Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

सामुदायिक बहुउद्देशिय भवन सञ्चालन

सम्वाददाता

सम्वाददाता

सामुदायिक बहुउद्देशिय भवन सञ्चालन
ADVERTISEMENT

नेपालगन्ज, २३ फागुन : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–२० मा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ । नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले मंगलबार एक कार्यक्रमका बीच नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । 

महिला–पुरुष अपांगमैत्री शौचालयसहित १६ बेड क्षमताको दुई ठूला कोठा र प्रशासनिक, नर्सिङ, स्टोर तथा १६ हस्पिटल बेड र १६ अक्सिजन सिलिन्डर समेतको भवन सञ्चालनमा आएको हो ।

२०७९ जेठ १७ गते निर्माण सुरु भएको भवन गत पौष २८ मा सम्पन्न भएको हो । रु १ करोड ८५ लाख लागतमा बहुउद्देश्यीय भवन बनेको छ । भवन तथा सामग्री लागत भने रु २ करोड रहेको छ । कुल क्षेत्रफल १३२१ बर्ग मिटर रहेकोमा भवनले ओगटेको क्षेत्रफल भने ३२५ बर्ग मिटर छ ।

खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको मझ्यौला र साना सहरहरुमा खानेपानी, सरसफाई, स्वच्छता र स्वास्थ्य पहलहरुमार्फत कोभिड १९ रोकथाम र नियन्त्रण आयोजनाले निर्माण गरेको सामुदायिक बहुउद्देश्यीय भवन नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । 

आयोजना ब्यवस्थापन कार्यालय प्रमुख रत्न प्रसाद लामिछानेले नगर प्रमुख विष्टलाई भवन सम्भार र सञ्चालन तथा व्यवस्थापनको लागि स्वामित्वपत्र हस्तान्तरण गर्नुभएको हो । 

त्यसक्रममा बोल्दै नगर प्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको भवन सञ्चालन र व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गर्ने बताउँदै स्थानीयहरुको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने अवस्था बनेको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…