Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

औलो भेटिएपछि डुडुवाद्धारा विशेष निगरानी, घरधुरी सर्भेक्षण सुरु

सम्वाददाता

सम्वाददाता

औलो भेटिएपछि डुडुवाद्धारा विशेष निगरानी, घरधुरी सर्भेक्षण सुरु
ADVERTISEMENT

डुडुवा (बाँके) २७ फागुन । बाँकेको डुडुवा गाउँपालिकामा औलों रोग पुष्टी भएपछि उच्च सर्तकता अपनाइएको छ । गाउँपालिकाको वार्ड नं.–४ स्थित शाहपुर्वा र मोल्हुपुर्वा गाउँका एक महिला र एक जना पुरुषमा औलों रोग पुष्टी भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । 

उहाँका अनुसार स्थानीय दुई जनामा औलोको लक्षण देखिएपछि रगतको (आरडिटी र माइक्रोस्कोपिक) परिक्षण गर्दा औलो रोग पुष्टी भएको हो । दुई जनामा औलो देखिएपछि पालिकाले वडा नं. ४ अन्र्तगतका टोलमा घरधुरी सर्भेक्षण सुरु गरेको जनाएको छ । 

तीन जनाका दरले चार वटा समुहमा १२ जना स्वास्थ्यकर्मी परिचालन गरि घरधुरी सर्भेक्षणसंगै स्वास्थ्य शिक्षा, परामर्श र जानकारी दिने कार्य भईरहेको स्वास्थ्य शाखा प्रमुख शर्माले बताउनुभयो । स्थानीयलाई ज्वरोलगायतका सामान्य लक्षण देखिने वित्तिकै नजिकको स्वास्थ्य संस्थामा रगतको नमूना परिक्षण गर्न लगाइएको छ । सबै स्वास्थ्य संस्थाहरुमा रगत परिक्षणको कार्य निःशुल्क रुपमा व्यवस्था गरिएको छ । 

समुदायमा पुगेका स्वास्थ्यकर्मीहरुले रोगबाट बच्ने उपाय, सावधानी लगायतका विषयमा जानकारी गराउने कार्य गरिरहेका छन । पालिकाले घरधुरी सर्भेक्षण पश्चात रोगबाट बच्नका लागि निःशुल्क किटनाशकयुक्त झुल वितरण गर्ने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो, –‘पालिकाका केही वडामा औलो रोग भेटिएको छ, हामीले थाहा पाउनै वित्तिकै स्वास्थ्यकर्मी परिचालन गरि व्यवस्थापन गरिरहेका छौ, उक्त रोगविरुद्ध हामी उच्च सर्तकता अपनाएका छौ ।’ 

बाँकेको नरैनापुर गाउँपालिकामा औलौका सबैभन्दा बढी विरामी भेटिएका छन चालु आर्थिक आर्थिक वर्ष २०८०÷०८१को साउदेखि माघसम्म नरैनापुर गाउँपालिकामा ८० जना, डुडुवामा ५ जना, राप्तीसोनारीमा ५ जना, बैजनाथ गाउँपालिकामा १ जना, नेपालगन्ज उपमहानगरपालिकामा ५ जनामा औलो रोगको विरामी भेटिएको र अरु पालिकामा शुन्य रहेको स्वास्थ्य कार्यालय बाँकेका किटजन्यरोगका फोकल पर्सन दुर्गा गौतमले बताउनुभयो । 

उहाँका अनुसार बाँके जिल्ला नै औलोको उच्च जोखिममा रहेको छ । औलोका विरामी देखिएका पालिकामा विशेष निगरानी गरिएको उहाँले बताउनुभयो । रोग नियन्त्रण तथा व्यवस्थापनका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालय र स्थानीय तहको सयुक्त पहलमा किटनाशक झुल वितरण र जनचेतनामुलक कार्यक्रम संचालन गरिएको छ । 


 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…