Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डुडुवाका दुई स्वास्थ्य संस्था ‘किशोर–किशोरी मैत्री’ घोषणा

सम्वाददाता

सम्वाददाता

डुडुवाका दुई स्वास्थ्य संस्था ‘किशोर–किशोरी मैत्री’ घोषणा
ADVERTISEMENT

डुडुवा (बाँके) ८ चैत । बाँकेको डुडुवा गाउँपालिका अन्र्तगत दुई वटा स्वास्थ्य संस्था किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा भएका छन । लुम्बिनी प्रदेश मै पहिलो किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा भएको हो । 

नेपाल सरकारले निमार्ण गरेको ‘किशोर किशोरी मैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९’ अनुसार डुडुवाको बेतहनी स्वास्थ्य चौकी र कम्दी स्वास्थ्य चौकीले मुल्याकंनको मापदण्ड अनुरुप घोषणा गरिएको डुडुवाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारको निर्देशिका अनुसार ८ वटा मुख्य सूचक र ४५ वटा उपसुचकलाई मुल्याकनका आधारमा दुबै संस्थाले ल्याएको अंकलाई विशलेषण गरि घोषणा गरिएको हो । 

युएसएआइडी किशोरकिशोरी प्रजनन स्वास्थ्य परियोजना अन्र्तगत भेरी बाताबरणीय विशिष्टता समुह बी ग्रुप र केयर नेपालको सहयोगमा किशोर–किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । 

स्वास्थ्य संस्थामा सेवा, व्यवस्थापन समितिमा सहभागिता, भौतिक पुर्वाधार संरचना, औजार उपकरण, विभिन्न सेवा प्रवाह, साञ्चर सामाग्री लगायतको विषय र क्षेत्रमा अध्ययन गरि मार्किङ्गका आधारमा सबै सूचक कार्यन्वयन भएको पाइएपछि घोषणा गरिएको हो । डुडुवाका अन्य स्वास्थ्य संस्थाहरुमा मुल्याकन गरि सुधार गर्नुपर्ने कुरालाई समेटेर कार्ययोजना निमार्ण गरिएको बी ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले बताउनुभयो । 

बुधबार एक समारोहका बीच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले घोषणाको प्रमाणपत्र वितरण गर्दै स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा विशेष गरि किशोर–किशोरीको सहभागिताले घरपरिवार र समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पालिकाले प्रदान गरिरहेको स्वास्थ्य लगायतका सेवामा सबैको समान रुपमा पहुच अभिबृद्धिका लागि कार्यक्रम संचालन गरेको हुनाले निर्धक्कका साथ सेवा ग्रहण गर्न सबैलाई आग्रह गर्नुभयो । 

किशोर अवस्था एउटा यस्तो अवस्था हो, यो अवस्थाले भविष्य निर्धारण गर्ने भएकाले स्वास्थ्यको क्षेत्रलाई बढी ध्यान दिनुपर्नेमा जोड दिदै अध्यक्ष चौधरीले डुडुवाका सबै स्वास्थ्य संस्था, लगायतका कार्यालयहरुमा सबैको बराबर पहुँच र सहभागितामा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले स्वास्थ्य संस्थाहरुको विकास, सेवाको गुणस्तरियता र शिक्षा अभिबृद्धिमा किशोर किशोरीहरुको भुमिका अझ बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 

घोषणा कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष झंकबहादुर थापा, वडा नं. १ का अध्यक्ष पटेश्वर कुर्मी, स्वास्थ्य कार्यालयका परिवार स्वास्थ्यका फोकल पर्सन विष्णु श्रेष्ठ, युएसएआइडी लुम्विनी प्रदेशका परियोजना अधिकृत भावना पौडेल, केयर नेपालका असरफ अन्सारी, वी ग्रुपका केशव राना लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख, समुदायका किशोर किशोरी लगायतको उपस्थिती रहेको थियो । 

डुडुवामा ६ वटा स्वास्थ्य संस्थाहरु रहेका छन । डुडुवाले घर घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको छ । भने तीन स्थानमा निशुल्क प्रयोगशालाको समेत व्यवस्था गरेको छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…