Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बर्दियामा सम्पन्न निःशुल्क आयुर्वेद शिविरमा ढाइ सय बढीको परिक्षण

सम्वाददाता

सम्वाददाता

बर्दियामा सम्पन्न निःशुल्क आयुर्वेद शिविरमा ढाइ सय बढीको परिक्षण
ADVERTISEMENT

बर्दिया, ३ चैत । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । बारबर्दिया नगरपालिका नगर कार्यालय मगरागाडी आयुर्वेद औषधालय जयनगर बर्दियाको आयोजना र नेपालगन्ज आयुर्वेद जनरल अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

बारबर्दिया नगरपालिका–३ रामपुरको वर्थिङ सेन्टरमा भएको आयुर्वेद विशेषज्ञ शिविरमा प्रमुख अतिथिको रुपमा नगर प्रमुख छविलाल थारु, विशिष्ट अतिथिको रुपमा संविधान सभा सदस्य, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम नेपालगन्ज हेल्थ क्याम्पस र नेपालगन्ज जनरल आयुर्वेद अस्पतालका प्रबन्ध निर्देशक मैकुलाल बाल्मिकीले आयुर्वेद स्वास्थ्य सेवाको बारेमा बताउनु भएको थियो ।

 वडा नम्बर ३ अध्यक्ष नन्दलाल थारुको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास संयोजक श्याम कुमारी चौधरी, नेपालगन्ज हेल्थ क्याम्पसका प्रमुख प्रभाकर मिश्रको उपस्थिती थियो ।  शिविरमा आएका बिरामीहरुको  आयुर्वेद चिकित्सकहरु डा. शिवराज सुवेदी, डा. मनोज कुमार यादव लगायतको टिमले स्वास्थ्य परिक्षण गर्नु भएको थियो । 

बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले नगरका सम्पुर्ण स्थानीयहरुलाई आयुर्वेदको सेवाबाट विभिन्न रुपमा जटिल तथा नसर्ने रोगको व्यवस्थापनमा महत्वपुर्ण भुमिका हुने तथा आगामी दिनमा अझै प्रभावकारी रुपमा सबै वडाहरुमा आयुर्वेदको सेवा पु¥याउने लक्ष्य रहेको बताउनु भयो ।

संविधान सभा सदस्य वाल्मिकीले नेपालगन्ज जनरल अस्पतालले बाँके र बर्दियाका विभिन्न स्थानीय तहसँग समन्वय गरेर आयुर्वेदको विशिष्टकृत सेवा दिन तयार रहेको तथा आयुर्वेद स्वास्थ्य सेवाबाट जनसमुदायमा कसरी स्वस्थ जीवनशैली अपनाउन अस्पतालले के–के सहयोग गर्न सक्छ भन्ने बारेमा आवश्यक सहयोग गर्ने बताउनु भयो । 

स्वास्थ्य शिविरको उद्घाटन समारोहमा नेपालगन्ज आयुर्वेद जनरल अस्पतालको प्रशासन प्रमुख पदमा थापा, संजय मल्ल, रजक अलि अन्सारी, मगरागाडी आयुर्वेद औषधालयका वरिष्ट वैद्य कमलेश पासवानको पनि सहभागिता रहेको थियो । 

निःशुल्क स्वास्थ्य शिविरमा करिब २ सय ५० भन्दा बढी बिरामीको परिक्षण गरिएको प्रशासन प्रमुख थापाले बताउनु भयो । 
शिविरमा पाईल्स, फिस्टुला, भगन्दर, वातव्याधी, महिला सम्बन्धी सम्पुर्ण रोगहरु, जेष्ठ नागरिक सेवा, स्तनपाई कार्यक्रम तथा जनरल आयुर्वेद सम्बन्धी सम्पुर्ण रोगहरुको सेवा दिइएको डा. शिवराज सुवेदीले बताउनु भयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…