Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

नेपालमा क्षयरोगबाट हुने मृत्युदर ३ प्रतिशत

सम्वाददाता

सम्वाददाता

नेपालमा क्षयरोगबाट हुने मृत्युदर ३ प्रतिशत
ADVERTISEMENT

नेपालगन्ज, ११ चैत । नेपालमा क्षयरोगबाट हुने मृत्युदर ३ प्रतिशत रहेको छ । विश्व क्षयरोग दिवसका अवसरमा आज नेपालगन्जमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशमा ३.३ र बाँकेमा २.८ प्रतिशत क्षयरोगबाट हुने मृत्युदर रहेको तथ्यांक प्रस्तुत गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्रकुमार साहका अनुसार नेपालबाट सन् २०५० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य छ भने सन् २०३५ सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य निर्धारण गरिएको छ । 

क्षयरोगीहरुको उपचारका लागि नेपालमा स्थापना गरिएका डट्स सेन्टरको संख्या ६२०९ छ । यी सेन्टरबाट नियमित उपचार चलिरहेको छ । लुम्बिनी प्रदेशमा यो संख्या ९०२ रहँदा बाँकेमा ८७ वटा डट्स सेन्टर छन् । साहका अनुसार मुलुकभर जीर्ण क्षयरोग सेन्टर २४, लुम्बिनीमा ४ र बाँकेमा १ वटा छन् ।

बाँकेमा ५३९ क्षयरोगी थपिएका छन् । चालू आर्थिक वर्षको सात महिनामा मात्रै जिल्लामा ५३९ जना क्षयरोगी थपिएको स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन साहले जानकारी दिनुभयो  । चालू आर्थिक वर्षमा क्षयरोग पुष्टि भएका मध्ये ६ जना एचआइभी पोजिटिभ रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा बाँकेमा १ हजार १ सय २ जना क्षयरोगी पत्ता लागेको साहले बताउनुभयो । ती क्षयरोगी मध्ये ५ जनामा एचआइभी पोजिटिभ समेत रहेको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको बताउनुभयो । क्षयरोगबारे सचेत बनाउन सकियो भने नियन्त्रणमा लिन सहज हुन्छु, शाहीले भन्नुभयो। स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहीको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । त्यसक्रममा स्वास्थ्य कार्यालय बाँकेका नसर्ने रोग फोकल पर्सन नरेश श्रेष्ठ र टिबी नेपालका कमल ढकालले प्रस्तुतिकरण गर्नुभएको थियो । 

स्वास्थ्य कार्यालयकी मलेरिया निरीक्षक दुर्गा गौतमले संचालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बोल्नुभएको थियो । 
 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…