Pairabi logo

असोज २६, २०८३, सोमबार                    

औलो भेटिएपछि डुडुवाद्धारा विशेष निगरानी, घरधुरी सर्भेक्षण सुरु

सम्वाददाता

सम्वाददाता

औलो भेटिएपछि डुडुवाद्धारा विशेष निगरानी, घरधुरी सर्भेक्षण सुरु
ADVERTISEMENT

डुडुवा (बाँके) २७ फागुन । बाँकेको डुडुवा गाउँपालिकामा औलों रोग पुष्टी भएपछि उच्च सर्तकता अपनाइएको छ । गाउँपालिकाको वार्ड नं.–४ स्थित शाहपुर्वा र मोल्हुपुर्वा गाउँका एक महिला र एक जना पुरुषमा औलों रोग पुष्टी भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । 

उहाँका अनुसार स्थानीय दुई जनामा औलोको लक्षण देखिएपछि रगतको (आरडिटी र माइक्रोस्कोपिक) परिक्षण गर्दा औलो रोग पुष्टी भएको हो । दुई जनामा औलो देखिएपछि पालिकाले वडा नं. ४ अन्र्तगतका टोलमा घरधुरी सर्भेक्षण सुरु गरेको जनाएको छ । 

तीन जनाका दरले चार वटा समुहमा १२ जना स्वास्थ्यकर्मी परिचालन गरि घरधुरी सर्भेक्षणसंगै स्वास्थ्य शिक्षा, परामर्श र जानकारी दिने कार्य भईरहेको स्वास्थ्य शाखा प्रमुख शर्माले बताउनुभयो । स्थानीयलाई ज्वरोलगायतका सामान्य लक्षण देखिने वित्तिकै नजिकको स्वास्थ्य संस्थामा रगतको नमूना परिक्षण गर्न लगाइएको छ । सबै स्वास्थ्य संस्थाहरुमा रगत परिक्षणको कार्य निःशुल्क रुपमा व्यवस्था गरिएको छ । 

समुदायमा पुगेका स्वास्थ्यकर्मीहरुले रोगबाट बच्ने उपाय, सावधानी लगायतका विषयमा जानकारी गराउने कार्य गरिरहेका छन । पालिकाले घरधुरी सर्भेक्षण पश्चात रोगबाट बच्नका लागि निःशुल्क किटनाशकयुक्त झुल वितरण गर्ने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो, –‘पालिकाका केही वडामा औलो रोग भेटिएको छ, हामीले थाहा पाउनै वित्तिकै स्वास्थ्यकर्मी परिचालन गरि व्यवस्थापन गरिरहेका छौ, उक्त रोगविरुद्ध हामी उच्च सर्तकता अपनाएका छौ ।’ 

बाँकेको नरैनापुर गाउँपालिकामा औलौका सबैभन्दा बढी विरामी भेटिएका छन चालु आर्थिक आर्थिक वर्ष २०८०÷०८१को साउदेखि माघसम्म नरैनापुर गाउँपालिकामा ८० जना, डुडुवामा ५ जना, राप्तीसोनारीमा ५ जना, बैजनाथ गाउँपालिकामा १ जना, नेपालगन्ज उपमहानगरपालिकामा ५ जनामा औलो रोगको विरामी भेटिएको र अरु पालिकामा शुन्य रहेको स्वास्थ्य कार्यालय बाँकेका किटजन्यरोगका फोकल पर्सन दुर्गा गौतमले बताउनुभयो । 

उहाँका अनुसार बाँके जिल्ला नै औलोको उच्च जोखिममा रहेको छ । औलोका विरामी देखिएका पालिकामा विशेष निगरानी गरिएको उहाँले बताउनुभयो । रोग नियन्त्रण तथा व्यवस्थापनका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालय र स्थानीय तहको सयुक्त पहलमा किटनाशक झुल वितरण र जनचेतनामुलक कार्यक्रम संचालन गरिएको छ । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…