Pairabi logo

पुस १३, २०८२, आइतबार                    

नेपालगञ्जका संस्थागत विद्यालयमा शुल्कु अनुगमन

सम्वाददाता

सम्वाददाता

नेपालगञ्जका संस्थागत विद्यालयमा शुल्कु अनुगमन
ADVERTISEMENT

नेपालगन्ज १० बैशाख । नेपालगञ्ज उपमहानगरपालिकाले शुल्क कार्यान्वयनको अवस्थाबारे संस्थागत विद्यालयहरुमा अनुगमन थालेको छ । शिक्षा महाशाखाले पछिल्लोपटक गरेको संस्थागत विद्यालय वर्गीकरण अनुसार निर्धारित शुल्क ’कार्यान्वयन’ को अवस्थाबारे अनुगमन थालिएको हो । 

नेपालगञ्ज उपमहानगरपालिकाले ’क’, ’ख’ र ’ग’ वर्ग गरी संस्थागत विद्यालयलाई तीन तहमा विभाजन गरेर शुल्क निर्धारण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा समितिले आज तीन वटा विद्यालयमा अनुगमन गरेको छ । सोफिया रेसिडेन्सियल स्कुल, आदर्श माध्यमिक विद्यालय र युनाइटेड एजुकेशनल एकेडेमीमा अनुगमन गरिएको हो । यी तीनै विद्यालय शिक्षा महाशाखाले गरेको वर्गीकरणमा ’क’ बर्गमा छन् । 

अनुगमन गरिएका विद्यालयहरुले मापदण्ड अनुसार नै शुल्क लिने प्रतिबद्धता जनाएका छन् । निर्धारित मापदण्ड भन्दा बढी शुल्क लिएकाले तत्काल समायोजन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । यस्तै पाठ्यक्रम विकास केन्द्रले तोके बमोजिम पाठ्यपुस्तक लागू गरे नगरेको अवस्थाबारे पनि जानकारी लिइएको छ । 

नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा, शिक्षा अधिकृत लोकेन्द्र शाही तथा शिक्षा समिति सदस्यहरु गोकर्ण आचार्य, मनोज राजा श्रीवास्तव, रमेश श्रीवास्तव र विकास बज्राचार्यको टोलीले अनुगमन गरेको हो । 

शैक्षिक सुधारका लागि नेपालगञ्ज उपमहानगरपालिका संवेदनशील रहेको भन्दै नगर प्रमुख विष्टले विद्यालयहरु नीति–नियम पालना र दायित्वबोधमा गम्भीर हुनुपर्ने बताउनुभयो । शिक्षा समितिले तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा ती विद्यालयहरुलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …