नेपालगन्ज १ बैशाख । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बाँकेको क्षेत्र नम्बर २ को कम्दी र नेपालगन्जमा सर्बसाधारण नागरिकसँग संवाद गर्ने हुनुभएको छ । महामन्त्री थापा आज शनिबार बाँकेको क्षेत्र नम्बर २ बाट संवाद यात्रालाई अगाडी बढाउन लाग्नुभएको हो ।
आज बैशाख १ गते दिउँसो २ बजे डुडुवा गाउँपालिका वडा नम्बर ५ कम्दीस्थित बन रेञ्जपोस्टको बगैचामा र अपरान्ह ४ बजे नेपालगन्जको त्रिभुवन चोकमा महामन्त्री थापाको संवाद यात्रा तय हुने नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताले बताउनुभयो ।
उहाँका अनुसार आजै साँझ ६ बजे पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको र त्यस अवसरमा नेपाल प्रेस युनियन बाँके शाखाले प्रकाशन गरेको नयाँ वर्षका वार्षिक क्यालेण्डर समेत विमोचन गर्ने कार्यक्रम रहेको छ ।
दिउसो कम्दीमा हुने सम्बादको तयारी पुरा भएको पार्टीका स्थानीय युवा नेता बेलबहादुर बोहराले बताउनुभयो । उहाँका अनुसार पार्टीका महामन्त्री थापालाई भव्यरुपमा स्वागत संगै कार्यक्रमलाई भव्यतापुर्वक सम्पन्न गर्नका लागि कार्यक्रमहरुको सक्रिय सहभागिता गराइने छ ।
यस्तै बैशाख २ गते बिहान उद्योगी ब्यवसायीसँग भेटघाट तथा क्षेत्र नम्बर ३ खजुरामा कार्यकर्ता भेटघाट र दिउँसो सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल अवलोकन गर्ने कार्यक्रम रहेको छ ।