बितिशा चौधरी ।
बर्दिया, ७ फागुन : राजी समुदायका बालबालिकाहरुको अझै पनि शिक्षामा पहुच पुग्न सकेको छैन । बालबालिकाहरु बिद्यालयमा भर्ना भए पनि नियमित रुपमा विद्यालय जादैनन ।
बारबर्दिया नगरपालिका वडा नं ९ वनगाईका अनिस राजीले गाउकै जन ज्योति माध्यामिक बिद्यालयमा कक्षा ९ मा पढ्दा पढ्दै गत बर्ष पढाइ छाडे । अनिसको घरमा ७ जना सदस्य छन । घरको आर्थिक अवस्था नाजुक भएका कारण पढाइ छाडेर मजदुरी गर्न सुरु गरेको अनिशले बताए ।
अनिसको परिबारको करिब २ कठठा मात्रै जग्गा जमिन छ । त्यहि जमिनमा उत्पादन भएका खाद्यान्नले ३÷४ महिना पनि खान पुग्दैन । अनिश भन्छन—पढ्ने रहर भए पनि घरको अबस्थाका कारण पढाइ छाडेर मजदुरी गर्नु पर्ने अबस्था आयो । घरको आर्थिक अवस्था कमजोर भएकै कारण अनिशको बुवा ज्याला मजदुरी गर्न भारत जाने आउने गर्छन ।
श्री जनज्योति माध्यामिक बिद्यालय कक्षा ८ मा पढ्दा पढ्दै बारबर्दिया ९ वनगाईको केशर राजी २०७७ सालमा पढाइ छाडे । उनको परिबारमा ६ जना सदस्य छन । घरको आर्थिक अवस्था कमजोर कै कारणले पढाई पढाइ छाड्नु परेको केशरले बताए । उनको परिवारको नाममा २ कठ्ठा मात्रै जग्गा छ । त्यसमा उत्पादन हुने खाद्यान्नले तीन महिना पनि खान पुग्दैन । घर परिवार चलाउनु पर्ने जिम्मेवारी थपिएपछि केशर पढाइ छाडेर पछिल्ला दिनहरुमा रोजगारीका लागि बुवासंगै भारत जाने आउने गरि रहेका छन ।
बासँगढी–८ भैसासुरका क्षितिस राजी नेपाल राष्टिय मा.वि लक्ष्मणपुर कक्षा १२ मा भर्ना भएका छन । तर घरको काम पनि गर्नु पर्ने बाध्यताले नियमित रुपमा बिद्यालयमा जान सकेका छैनन । बिद्यालय भर्ना भए पनि पढाई पुरा नगर्दै बिद्यालय छाड्नु पर्छ कि भन्ने चिन्तामा छन ।
अनिश, केशर र क्षितित त एक प्रतिनिधि पात्रहरु मात्रै हुन । गरिबी र अभाब कारण राजी समुदायका अधिकाश बालबालिकाहरु बिद्यालय तहको पढाइ पुरा नगर्दै बिद्यालय छाड्ने गरेका छन । बिद्यालयमा भर्ना भएका राजी समुदायका बिद्यार्थी मध्ये करिब ९० प्रतिशतले एसइइ पास नगर्दै पढाई छाड्ने गरेको बर्दिया बासगढीका राजी समुदायका अगुवा कृष्ण राजीले बताए ।
गरिबी र पछौटेपनका कारण बिद्यालयमा भर्ना भएका अधिकाश बालबालिकाहरु पनि एसएलसी तहको पढाइ पुरा नहुदै बिद्यालय छाड्ने गरेको पाइन्छ । राजी सुमदायका बालबालिकाहरुको शिक्षा पहुँच बढाउनका लागि स्थानिय बासगढी नगरपालिकाले हरेक बालबालिकाहरुलाई पाठ्यपुस्तक, पोशाकसहित छात्रबृत्ति दिदै आएको छ ।
त्यसैगरी कक्षा ८ सम्म निशुल्क शिक्षाको सुबिधा पनि उपलब्ध गराउदै आएको छ । राजी सुमदायका बालबालिकाहरुले कक्षा ८ सम्म पढ्दा कुनै पनि किसिमको शुल्क तिर्नु नपर्ने ब्यबस्था मिलाइएको बासगढी नगरपालिका शिक्षा शाखा प्रमुख क्षितिस पौडेलले बताउँछन । राजी समुदायका बालबालिकाहरुलाई जन्मने वित्तिकै सामाजिक सुरक्षा भत्तावापत मासिक रु ४ हजार उपलब्ध गराउने गरिएको छ ।
राजी समुदायका बालबालिकाहरुलाई पोशाकसहित निशुल्क पढन पाठनको सुबिधा उपलब्ध भए पनि बिद्यालय भर्ना भएका अधिकाँश बालबालिकाहरु नियमित रुपमा बिद्यायलयमा आउदैनन । आएकाहरुले पनि ध्यान दिएर नपढ्ने र बिचै मा पढाई छाड्ने समस्या रहेको छ ।
बालबालिकाहरुलाई बिद्यालयमा टिकाउनका लागि कक्षा १ देखि ५ सम्मका बिद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम संचालन गरिएको छ । दिवा खाजा कार्यक्रमले कक्षा ५ सम्म राजी समुदायका बालबालिकाहरु बिद्यालयमा आउँछन । कक्षा ६ देखि बिद्यार्थीको संख्या घट्दै जाने गरेको अनुभव बासगढीको श्री रामजानकी माध्यामिक विद्यालयका प्रधानाध्यापक शर्माको छ ।
राजीहरुको बसोबास बासँगढी नगरपालिकाको वडा नं ४ र ८ मा रहेको छ । घरको आर्थिक अबस्था कमजोर भएका कारण राजी सुमदायका बालबालिकाहरु पढाइ छाडेर आफ्ना अभिभाबकहरु संगै खेतीपाती र मजदुरी गर्न बिबश छन । केहि युवाहरु ऋण खोजेर पैसाको जोहो गरेर बैदेशिक रोजगारमा समेत गएका छन ।
नेपाल सरकारले राजी समुदायलाई अल्पसंख्यक आदीबासीको सुचिमा राखेर आजीबन भत्ता , निशुल्क शिक्षा लगायत उनीको जीबिकोपार्जनका लागि बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आए पछि राजी समुदायको जीबनस्तरमा केहि सुधारका संकेतहरु देखिन थालेका छन ।
बासगढीको श्री राम जानकी माध्यामिक विद्यालयमा राजी जातिका २ जनाले सहयोगी कर्मचारीको रुपमा जागिरको अवसर पाएका छन । पढाइलाई निरन्तरता दिएका केहि राजी समुदायका विद्यार्थीहरुले नेपाली सेनामा भर्ति भएर सरकारी जागिर सुरु गरेको बिद्यालयका प्रधानाध्यापक शर्माले बताए ।
खेती गर्नका लागि आफ्नै जग्गा जमिन, रोजागरीका लागि सिप र ब्यापार ब्यबसायका लागि पुजी नभएका कारण राजी समुदायमा अधिकाश परिबार साझ के खाउ बिहान के खाउ भन्ने समस्याबाट खेप्न बिबश छन ।
राजी जाती अल्पसंख्यक आदीबासी हुन । राजी समुदायको बसोबास बर्दियाका अतिरिक्त बाँके, सुर्खेत, दाङ, कैलाली र कन्चनपुर जिल्लाका बिभिन्न गाउहरुमा रहेको छ ।
जनगणनाको पछिल्लो तथ्याङ अनुसार राजी समुदायको कुल जनसंख्या ४ हजार ४ सय ३६ रहेको छ । राजी समुदायको मुख्य पेशा भनेको माछा मार्ने, डुङ्गा तार्ने, गिट्टी कुट्ने, र जंगली तथा भीर मौरीको मह काढ्ने र बेच्ने हो । उनीहरु जंगल किनार नदी किनारमा पुस्तौदेखि बस्दै आएका छन् ।
राजी जातिको आर्थिक अवस्था एकदमै कमजोर रहेको छ । नेपाल सरकारले राजी समुदायलाई अल्पसंख्यक आदीबासीको सुचीमा राखेर जन्मने बित्तिकै समुदायका सबै सदस्यहरुलाई मासिक भत्ता दिदै आएको छ । पछिल्ला दिनहरुमा राजी समुदायका प्रत्येक सदस्यले बार्षिक रु ४ हजार भत्ता पाउँछन । त्यहि भत्ताको रकमले उनीहरुले आफ्नो गुजारा चलाउदै आएका छन ।
अझै पनि अधिकाँश राजी समुदायको आफ्नो नाममा जग्गा जमिन छैन । जग्गा जमिन नभएका कारण गाउँघर मै ज्याला मजदुरी गरेर, भारतका बिभिन्न शहर देखि खाडी मुलुकमा पुगेर मजदुरी गरेर कमाएको पैसाले परिबार चलाउदै आएका छन ।
बासगढी ४ मोतिपुरकी पार्वती राजी भन्छिन—हाम्रा पुर्खाहरुको पालादेखि नै हाम्रो समुदायका अधिकाश परिवारको आफ्नो नाममा जग्गा जमिन छैन । पछौटेपन, गरिबी र शिक्षामा पहुच नभएका कारण हाम्रो समुदायका मानिसहरुले अझै पनि सरकारी जागिरको अबसर पाएका छन । स्थानिय तह, प्रदेश र संघिय सांसदका लागि हुने निर्बाचनमा राजी समुदायका मानिसहरुले मतदान गर्दै आए पनि राजी समुदायको प्रतिनिधित्व गाउ तथा नगर पालिका भन्दा माथिल्लो तहमा अझै पुग्न सकेको छैन ।
अन्य जाती र समुदायमा जस्तो जातिका समुदायका मानिसहरु बिच एकता पनि छैन । आर्थिक अबस्था अलि राम्रो भएका पढे लेखेकाहरुले पनि आफ्नै समुदायका कमजोर र बेरोजगारहरुलाई कुनै पनि किसिमको सहयोग नगर्ने भएका कारण राजी सुमदाय सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक क्षेत्रमा पछाडि परेको पार्वती राजी बताउँछिन ।
राजी समुदाय प्रकृति पुजक समुदाय हुन् । राजी जातिको छुट्टै भेषभुषा, परम्परा र संस्कृति रहेको छ । उनीहरु विवाह मागेर, तानेर र भगाएर आफ्नै जातिसंग गर्ने गर्छन । राजी जाति को भेषभुषा राजी पुरुषहरूले टोपी, कमिज, भोटो, हरियो खिका भएको छड्के पटुका लगाउँछन् भने महिलाहरूले गुन्यु, चोली र घलेक र सेतो रुमाल लगाउछन ।
माछा मार्ने, डुङ्गा तार्ने, गिट्टी कुट्ने, र जंगली तथा भीर मौरीको मह काढ्ने र बेच्न जस्ता पुख्र्याैली पेशा संकटमा पर्दै गए पछि राजी समुदाय थप समस्यामा परेका छन । समुदायका अधिकांश पुरुषहरु रोजगारीका लागि भारत लगायत खाडी मुलुक पुगेका छन् ।
बर्दियाको बारबर्दिया नगरपालिकाको मगरागाडीमा बस्दै आएकी विमली राजीका श्रीमान पाँच वर्षदेखि रोजगारीका लागि भारतमा छन । बिमला भन्छिन—आफ्नो पुख्यौली पेशा माछा मार्ने भए पनि नदीमा माछा मार्न जाँदा स्थानीय सरकारले माछा मार्ने ठेक्का अर्के समुदायका मान्छेलाई दिएको हुन्छ ।
आफुले ठेक्का पाएको भन्दै हामीलाई माछा मार्न समेत दिदैनन । हाम्रो गाउ घर नजिकका नदीमा गिट्टी कुट्ने काम पनि पछिल्ला दिनहरुमा ठेकेदारहरुले बाहिरबाट अन्य जातीका मान्छे ल्याएर लगाउने गरेका छन । नदीमा डुंगा चलाउन पनि गाउ तथा नगरपालिकाले अरूलाई नै ठेक्का दिएपछि हामी हाम्रा पुख्यौली पेशाबाट समेत बन्चित भएका छौ । आफ्नो जग्गा जमिन छैन नदी र जंगलको किनारामा टहरा बनाएर बस्दा पनि सामुदायिक बन र डिभिजन बन कार्यालयले दुख्ख दिने गरेका गुनासो उनको छ ।
नेपालको संबिधानले सबै नेपालीलाई बसोबासको सुबिधा हुने व्यवस्था गरे पनि अल्पसंख्यक आदीबासीको रुपमा रहेका राजी समुदायलाई बसोबासको व्यवस्था मिलाउने तर्फ स्थानिय, प्रदेश र संघिय सरकारले ध्यान दिनु पर्ने माग राजी समुदायका अगुवा कृष्ण राजीको छ ।