Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

लैङ्गिक रूपान्तरणीय, समावेशी शिक्षणविधि व्यवस्थापन तालिम

सम्वाददाता

सम्वाददाता

लैङ्गिक रूपान्तरणीय, समावेशी शिक्षणविधि व्यवस्थापन तालिम
ADVERTISEMENT

नेपालगन्ज, १२ बैशाख । बर्दियाका सामुदायिक विद्यालयका शिक्षकहरूका लागि लैङ्गिक रूपान्तरणीय, समावेशी शिक्षणविधि र अपांगता भएका बालबालिकाहरु मैत्री कक्षाकोठा व्यवस्थापनसम्बन्धी तीन दिने शिक्षक तालिम गरिएको छ ।  

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बाँके युनेस्को क्लबले “सामाजिक संरक्षण सेवाहरुमा अपाङ्गता भएका बालबालिकाहरूको अधिकार सुनिश्चितताका लागि सहयोग” परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरेको हो । 

सो तीन दिने तालिममा कुल २७ वटा माध्यमिक विद्यालयका शिक्षकहरू र प्रधानाध्यापकहरूले उत्साहपूर्वक सहभागी भई अपाङ्गता भएका बालबालिकाको पहिचान गर्न र त्यस्ता अपाङ्गता भएका व्यक्तिहरूका लागि उपयुक्त समावेशी शिक्षा शास्त्र र कक्षा कोठा व्यवस्थापनमार्फत अपाङ्गता भएका बालबालिकाहरूका लागि समावेशी सिकाइ वातावरण सिर्जना गर्न केन्द्रित उपयोगी ज्ञान हासिल गरेका थिए । 

सो तालिमको मुख्य उदेश्य अपाङ्गता भएका बालबालिकाको शिक्षा र व्यक्तित्व विकासको मौलिक अधिकार सुनिश्चित गर्दै विद्यालयमा समावेशी र गुणस्तरीय सिकाइ वातावरणमा पहुँच सिर्जना गर्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । 

तालिमका सहजकर्ता सञ्जीव जोशीले अपाङ्गता भएका बालबालिकाको भावना, शिक्षण पद्धति, पाठ योजना र विद्यालयमा आवश्यक पूर्वाधारको उपलब्धतासंगै कक्षाकोठालाई अपाङ्गता भएका बालबालिकाको सहज सिकाइकालागि आवश्यक पूर्वाधार बारे शिक्षकहरुलाई प्रशिक्षण दिनुभयो । 

तीन दिने सो तालिमको समापन सत्र बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि राजापुर नगरपालिकाको महिला तथा बालबालिका एकाइकी प्रमुख रिता कुमारी थारु रहनु भएको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि थारुले अपाङ्गता भएका बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्दै सिकाइको वातावरण सिर्जना गर्ने भएकाले यस्तो उपयुक्त तालिम दिने बाँके युनेस्को र प्लान इन्टरनेशनलको प्रयासको उच्च प्रशंसा गर्नुभयो ।

उहाँले विद्यालयलाई समावेशी र अपाङ्गमैत्री बनाउन सक्दो सहयोग गर्ने आश्वासन पनि दिनुभयो । सो अवसरमा प्रमुख अतिथि थारु र बाँके युनेस्कोका अध्यक्ष तुलाधर तथा प्रमुख संरक्षक परवेज अली सिद्दिकीले संयुक्त रुपमा सहभागिलाई प्रमाणपत्र वितरण गर्नुभयो । 

प्रधानाध्यापक प्रेमबहादुर बिकेले सहभागीहरुको तर्फबाट बोल्दै तालिम निकै उपयोगी रहेको बताउँदै अपाङ्गता भएका बालबालिकालाई सहज र मैत्रीपूर्ण वातावरणमा सिकाउने ज्ञान बढेको बताउनुभयो ।

सहभागीका तर्फबाट बोल्दै विद्यालयकी शिक्षिका अञ्जु भट्टराईले प्रशिक्षणले सहभागि सबैलाई वास्तवमै उत्प्रेरित गरेको र विशेषगरी अपाङ्गता भएका बालबालिकालाई उपयोगी शिक्षण सीप प्रदान गरेको बताउनुभयो । कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, राजापुर बर्दियाको टपरा युनेस्कोका अध्यक्ष भीमसेन चौधरी, बाँके युनेस्कोका सह निर्देशक महेश नेपाली, फिल्ड सुपरभाइजर जनक चौधरी लगायतको पनि सहभागिता रहेको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…