Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण हुँदै

सम्वाददाता

सम्वाददाता

नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण हुँदै
ADVERTISEMENT

नेपालगञ्ज, २९ चैत : आयुर्वेदिक उपचार पद्धतिको प्रभावकारी कार्यान्वयनका निम्ति नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण थालिएको छ । 

लुम्बिनी प्रदेश सरकारको सहयोगमा आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेको रु चार करोड ५२ लाख १७ हजार आठ सय ३८ को लागतमा थालिएको भवन अहिले निर्माणाधीन रहेको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा गीता रेग्मीले जानकारी दिनुभयो । 

केन्द्रप्रमुख रेग्मीका नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ८ स्थित रानीतलाउ नजिकै निर्माणधीन पञ्चकर्म भवनलाई १५ श्ययाको आयुर्वेद अस्पतालका रुपमा विकास गर्ने लक्ष्य  छ । सम्झौताअनुसार आगामी वैशाख ५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य  छ । “पञ्चकर्मका सबै विधिमा उपचार गर्न धेरै कक्ष आवश्यक पर्छन्”, उहाँले भन्नुभयो । 

हाल केन्द्रले बिरामी परीक्षण, जीवनशैलीसँग सम्बन्धित परामर्श, भान्सा सुधार कार्यक्रम, शिक्षकलाई आयुर्वेद योग शिक्षालगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै उहाँले आयुर्वेदप्रतिको विश्वास बढ्दै गएको बताउनुभयो । 

उहाँले सीमित जनशक्तिबाट धेरै काम गर्न परेको अनुभव सुनाउँदै सात जनाको दरबन्दी रहेकामा दुई जना मात्रै स्थायी जनशक्ति भएको बताउनुभयो । उहाँले १५ श्ययाको पञ्चकर्म भवन निर्माण भएपछि जनशक्ति पनि बढने विश्वास व्यक्त गर्दै अहिले पनि २०४५ सालमा स्वीकृत जनशक्तिले काम गरिरहेको उल्लेख गर्नुभयो । 

थेरापीमा आकर्षण बढ्दै

बाँकेमा सञ्चालित विभिन्न आयुर्वेद स्वास्थ्य केन्द्रमा विभिन्न थेरापी लिनेको सङ्ख्या पनि बढिरहेको छ । चालु आवको छ महिनामा पूर्व पञ्चकर्म सेवा दुई हजार नौ सय १० ले लिएका छन् । ज्येष्ठ नागरिकतर्फ नौ सय २७ ले सेवा लिएका छन् । योग सेवा लिनेको सङ्ख्या दुई हजार दुई सय ८७ रहेको छ । दूध खुवाउने छ सय ३५ आमाले सेवा प्राप्त गरेका छन् । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…