Pairabi logo

असोज २६, २०८३, सोमबार                    

आठ वटै स्थानीय तहमा कांग्रेस बाँकेको प्रशिक्षण

सम्वाददाता

सम्वाददाता

आठ वटै स्थानीय तहमा कांग्रेस बाँकेको प्रशिक्षण
ADVERTISEMENT

नेपालगञ्ज, फागुन २७ । नेपाली कांग्रेस बाँकेले जिल्लाका आठ वटै पालिकामा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।  नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा शुक्रबारदेखि सुरु भएको एक दिने पालिका स्तरीय प्रशिक्षण कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा सम्पन्न भएको छ ।

पहिलो चरणमा गाउँ केन्द्रित प्रशिक्षण अभियान सञ्चालन गरिसकेको कांग्रेस बाँकेले शुक्रबारदेखि दोस्रो चरणको प्रशिक्षण कार्यक्रम पालिका स्तरमा सुरु गरेको हो । यसअघि गत असोजमा बाँकेका ८१ वटै वडाका सभापतिलाई प्रशिक्षण दिइएको थियो । ‘सचेत र जागरुक’ कार्यकर्ता उत्पादन तथा जनसरोकारका सवालमा पार्टीलाई अग्रसर बनाउने नीति अनुरुप प्रशिक्षण कार्यक्रम गरिएको कांग्रेस बाँकेका कार्यवाहक सभापति एवम् प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधिकारीले बताउनुभयो ।

उहाँले तल्लो तहसम्म पार्टीको वैचारिक धारलाई सशक्त बनाउँदै संगठनलाई मजबुत बनाउन प्रशिक्षण कार्यक्रम संचालन गरिएको बताउनुभयो। तल्लो तहसम्म कांग्रेसको सुनौलो र गर्विलो इतिहासलाई पुनर्ताजगी गर्दै वर्तमान राजनीतिक परिवेशमा पार्टीको नीति र सिद्धान्त तथा समसामयिक घटनाक्रमका बारेमा साथीहरूलाई प्रशिक्षित गर्दैछौं,ू अधिकारीले भने(ूहामीलाई विश्वास छ यसले पार्टी जीवनमा नवीन उर्जा र तरंग पैदा गर्नेछ ।ू

प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले लोकतन्त्र, स्वतन्त्रता र सामाजिक न्यायको लडाइँमा कांग्रेसको सुनौलो इतिहास, नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख भुवन श्रेष्ठले कांग्रेसको इतिहास, आदर्श र सिद्धान्त, प्राध्यापक एवं अधिवक्ता गुणनिधि शर्माले नेपाली कांग्रेस(प्रजातन्त्र र समाजवाद तथा प्रशिक्षक तिर्थ पौडेलेले जनसरोकारका सवाल, पार्टी संगठन, विकास, योजना, सञ्चार र कार्यसम्पादन लगायतका विषयमा प्रशिक्षण दिइरहेको अधिकारीले जानकारी दिनुभयो । 

आइतबार नेपालगन्जमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । सहमहामन्त्री पाण्डे, लुम्बिनी प्रदेश उपसभापति श्रेष्ठ, प्राध्यापक शर्मा र पत्रकार शुक्रऋषि चौलागाईले प्रशिक्षण दिनुभएको थियो ।

त्यसअघि शुक्रवार कोहलपुर र शनिबार राप्तीसोनारीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । अन्य पालिकाहरुमा पनि लगातार प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखा सचिव उमा थापा मगरले जानकारी दिनुभयो ।

थापाका अनुसार सोमबार खजुरा र मंगलबार बैजनाथमा प्रशिक्षण कार्यक्रम तय भएको छ । प्रशिक्षण कार्यक्रममा पालिका र वडा तहका विभिन्न पदाधिकारीहरुको सहभागी छ । प्रशिक्षार्थीलाई प्रमाणपत्र पनि वितरण गरिएको छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…