Pairabi logo

पुस ०३, २०८२, बिहीबार                    

आठ वटै स्थानीय तहमा कांग्रेस बाँकेको प्रशिक्षण

सम्वाददाता

सम्वाददाता

आठ वटै स्थानीय तहमा कांग्रेस बाँकेको प्रशिक्षण
ADVERTISEMENT

नेपालगञ्ज, फागुन २७ । नेपाली कांग्रेस बाँकेले जिल्लाका आठ वटै पालिकामा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।  नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा शुक्रबारदेखि सुरु भएको एक दिने पालिका स्तरीय प्रशिक्षण कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा सम्पन्न भएको छ ।

पहिलो चरणमा गाउँ केन्द्रित प्रशिक्षण अभियान सञ्चालन गरिसकेको कांग्रेस बाँकेले शुक्रबारदेखि दोस्रो चरणको प्रशिक्षण कार्यक्रम पालिका स्तरमा सुरु गरेको हो । यसअघि गत असोजमा बाँकेका ८१ वटै वडाका सभापतिलाई प्रशिक्षण दिइएको थियो । ‘सचेत र जागरुक’ कार्यकर्ता उत्पादन तथा जनसरोकारका सवालमा पार्टीलाई अग्रसर बनाउने नीति अनुरुप प्रशिक्षण कार्यक्रम गरिएको कांग्रेस बाँकेका कार्यवाहक सभापति एवम् प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधिकारीले बताउनुभयो ।

उहाँले तल्लो तहसम्म पार्टीको वैचारिक धारलाई सशक्त बनाउँदै संगठनलाई मजबुत बनाउन प्रशिक्षण कार्यक्रम संचालन गरिएको बताउनुभयो। तल्लो तहसम्म कांग्रेसको सुनौलो र गर्विलो इतिहासलाई पुनर्ताजगी गर्दै वर्तमान राजनीतिक परिवेशमा पार्टीको नीति र सिद्धान्त तथा समसामयिक घटनाक्रमका बारेमा साथीहरूलाई प्रशिक्षित गर्दैछौं,ू अधिकारीले भने(ूहामीलाई विश्वास छ यसले पार्टी जीवनमा नवीन उर्जा र तरंग पैदा गर्नेछ ।ू

प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले लोकतन्त्र, स्वतन्त्रता र सामाजिक न्यायको लडाइँमा कांग्रेसको सुनौलो इतिहास, नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख भुवन श्रेष्ठले कांग्रेसको इतिहास, आदर्श र सिद्धान्त, प्राध्यापक एवं अधिवक्ता गुणनिधि शर्माले नेपाली कांग्रेस(प्रजातन्त्र र समाजवाद तथा प्रशिक्षक तिर्थ पौडेलेले जनसरोकारका सवाल, पार्टी संगठन, विकास, योजना, सञ्चार र कार्यसम्पादन लगायतका विषयमा प्रशिक्षण दिइरहेको अधिकारीले जानकारी दिनुभयो । 

आइतबार नेपालगन्जमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । सहमहामन्त्री पाण्डे, लुम्बिनी प्रदेश उपसभापति श्रेष्ठ, प्राध्यापक शर्मा र पत्रकार शुक्रऋषि चौलागाईले प्रशिक्षण दिनुभएको थियो ।

त्यसअघि शुक्रवार कोहलपुर र शनिबार राप्तीसोनारीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । अन्य पालिकाहरुमा पनि लगातार प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखा सचिव उमा थापा मगरले जानकारी दिनुभयो ।

थापाका अनुसार सोमबार खजुरा र मंगलबार बैजनाथमा प्रशिक्षण कार्यक्रम तय भएको छ । प्रशिक्षण कार्यक्रममा पालिका र वडा तहका विभिन्न पदाधिकारीहरुको सहभागी छ । प्रशिक्षार्थीलाई प्रमाणपत्र पनि वितरण गरिएको छ । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

यो पनि

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…