Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

औलोको जोखिमबाट बच्न डुडुवा–४ मा किटनाशक झुल वितरण

सम्वाददाता

सम्वाददाता

औलोको जोखिमबाट बच्न डुडुवा–४ मा किटनाशक झुल वितरण
ADVERTISEMENT

डुडुवा (बाँके) ६ बैशाख । बाँकेको डुडुवा गाउँपालिकाका स्थानीयलाई किटनाशक झुल वितरण गरिएको छ । गाउँपालिकाको वार्ड नं. ४ मा औलो रोगको बढी जोखिम रहेकाले स्थानीयलाई निःशुल्क झुल वितरण गरिएको हो । 

वार्ड नंं. ४ अन्र्तगत करिब एक हजार दुई सय घरधुरीलाई तीन हजार पाँच सय ९९ किटनाशकयुक्त झुल वितरण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । शाखा प्रमुख शर्माका अनुसार गाउँपालिकाको वार्ड नंं ४ मा केही दिन अघि दुई जनामा औलो रोग पुष्टि भएपछि उच्च सर्तकताका साथ स्वास्थ्य शिक्षासंगै सावधानीका लागि झुल वितरण गरिएको हो । 

गाउँपालिका उपाध्यक्ष शाहिदा बानो र वडाध्यक्ष सगिर खाँले स्थानीयलाई झुल वितरण गर्दै स्वास्थ्य जस्तो अति सम्बेदनशिल विषय भएकाले रोगबाट बच्न विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिदै स्वास्थ्य सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो । 

पालिकाले घरधुरी सर्भेक्षण पश्चात रोगबाट बच्नका लागि निःशुल्क किटनाशकयुक्त झुल वितरण गरेको जनाएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालय र स्थानीय तहको सयुक्त पहलमा किटनाशक झुल वितरण र जनचेतनामुलक कार्यक्रम संचालन गरिएको छ । 

यसैगरि सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने राष्ट्रिय अभियान अन्र्तगत डुडुवा गाउँपालिकाले पनि आज भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरेको छ । 

भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि पाँच वर्षमुनिका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइनेछ । पालिकाका विभिन्न वडामा स्वयम्सेविकामार्फत औषधी खुवाइएको स्वास्थ्य शाखाका पवन कुमार कैराँतीले बताउनुभयो । 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…