Pairabi logo

असोज २६, २०८३, सोमबार                    

‘दृष्टिविहीनप्रति  जिम्मेवार बन्नुपर्छ’

सम्वाददाता

सम्वाददाता

‘दृष्टिविहीनप्रति  जिम्मेवार बन्नुपर्छ’
ADVERTISEMENT

नेपालगन्ज, ११, फागुन : नेपालगञ्जस्थित मङ्गलप्रसाद माध्यमिक विद्यालयमा ४२ भन्दा बढी दृष्टिविहीन र न्यूनदृष्टियुक्त बालबालिका र किशोरकिशोरी अध्ययनरत रहेका छन् । 

    विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत दृष्टिविहीन र न्यूनदृष्टियुक्त विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहीन सङ्घले लिएको छ । सङ्घले ती विद्यार्थीलाई शिक्षा, सीप विकास तालिम र रोजगारी दिलाउने तथा उनीहरुको अधिकार स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

    सोही विद्यालयका दृष्टिविहीन शिक्षक भोला त्रिपाठी भन्नुहुन्छ, “सङ्घले विभिन्न निकायसँगको सहकार्यमा दृष्टिविहीन र न्यूनदृष्टियुक्तको जीवनलाई सहज र सरल बनाउने प्रयास गर्दै आएको छ ।”  विद्यालयमा अध्ययनरत दृष्टिविहीन र न्यूनदृष्टियुक्तको अध्ययन निःशुल्क हुने गरेको छ । त्यसको चाँजोपाँजो नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा शाखाले मिलाएको छ । शिक्षा शाखाले प्रत्येक विद्यार्थीका लागि मासिक रु चार हजार रकम उपलब्ध गराउँदै आएको छ ।

    “न्यूनदृष्टिविहीन र न्यूनदृष्टियुक्त विद्यार्थीका लागि निःशुल्क शिक्षादीक्षा, सीपमूलक तालिम एवं रोजगारीमा आरक्षणको व्यवस्थाले पनि उनीहरुको जीवन सहज ढङ्गबाट अगाडि बढाउन अवसर मिलेको छ”, शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाको भनाइ छ ।

    मङ्गल माविमा दृष्टिविहीन र न्यूनदृष्टियुक्तका लागि अलग अध्यापन गराइँदैन, आँखा देख्नेहरुसँग राखेर पढाउने गरिएको छ । “यसो गर्नुको मुख्य उद्देश्य हामी सबै एउटै हौँ भन्ने भावनाको विकास गराउनु नै हो,” शिक्षक त्रिपाठीले भन्नुभयो ।

    सङ्घको तथ्याङ्कअनुसार, बाँकेमा झन्डै पाँच हजार अपाङ्गता भएकामध्ये दृष्टिविहीन र न्यूनदृष्टियुक्तको सङ्ख्या झन्डै दुई सय रहेको छ । शिक्षक त्रिपाठी भन्नुहुन्छ, “दृष्टिविहीनका लागि अहिले जति सुखद प्रयास भएका छन्, यो नै पर्याप्त छैन । यसका लागि राज्य अझ जिम्मेवार हुनैपर्छ ।”

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…