Pairabi logo

असोज २६, २०८३, सोमबार                    

क्षयरोगको ४४ औं केन्द्रिय सभाको अधिवेशन मोरङमा

सम्वाददाता

सम्वाददाता

क्षयरोगको ४४ औं केन्द्रिय सभाको अधिवेशन मोरङमा
ADVERTISEMENT

पवन जायसवाल 
नेपागन्ज १२ चैत । नेपाल क्षयरोग निवारण संस्थाको ४४ औं केन्द्रिय सभाको अधिवेशन मोरङ्गमा सम्पन्न भएको छ । नेपाल क्षयरोग निवारण संस्था मोरङ्ग शाखाको आतिथ्यमा ४४ औं केन्द्रिय सभाको अधिवेशन मोरङ्गमा सम्पन्न भएको छ ।

सभाको अध्यक्षता केन्द्रिय अध्यक्ष मदन काजी श्रेष्ठको अध्यक्षतामा बिराटनगर स्थित स्वागतम् होटलमा आयोजित प्रमुख अतिथि तथा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले पानसमा बत्ती बालेर ४४ औं केन्द्रिय सभाको अधिवेशन उद्घाटन गर्नुभएको थियो ।

नेपाल क्षयरोग निवारण संस्था मोरङ्ग शाखाका सचिव भविस कुमार श्रेष्ठद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य केन्द्रिय उपाध्यक्ष अरुण प्रताप राणाले गर्नुभएको थियो उहाँले क्षयरोगको बारेमा प्रकाश पार्नुभएको थियो । ४४ औं केन्द्रिय सभाको अधिवेशनका प्रमुख अतिथि तथा कोशीका प्रमुख परशुराम खापुङ्गले क्षयरोग पत्ता लगाउने बैज्ञानिक डा. रर्वटकक र यस संस्थाका संस्थापक तथा पूर्व प्रत्रान मन्त्री मातृका प्रासाद कोइरालालाई सम्झना चाहन्छु, यो रोग फैल्न नदिन सवैले आ–आफ्नो क्षेत्रबाट सचेतना फैलाउन आवश्यक रहेको बताउनु भएको थियो । 

यसरी बिशिष्ट अतिथि तथा मुख्य मन्त्री, केदार कार्कीले कोशी प्रदेशले प्रदेशमा बच्चाहरुलाई निःशुल्क उपचार गर्छ, बच्चाहरु स्वस्थ भए भने क्षयरोग लाग्दैन । कोशी प्रदेशका पूर्व मुख्य मन्त्री हिकमत कुमार कार्कीले बिराटनगर मूलुकको पहिलो औद्यौगिक नगरी रहेको बताउनु भएको थियो, आज भन्दा ७० वर्ष अगाढी स्थापना भएको क्षयरोग संस्था हो ।

गाउँघरमा यो रोग लुकाई रहेका छन्,  क्षयरोग लागेका बिरामीहरुलाई पत्ता लगाई उपचार गरी रहेको यो क्षयरोग संस्थालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कुमार सुनुवारले कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसरी कार्यक्रममा केन्द्रिय अध्यक्ष मदन काजी श्रेष्ठ, केन्द्रिय महासचिव राजेन्द्र श्रेष्ठले केन्द्रले गरेको कार्यहरुको बारेमा प्रकाश पार्नु भएको थियो । मोरङ्ग शाखाका सभापति शिव नारायण प्रधान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

निर्वतमान केन्द्रिय अध्यक्ष देवेन्द्रमान प्रधान, सम्मानित व्यतिmत्वहरुको तर्फबाट सलाही जिल्लाका सभापति डोल प्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।   सो कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय महासचिव राजन कुमार श्रेष्ठद्वारा आ.व. २०७९÷०८० को बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष किरणमान प्रधानद्वारा आ.व. २०७९÷०८० को लेखा परिक्षण प्रतिवेदन बजेट प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रगति प्रतिवेदन, लेखा परिक्षण, आय व्यय विवरण, प्रस्तावित कार्यक्रम र बजेट माथि व्यापक छलफल गरिएपछि सर्वसम्मतले पारित गरिएको थियो । कार्यालयबाट प्राप्त सुझाव अनुसार मस्यौदा अनुमोदनको लागि पेश गरिएको थियो । 

कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था केन्द्रिय समितिले वार्षिक रुपमा यस क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुलाई विभिन्न पुरस्कार वितरण गर्दै आएको छ । सोही अनुसार वितरण गरिने केन्द्रिय महासचिव राजन कुमार श्रेष्ठले जानकारी गराउँदै कमल राणा पुरस्कारबाट बि.सं २०३७ साल देखि २०७७ साल सम्म यस क्षेत्रमा अतुल्निय योगदान पु¥याउनु भएका र विभिन्न जिल्ला स्थापना गराउनु भएका निर्वतमान केन्द्रिय पूर्व अध्यक्ष देवेन्द्रमान प्रधान, डा.नारायण गोपाल आमात्य पुरस्कारबाट क्षयरोगमा काम गर्दै आउनुभएका, मोरङ्ग अस्पतालका डा.नारायण कुमार, पहिलो पटक कोभिट भ्याक्सिन लगाउने व्यक्ति तथा डा.सागर कुमार राजभण्डारीलाई प्रमुख अतिथिले खादा ओढाएई नगद राशी र सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

ओत्सुका पुरस्कार हरेक वर्ष प्रदान गर्दै आईरहेको अनुसार २०८० का लागी स्वयंसेवक तर्फबाट नेपाल क्षयरोग निवारण संस्था दोलखा शाखाका सभापति हर्क बहादुर श्रेष्ठ डाँगी, उकृष्ट जिल्ला शाखाको तर्फबाट सर्लाही जिल्लालाई सभापति डोल प्रसाद भट्टराई, उत्कृट कर्मचारी तर्फ मोरङ्ग जिल्ला शाखाकी कर्मचारी गायत्री देवी खतिवडालाई सम्मान–पत्र प्रदान गरिएको थियो । 

यसरी मोरङ्ग शाखाको तर्फबाट क्षयरोग कार्यक्रममा अतुल्नीय योगदान पु¥याउनु भएका कोशी प्रदेशका पूर्व मुख्य मन्त्री हिकमत कुमार कार्की, केन्द्रिय अध्यक्ष मदन काजी श्रेष्ठ, हरिबोध बजगाई, डा. गोकुल प्रसाद, बुढीगंगा गाउँपालिकाले १ बिगह ५ कट्ठा जग्गा प्रदान गरेकोले सम्मान–पत्र प्रदान गरिएको थियो । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…