Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

पहिलो पटक अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया

सम्वाददाता

सम्वाददाता

पहिलो पटक अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया
ADVERTISEMENT

नेपालगन्ज ५ चैत । नेपालगन्ज मेडिकल कलेजमा पहिलोपटक बिरामीलाई अर्ध बेहास बनाएर सफल अप्रेसन गरिएको छ । एक हप्ताभित्र दुई वटाको अवेक क्रेनियोटोमी विधिबाट ब्रेन ट्युमरको सफल अप्रेसन गरिएको हो । 

नेपालगन्ज–११ की रेखा कश्यप र सुर्खेत वीरेन्द्रनगर–१ कि दिपा गौतमको अप्रेसन भएको नेपालगन्ज मेडिकल कलेजले जनाएको जनाएको छ । उक्त अप्रेसनमा शल्यक्रिया न्युरोसर्जरी विभागका डा मनिषा कोलाक्षपति, डा निरज घिमिरे, डा सुवोध गौतम, डा उपमा शर्मा र एनेस्थेसिया डा. नवीनकुमार रेग्मी, डा. कपिल पोखरेललगायतको टोली सहभागी रहेको मेडिकल कलेजका निर्देशक डा. नितेश कानोडियाले बताउनुभयो । 

अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया पश्चिम नेपालमा पहिलोपटक भएको अस्पतालले जनाएको छ । अवेक क्रेनियोटोमी ब्रेन ट्युमर शल्यक्रिया भनेको बिरामीलाई अर्धचेत अवस्थामा राखी मस्तिष्कमा भएको ट्युमर निकाल्ने एक प्रकारको शल्यक्रिया हो ।

यस शल्यक्रियामा, शल्यक्रियाको दौरान बिरामीलाई हात खुट्टा चलाउन लगाउँदै, आँखा देख्ने नदेख्ने हेर्न लगाउँदै र पुराना कुरा हरु सोद्धै शल्यक्रिया गर्ने गरिन्छ । यो शल्यक्रियामा एनेस्थेसियोलोजिस्टद्वारा बिरामीलाई यस्तो प्रकारको एनेस्थेसिया ९औषधि० दिइन्छ, जसले गर्दा बिरामीलाई शल्यक्रियाका दौरान कुनै किसिमकोको डर र दुखाइ महसुस हुँदैन ।

रेखा कश्यपलाई हात खुट्टाको मोमेन्, बोली, र स्मरणशक्ति बचाउनको लागि मस्तिष्कमा भएको ट्युमरको सफल शल्यक्रिया गरिएको थियो । दीपा गौतमलाई भने हात खुट्टाको मोमेन्ट र आँखाको दृष्टि जोगाउनको लागि दोस्रो अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा सुरेश कुमार कानोडियाले बताउनुभयो । 

उहाँका अनुसार हाल दुवै बिरामीलाई डिस्चार्ज गरी घर पठाइएको छ । यस सेवाबाट पश्चिम नेपालको लुम्विनी, कर्णाली र सुदरपश्चिम प्रदेश अन्र्तगतका जिल्लाहरुका विरामीले प्रत्यक्ष लाम्भविन्त हुनेछन । 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…