Pairabi logo

असोज २६, २०८३, सोमबार                    

पहिलो पटक अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया

सम्वाददाता

सम्वाददाता

पहिलो पटक अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया
ADVERTISEMENT

नेपालगन्ज ५ चैत । नेपालगन्ज मेडिकल कलेजमा पहिलोपटक बिरामीलाई अर्ध बेहास बनाएर सफल अप्रेसन गरिएको छ । एक हप्ताभित्र दुई वटाको अवेक क्रेनियोटोमी विधिबाट ब्रेन ट्युमरको सफल अप्रेसन गरिएको हो । 

नेपालगन्ज–११ की रेखा कश्यप र सुर्खेत वीरेन्द्रनगर–१ कि दिपा गौतमको अप्रेसन भएको नेपालगन्ज मेडिकल कलेजले जनाएको जनाएको छ । उक्त अप्रेसनमा शल्यक्रिया न्युरोसर्जरी विभागका डा मनिषा कोलाक्षपति, डा निरज घिमिरे, डा सुवोध गौतम, डा उपमा शर्मा र एनेस्थेसिया डा. नवीनकुमार रेग्मी, डा. कपिल पोखरेललगायतको टोली सहभागी रहेको मेडिकल कलेजका निर्देशक डा. नितेश कानोडियाले बताउनुभयो । 

अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया पश्चिम नेपालमा पहिलोपटक भएको अस्पतालले जनाएको छ । अवेक क्रेनियोटोमी ब्रेन ट्युमर शल्यक्रिया भनेको बिरामीलाई अर्धचेत अवस्थामा राखी मस्तिष्कमा भएको ट्युमर निकाल्ने एक प्रकारको शल्यक्रिया हो ।

यस शल्यक्रियामा, शल्यक्रियाको दौरान बिरामीलाई हात खुट्टा चलाउन लगाउँदै, आँखा देख्ने नदेख्ने हेर्न लगाउँदै र पुराना कुरा हरु सोद्धै शल्यक्रिया गर्ने गरिन्छ । यो शल्यक्रियामा एनेस्थेसियोलोजिस्टद्वारा बिरामीलाई यस्तो प्रकारको एनेस्थेसिया ९औषधि० दिइन्छ, जसले गर्दा बिरामीलाई शल्यक्रियाका दौरान कुनै किसिमकोको डर र दुखाइ महसुस हुँदैन ।

रेखा कश्यपलाई हात खुट्टाको मोमेन्, बोली, र स्मरणशक्ति बचाउनको लागि मस्तिष्कमा भएको ट्युमरको सफल शल्यक्रिया गरिएको थियो । दीपा गौतमलाई भने हात खुट्टाको मोमेन्ट र आँखाको दृष्टि जोगाउनको लागि दोस्रो अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा सुरेश कुमार कानोडियाले बताउनुभयो । 

उहाँका अनुसार हाल दुवै बिरामीलाई डिस्चार्ज गरी घर पठाइएको छ । यस सेवाबाट पश्चिम नेपालको लुम्विनी, कर्णाली र सुदरपश्चिम प्रदेश अन्र्तगतका जिल्लाहरुका विरामीले प्रत्यक्ष लाम्भविन्त हुनेछन । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…