Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

समृद्धि फाउण्डेसनद्धारा ५३ जना रक्तदान

सम्वाददाता

सम्वाददाता

समृद्धि फाउण्डेसनद्धारा ५३ जना रक्तदान
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज २ चैत । बाँकेको समृद्धि फाउण्डेसन नेपाल बाँकेद्वारा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ५३ जनाले रुवयंसेवी रक्तदाताहरुले रक्तदान गरेका छन् । 

जानकी गाउँपालिका वार्ड नं.–३ को आर्थिक सहयोग र नेपाल स्वयंसेवी रक्तदाता समाज उप–शाखा जानकी गाउँपलिकाको समन्वयमा फाल्गुन ३० गते बुद्धवार जानकी गाउँपालिका ३ नं.वडा कार्यालयको परिसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वडा ३ नं.का वडाध्यक्ष राज कुमार वर्मा, समृद्धि फाउण्डेसन नेपाल बाँकेका अध्यक्ष महेश कुमार चौधरी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके अध्यक्ष दिला शाह, उप–शाखा जानकी गाउँपालिका अध्यक्ष धर्मराज वर्मा, जिल्ला सल्लाहकार पूर्णलाल चुके, कोषध्यक्ष मनमोहन वर्मा लगायतले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सोम प्रकाश सापकोटा, सन्दिप आचार्य, गोमा सुनारलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको.उद्घाटन गर्नुभएको थियो । 
 रक्तदान कार्यक्रममा ३ नं.–का वडाध्यक्षका राज कुमार वर्मा, नेपाल स्वयंसेवी रक्तदाता समाज उपशाखा जानकी गाउँपालिका अध्यक्ष धर्मराज वर्मा, समृद्धि फाउण्डेसन नेपाल बाँकेका अध्यक्ष महेश कुमार चौधरी, लक्षमण प्रसाद चमार, सर्वेस प्रताप सिंह, राजेन्द्र सिंह, दुर्गेश सिंह, संग्रहमा थापा, युवराज सिंह, लक्षमण बिश्वकर्मा, अभिषेक वर्मा, पवन चन्द, राजेन्द्र बुढा, दिपक राँढ, अमीन दर्जी, अर्जुन प्रासद वर्मा, राम सुख गडरिया, दिनेश कुमार वर्माले रक्तदान गर्नुभएको छ । 
यसैगरि पकंज कुमार वर्मा, राम शरण यादव, बिजय कुमार वर्मा, दिलिप कुमार, इरसाद शेष, राकेश कुमार राँढ, दिपेन्द्र बहादुर, ३ नं.वडा सदस्य हुसेनी अहिर, अजय वर्मा, गुगिता मण्डल, अनिता श्रेष्ठ, बिनोद कुमार काँदु, अशोक कुमार वर्मा, रामसागर राँढ, राजिव वर्मा, दिनेश पासी, उमेश कुमार वर्मा, सुनिल वर्मा, शिवम् कुमार वर्मा, मिलन खत्री, लक्षमण प्रसाद सोनार, राजेन्द्र धोबी, निराजन वर्मा, राम अचल कुर्मी, दिलिप कुमार वर्मा, राम आषिश राँढ, प्रेम यादव, बिवेक कुमार शुक्ला, केशव बहादुर चन्द, बिक्रम वर्मा, रियाज मनिहार, पंकज वर्मा, इमरान अहमद सिद्दीकी, कन्धईलाल वर्मा, गौरी पुरी लगायतले रक्तदान गर्नुभएको छ । 
सो कार्यक्रममा जिल्ला कोषाध्यक्ष मनमोहन वर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सोम प्रसाद सापकोटा, सन्दिप आचार्य, सुनिता कुमाई, सञ्जय बढही, गोमा सुनारले प्राविधिक सहयोग गर्नु भएको थियो । 

स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुने र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।

सो कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल, आयोजक संस्थाका पदाधिकारी, ३ नं. वडा कार्यालयका कर्मचारी, स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।     
 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…