Pairabi logo

माघ १२, २०८२, आइतबार                    

कोहलपुरमा घोङी खाने प्रतियोगिता हुँदै

डेक्स

डेक्स

कोहलपुरमा घोङी खाने प्रतियोगिता हुँदै
ADVERTISEMENT

नेपालगन्ज । आन्तरिक पर्यटन प्रर्वद्धन गर्न भन्दै बाँकेको कोहलपुरमा घोङ्ी खाने प्रतियोगिता हुने भएको छ । 
नेपाल यूवा परिषद लुम्विनी प्रदेशस्तरिय युवा सम्मेलनको अवसर पारेर घोङीको व्यवसायीकरण र ब्रान्डिङ् गर्न उक्त प्रतियोगिता हुन लागेको होम स्टे संघका महासचिव कृष्ण चौधरीले जानकारी दिनुभयो । 
यसमा घोङी खाने तरिका र शैलीवारे समेत जानकारी दिइने उल्लेख गर्दै उहाँले चार मिनेटमा एक किलो घोङी खानुपर्ने प्रावधान राखिएको बताउनुभयो । २०५ जना प्रतियोगि सहभागि हुने सो प्रतियोगितामा ४० किलो घोङी खपत हुने बताइएको छ । 
“हामीले घोङी कसरी खाएको भन्ने विषयमा मूल्याङ्न गर्न  टीम बनाएका छौ” चौधरीले भन्नुभयो । 
महासचिव चौधरीले होम स्टे पनि युवाहरुको लागि अध्ययनको विषय भएको उल्लेख गर्दै यसलाई संस्कार, संस्कृति र पर्यटनसँग जोडन खोजिएको बताउनुभयो । 
होम स्टेबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको भन्दै उहाँले युवाहरुले हेरेर पनि सीप सिक्न सक्ने उल्लेख गर्नुभयो । 
“खाना महोत्सवलाई पर्यटन आर्कषण गर्न एउटा औजारका रुपमा लिएका छौ” महासचिव चौधरीले भन्नुभयो । 
आइतवारदेखि तीन दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा रैथाने एवं परम्परागत खानाका परिकारको प्रर्दशनी, रैथाने खाद्यान्न बीउको प्रर्दशनी, जीन बैङ्क अवलोकन तथा अध्ययनको विषयलाई पनि प्राथमिकता दिइएको छ । 
नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बानियाले सम्मेलनलाई पर्यटन र संस्कृतिसँग जोडन खोजिएको उल्लेख गर्दै सम्मेलनमा करिव ८ लाख ५० हजार खर्च हुने बताउनुभयो । 
लुम्विनी प्रदेशका मुखयमन्त्री डिल्ली बहादुर चौधरीले उदघाटन गर्ने सो सम्मेलनमा राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्रका प्रमुख डा. बालकृष्ण जोशी, रैथाने अभियन्ता तिलक ढकाल, नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य कृष्ण कुमार अर्याल लगायत सहभागि हुनुहुनेछ । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…