Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

‘बोनम्यारो ट्रान्सप्लान्ट युनिट’ बनाउँदै क्यान्सर अस्पताल

सम्वाददाता

सम्वाददाता

‘बोनम्यारो ट्रान्सप्लान्ट युनिट’ बनाउँदै क्यान्सर अस्पताल
ADVERTISEMENT

चितवन, ११ फागुन  : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो ।
 
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार युनिट निर्माणका लागि  जग्गाको नापजाँच गरिएको छ । उहाँले भन्नुभयो, “ सर्भे सकेर चीन सरकारलाई ड्राफ्ट पठाएका छौँ, अब परियोजना अघि बढ्छ ।” एघार करोडको लागतमा युनिट निर्माण गर्न लागिएको हो ।

चिनियाँ प्राविधिकहरूसँग यस विषयमा छलफल गरिएको उहाँले बताउनुभयो । अर्बुद रोग ९क्यान्सर०का कारण बोनम्यारो फेर्नुपर्ने बिरामीलाई विदेश जानबाट रोक्न यो काम गर्न लागिएको हो । बोनम्यारो फेर्न नेपालबाट मासिक १०–१२ जना भारत जाने गरेको उहाँले बताउनुभयो ।

युनिट सञ्चालनमा आएपछि विदेश जानुपर्ने बाध्यता हट्ने उहाँको विश्वास छ । निर्माण सुरु गरेको दुई वर्षमा काम सम्पन्न गरेर सेवा सुरु गर्ने योजनामा अस्पताल रहेको छ ।
 
बोनम्यारो ट्रान्सप्लान्ट युनिट अस्पतालले जग्गा उपलब्ध गराएर चिनियाँ सरकारको लगानीमा निर्माण गरिने उहाँले बताउनुभयो । भवन निर्माणदेखि आवश्यक सम्पूर्ण उपकरण, दक्ष प्राविधिक, प्राविधिकलाई तालिमसम्मका काममा  चीन सरकारले सहयोग गर्नेगरी काम अघि बढाइएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।  

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…