Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

‘दृष्टिविहीनप्रति  जिम्मेवार बन्नुपर्छ’

सम्वाददाता

सम्वाददाता

‘दृष्टिविहीनप्रति  जिम्मेवार बन्नुपर्छ’
ADVERTISEMENT

नेपालगन्ज, ११, फागुन : नेपालगञ्जस्थित मङ्गलप्रसाद माध्यमिक विद्यालयमा ४२ भन्दा बढी दृष्टिविहीन र न्यूनदृष्टियुक्त बालबालिका र किशोरकिशोरी अध्ययनरत रहेका छन् । 

    विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत दृष्टिविहीन र न्यूनदृष्टियुक्त विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहीन सङ्घले लिएको छ । सङ्घले ती विद्यार्थीलाई शिक्षा, सीप विकास तालिम र रोजगारी दिलाउने तथा उनीहरुको अधिकार स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

    सोही विद्यालयका दृष्टिविहीन शिक्षक भोला त्रिपाठी भन्नुहुन्छ, “सङ्घले विभिन्न निकायसँगको सहकार्यमा दृष्टिविहीन र न्यूनदृष्टियुक्तको जीवनलाई सहज र सरल बनाउने प्रयास गर्दै आएको छ ।”  विद्यालयमा अध्ययनरत दृष्टिविहीन र न्यूनदृष्टियुक्तको अध्ययन निःशुल्क हुने गरेको छ । त्यसको चाँजोपाँजो नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा शाखाले मिलाएको छ । शिक्षा शाखाले प्रत्येक विद्यार्थीका लागि मासिक रु चार हजार रकम उपलब्ध गराउँदै आएको छ ।

    “न्यूनदृष्टिविहीन र न्यूनदृष्टियुक्त विद्यार्थीका लागि निःशुल्क शिक्षादीक्षा, सीपमूलक तालिम एवं रोजगारीमा आरक्षणको व्यवस्थाले पनि उनीहरुको जीवन सहज ढङ्गबाट अगाडि बढाउन अवसर मिलेको छ”, शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाको भनाइ छ ।

    मङ्गल माविमा दृष्टिविहीन र न्यूनदृष्टियुक्तका लागि अलग अध्यापन गराइँदैन, आँखा देख्नेहरुसँग राखेर पढाउने गरिएको छ । “यसो गर्नुको मुख्य उद्देश्य हामी सबै एउटै हौँ भन्ने भावनाको विकास गराउनु नै हो,” शिक्षक त्रिपाठीले भन्नुभयो ।

    सङ्घको तथ्याङ्कअनुसार, बाँकेमा झन्डै पाँच हजार अपाङ्गता भएकामध्ये दृष्टिविहीन र न्यूनदृष्टियुक्तको सङ्ख्या झन्डै दुई सय रहेको छ । शिक्षक त्रिपाठी भन्नुहुन्छ, “दृष्टिविहीनका लागि अहिले जति सुखद प्रयास भएका छन्, यो नै पर्याप्त छैन । यसका लागि राज्य अझ जिम्मेवार हुनैपर्छ ।”

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …