Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

बर्दियामा सम्पन्न निःशुल्क आयुर्वेद शिविरमा ढाइ सय बढीको परिक्षण

सम्वाददाता

सम्वाददाता

बर्दियामा सम्पन्न निःशुल्क आयुर्वेद शिविरमा ढाइ सय बढीको परिक्षण
ADVERTISEMENT

बर्दिया, ३ चैत । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । बारबर्दिया नगरपालिका नगर कार्यालय मगरागाडी आयुर्वेद औषधालय जयनगर बर्दियाको आयोजना र नेपालगन्ज आयुर्वेद जनरल अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

बारबर्दिया नगरपालिका–३ रामपुरको वर्थिङ सेन्टरमा भएको आयुर्वेद विशेषज्ञ शिविरमा प्रमुख अतिथिको रुपमा नगर प्रमुख छविलाल थारु, विशिष्ट अतिथिको रुपमा संविधान सभा सदस्य, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम नेपालगन्ज हेल्थ क्याम्पस र नेपालगन्ज जनरल आयुर्वेद अस्पतालका प्रबन्ध निर्देशक मैकुलाल बाल्मिकीले आयुर्वेद स्वास्थ्य सेवाको बारेमा बताउनु भएको थियो ।

 वडा नम्बर ३ अध्यक्ष नन्दलाल थारुको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास संयोजक श्याम कुमारी चौधरी, नेपालगन्ज हेल्थ क्याम्पसका प्रमुख प्रभाकर मिश्रको उपस्थिती थियो ।  शिविरमा आएका बिरामीहरुको  आयुर्वेद चिकित्सकहरु डा. शिवराज सुवेदी, डा. मनोज कुमार यादव लगायतको टिमले स्वास्थ्य परिक्षण गर्नु भएको थियो । 

बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले नगरका सम्पुर्ण स्थानीयहरुलाई आयुर्वेदको सेवाबाट विभिन्न रुपमा जटिल तथा नसर्ने रोगको व्यवस्थापनमा महत्वपुर्ण भुमिका हुने तथा आगामी दिनमा अझै प्रभावकारी रुपमा सबै वडाहरुमा आयुर्वेदको सेवा पु¥याउने लक्ष्य रहेको बताउनु भयो ।

संविधान सभा सदस्य वाल्मिकीले नेपालगन्ज जनरल अस्पतालले बाँके र बर्दियाका विभिन्न स्थानीय तहसँग समन्वय गरेर आयुर्वेदको विशिष्टकृत सेवा दिन तयार रहेको तथा आयुर्वेद स्वास्थ्य सेवाबाट जनसमुदायमा कसरी स्वस्थ जीवनशैली अपनाउन अस्पतालले के–के सहयोग गर्न सक्छ भन्ने बारेमा आवश्यक सहयोग गर्ने बताउनु भयो । 

स्वास्थ्य शिविरको उद्घाटन समारोहमा नेपालगन्ज आयुर्वेद जनरल अस्पतालको प्रशासन प्रमुख पदमा थापा, संजय मल्ल, रजक अलि अन्सारी, मगरागाडी आयुर्वेद औषधालयका वरिष्ट वैद्य कमलेश पासवानको पनि सहभागिता रहेको थियो । 

निःशुल्क स्वास्थ्य शिविरमा करिब २ सय ५० भन्दा बढी बिरामीको परिक्षण गरिएको प्रशासन प्रमुख थापाले बताउनु भयो । 
शिविरमा पाईल्स, फिस्टुला, भगन्दर, वातव्याधी, महिला सम्बन्धी सम्पुर्ण रोगहरु, जेष्ठ नागरिक सेवा, स्तनपाई कार्यक्रम तथा जनरल आयुर्वेद सम्बन्धी सम्पुर्ण रोगहरुको सेवा दिइएको डा. शिवराज सुवेदीले बताउनु भयो । 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…