिबार                    

लैङ्गिक रूपान्तरणीय, समावेशी शिक्षणविधि व्यवस्थापन तालिम

सम्वाददाता

सम्वाददाता

लैङ्गिक रूपान्तरणीय, समावेशी शिक्षणविधि व्यवस्थापन तालिम
ADVERTISEMENT

नेपालगन्ज, १२ बैशाख । बर्दियाका सामुदायिक विद्यालयका शिक्षकहरूका लागि लैङ्गिक रूपान्तरणीय, समावेशी शिक्षणविधि र अपांगता भएका बालबालिकाहरु मैत्री कक्षाकोठा व्यवस्थापनसम्बन्धी तीन दिने शिक्षक तालिम गरिएको छ ।  

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बाँके युनेस्को क्लबले “सामाजिक संरक्षण सेवाहरुमा अपाङ्गता भएका बालबालिकाहरूको अधिकार सुनिश्चितताका लागि सहयोग” परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरेको हो । 

सो तीन दिने तालिममा कुल २७ वटा माध्यमिक विद्यालयका शिक्षकहरू र प्रधानाध्यापकहरूले उत्साहपूर्वक सहभागी भई अपाङ्गता भएका बालबालिकाको पहिचान गर्न र त्यस्ता अपाङ्गता भएका व्यक्तिहरूका लागि उपयुक्त समावेशी शिक्षा शास्त्र र कक्षा कोठा व्यवस्थापनमार्फत अपाङ्गता भएका बालबालिकाहरूका लागि समावेशी सिकाइ वातावरण सिर्जना गर्न केन्द्रित उपयोगी ज्ञान हासिल गरेका थिए । 

सो तालिमको मुख्य उदेश्य अपाङ्गता भएका बालबालिकाको शिक्षा र व्यक्तित्व विकासको मौलिक अधिकार सुनिश्चित गर्दै विद्यालयमा समावेशी र गुणस्तरीय सिकाइ वातावरणमा पहुँच सिर्जना गर्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । 

तालिमका सहजकर्ता सञ्जीव जोशीले अपाङ्गता भएका बालबालिकाको भावना, शिक्षण पद्धति, पाठ योजना र विद्यालयमा आवश्यक पूर्वाधारको उपलब्धतासंगै कक्षाकोठालाई अपाङ्गता भएका बालबालिकाको सहज सिकाइकालागि आवश्यक पूर्वाधार बारे शिक्षकहरुलाई प्रशिक्षण दिनुभयो । 

तीन दिने सो तालिमको समापन सत्र बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि राजापुर नगरपालिकाको महिला तथा बालबालिका एकाइकी प्रमुख रिता कुमारी थारु रहनु भएको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि थारुले अपाङ्गता भएका बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्दै सिकाइको वातावरण सिर्जना गर्ने भएकाले यस्तो उपयुक्त तालिम दिने बाँके युनेस्को र प्लान इन्टरनेशनलको प्रयासको उच्च प्रशंसा गर्नुभयो ।

उहाँले विद्यालयलाई समावेशी र अपाङ्गमैत्री बनाउन सक्दो सहयोग गर्ने आश्वासन पनि दिनुभयो । सो अवसरमा प्रमुख अतिथि थारु र बाँके युनेस्कोका अध्यक्ष तुलाधर तथा प्रमुख संरक्षक परवेज अली सिद्दिकीले संयुक्त रुपमा सहभागिलाई प्रमाणपत्र वितरण गर्नुभयो । 

प्रधानाध्यापक प्रेमबहादुर बिकेले सहभागीहरुको तर्फबाट बोल्दै तालिम निकै उपयोगी रहेको बताउँदै अपाङ्गता भएका बालबालिकालाई सहज र मैत्रीपूर्ण वातावरणमा सिकाउने ज्ञान बढेको बताउनुभयो ।

सहभागीका तर्फबाट बोल्दै विद्यालयकी शिक्षिका अञ्जु भट्टराईले प्रशिक्षणले सहभागि सबैलाई वास्तवमै उत्प्रेरित गरेको र विशेषगरी अपाङ्गता भएका बालबालिकालाई उपयोगी शिक्षण सीप प्रदान गरेको बताउनुभयो । कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, राजापुर बर्दियाको टपरा युनेस्कोका अध्यक्ष भीमसेन चौधरी, बाँके युनेस्कोका सह निर्देशक महेश नेपाली, फिल्ड सुपरभाइजर जनक चौधरी लगायतको पनि सहभागिता रहेको थियो ।

ताजा

सबै

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्ट…

सिँचाइ नहुँदा रोपाइँ भएन

कालीकोट, ७ साउनः कालीकोटको महावै गाउँपालिका६ को कुनी र गणेशकोटमा सिँचाइ सुविधा …

बाँकेका तीन पालिकामा यौन तथा प्रजनन स्वास्थ्यबारेको परियोजना शुरु

नेपालगन्ज, ७ साउन । समुदायमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी सचेतना तथा नीत…

कान्ति तालको सौन्दर्य बचाउन हस्ताक्षर सङ्कलन अभियान

नेपालगन्ज, ५ साउनः नेपालगन्ज पुरैनीस्थित कान्ति तालको सौन्दर्य बचाउन हस्ताक्षर सङ्कलन अभ…

लोकप्रिय

सबै

जुँगे महादेवको मन्दिरमा पूजा आजा सुरु

नेपालगञ्ज ५ साउनः पश्चिम नेपालको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको जुँगे महादेव…

कान्ति तालको सौन्दर्य बचाउन हस्ताक्षर सङ्कलन अभियान

नेपालगन्ज, ५ साउनः नेपालगन्ज पुरैनीस्थित कान्ति तालको सौन्दर्य बचाउन हस्ताक्षर सङ्कलन अभ…

भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव

नेपालगन्ज, ५ साउन । भेरी अस्पताल नेपालगञ्जमा रेबिज विरुद्धको खोप अभाव भएको छ । सेवा…

बाँकेका तीन पालिकामा यौन तथा प्रजनन स्वास्थ्यबारेको परियोजना शुरु

नेपालगन्ज, ७ साउन । समुदायमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी सचेतना तथा नीत…

यो पनि

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …

स्थानीय शैक्षिक सामाग्रीको निर्माण गरेर पठनपाठन गराउने शिक्षकको प्रतिवद्धता

स्थानीय शैक्षिक सामाग्रीको निर्माण गरेर पठनपाठन गराउने शिक्षकको प्रतिवद्धता

बर्दिया । बर्दियाको राजापुर र मधुवन नगरपालिकाका प्रारम्भिक बालविकास ९ईसीडी० र कक्षा …

नेपालगञ्जका विद्यालयमा विपद् सुरक्षा योजना तयार गरिने

नेपालगञ्जका विद्यालयमा विपद् सुरक्षा योजना तयार गरिने

नेपालगञ्ज २ जेठ : नेपालगञ्ज क्षेत्रका सामुदायिक विद्यालयहरुमा विपद् सुरक्षा योजना बनाउ…

डुडुवामा आकस्मिक आश्रय स्थल निमार्ण शुरु

डुडुवामा आकस्मिक आश्रय स्थल निमार्ण शुरु

डुडुवा (बाँके), २७ बैशाख । बाँकेको बाढी प्रभावित क्षेत्र डुडुवाको रामनगर पाझामा आक…