Pairabi logo

असोज २६, २०८३, सोमबार                    

‘राजितराम पाठक स्मृति नागरिक समाज सेवा पुरस्कार’ स्थापना

सम्वाददाता

सम्वाददाता

‘राजितराम पाठक स्मृति नागरिक समाज सेवा पुरस्कार’ स्थापना
ADVERTISEMENT

नेपालगन्ज, २ फागुन । शिक्षा र सामाजिक सेवाको क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका स्वर्गिय राजितराम पाठकको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ । उहाँको सम्मानका लागि शिक्षा, सामाजिक सेवा र नागरिक समाजको क्षेत्रमा काम गर्ने एक जनालाई वार्षिक रुपमा नगदसहित पुुरस्कार प्रदान गरिने छ ।

बाँके शिक्षा क्याम्पस नेपालगन्जमा आज बुधबार बसन्त पञ्चमीमा सरस्वती पुजा तथा सांस्कृतिक कार्यक्रमको अवसरमा क्याम्पसका संचालक कृष्णा पाठकले पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नुभएको हो । 

नागरिक अभियानको क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्र संस्थालाई उक्त पुरस्कार स्थापनाका लागि रु ५० हजार बराबरको अक्षयकोषमा रकम हस्तान्तरण गर्नुभएको छ । क्याम्पसमा आज आयोजित विशेष कार्यक्रममा उक्त पुरस्कारको घोषणा गरिएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो । 

स्वर्गिय पाठक बाँके शिक्षा क्पाम्पसको संस्थापक, महेन्द्र बहुमुखी नेपालगन्जका क्याम्पस प्रमुख हुनुहुन्थ्यो । उहाँले नेपालगन्जमा बसेर लामो समयदेखि शिक्षा, सामाजिक सेवा र नागरिक समाजको अभियानमा सक्रिय रुपमा भुमिका निर्वाह गर्नुभएको थियो । क्यान्सर रोगबाट पिडित पाठकको २०७८ साल साउन १७ गते निधन भएको थियो । 

क्याम्पसले उहाँको स्मृतिमा छात्रबृत्ति कोष समेत स्थापना गरेको छ । विद्यालयमा प्रारम्भिक कक्षादेखि १२ कक्षासम्म प्रत्येक कक्षाका दुई जना विद्यार्थीलाई वर्षभरि निशुल्क अध्ययन गराइने छ । त्यसका लागि गरीब, जेहेन्दार र लगनशिल विद्यार्थी मापदण्डका आधारमा छनौट गरिने स्वर्गिय पाठकका श्रीमती कृष्णा पाठकले बताउनुभयो ।  

आज स्थापना गरिएको पुरस्कार स्वर्गिय पाठकको जन्मोत्सव तथा स्मृतिको अवसरमा प्रदान गरिने संस्थाले जनाएको छ । 

सरस्वती पुजा र सांस्कृतिक कार्यक्रम 

सरस्वती पुजाको अवसरमा विद्यालयले आफ्नो प्राङ्गणमै विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ बाँकेका प्रमुख रामसुरेश यादवले शिक्षा क्षेत्रमा पुरानो र अव्वल विद्यालयको रुपमा परिचित बाँके शिक्षा क्याम्पसले अहिले प्रराम्भिक कक्षादेखि स्नातक तहसम्मको शिक्षा दिईरहेको प्रति खुशी व्यक्त गर्नुभयो ।

उहाँले गुणस्तरिय शिक्षामा जोड दिदै बालबालिकाको शिक्षामा अभिभावकको भुमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, शिक्षा प्रेमी बलराम यादव, मुनिर अहमद खा, पंकज पाठक लगायतले बोल्नुभएको थियो । 

त्यस अवसरमा अध्यक्ष पाठकले शिक्षा इकाई प्रमुख रामसुरेश यादव, पत्रकार राकेशकुमार मिश्र र नागरिक अभियन्ता रविन्द्रकुमार ज्ञवालीलाई सम्मान गर्नुभएको थियो । सांस्कृतिक कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले विभिन्न नृत्यलगायतका प्रस्तुती गरेका थिए । 

२०५३ सालमा स्थापित विद्यालयले अहिले प्रारम्भिक कक्षादेखि कक्षा १२ सम्म, एक वर्षे विएड र ४ वर्षे विएडको अध्यायपन गर्दै आएको क्याम्पसका सञ्चालक अध्यक्ष पाठकले बताउनुभयो ।

पछिल्लो समय उक्त विद्यालयमा प्राराम्भिक कक्षामा विशेष प्याकेजको व्यवस्था गरिएको छ । भने सरस्वती पुजाको अवसरमा आज करिब ३० भन्दा बढी विद्यार्थीरुको निशुल्क भर्ना गरिएको छ । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…