Pairabi logo

पुस १३, २०८२, आइतबार                    

‘राजितराम पाठक स्मृति नागरिक समाज सेवा पुरस्कार’ स्थापना

सम्वाददाता

सम्वाददाता

‘राजितराम पाठक स्मृति नागरिक समाज सेवा पुरस्कार’ स्थापना
ADVERTISEMENT

नेपालगन्ज, २ फागुन । शिक्षा र सामाजिक सेवाको क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका स्वर्गिय राजितराम पाठकको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ । उहाँको सम्मानका लागि शिक्षा, सामाजिक सेवा र नागरिक समाजको क्षेत्रमा काम गर्ने एक जनालाई वार्षिक रुपमा नगदसहित पुुरस्कार प्रदान गरिने छ ।

बाँके शिक्षा क्याम्पस नेपालगन्जमा आज बुधबार बसन्त पञ्चमीमा सरस्वती पुजा तथा सांस्कृतिक कार्यक्रमको अवसरमा क्याम्पसका संचालक कृष्णा पाठकले पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नुभएको हो । 

नागरिक अभियानको क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्र संस्थालाई उक्त पुरस्कार स्थापनाका लागि रु ५० हजार बराबरको अक्षयकोषमा रकम हस्तान्तरण गर्नुभएको छ । क्याम्पसमा आज आयोजित विशेष कार्यक्रममा उक्त पुरस्कारको घोषणा गरिएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो । 

स्वर्गिय पाठक बाँके शिक्षा क्पाम्पसको संस्थापक, महेन्द्र बहुमुखी नेपालगन्जका क्याम्पस प्रमुख हुनुहुन्थ्यो । उहाँले नेपालगन्जमा बसेर लामो समयदेखि शिक्षा, सामाजिक सेवा र नागरिक समाजको अभियानमा सक्रिय रुपमा भुमिका निर्वाह गर्नुभएको थियो । क्यान्सर रोगबाट पिडित पाठकको २०७८ साल साउन १७ गते निधन भएको थियो । 

क्याम्पसले उहाँको स्मृतिमा छात्रबृत्ति कोष समेत स्थापना गरेको छ । विद्यालयमा प्रारम्भिक कक्षादेखि १२ कक्षासम्म प्रत्येक कक्षाका दुई जना विद्यार्थीलाई वर्षभरि निशुल्क अध्ययन गराइने छ । त्यसका लागि गरीब, जेहेन्दार र लगनशिल विद्यार्थी मापदण्डका आधारमा छनौट गरिने स्वर्गिय पाठकका श्रीमती कृष्णा पाठकले बताउनुभयो ।  

आज स्थापना गरिएको पुरस्कार स्वर्गिय पाठकको जन्मोत्सव तथा स्मृतिको अवसरमा प्रदान गरिने संस्थाले जनाएको छ । 

सरस्वती पुजा र सांस्कृतिक कार्यक्रम 

सरस्वती पुजाको अवसरमा विद्यालयले आफ्नो प्राङ्गणमै विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ बाँकेका प्रमुख रामसुरेश यादवले शिक्षा क्षेत्रमा पुरानो र अव्वल विद्यालयको रुपमा परिचित बाँके शिक्षा क्याम्पसले अहिले प्रराम्भिक कक्षादेखि स्नातक तहसम्मको शिक्षा दिईरहेको प्रति खुशी व्यक्त गर्नुभयो ।

उहाँले गुणस्तरिय शिक्षामा जोड दिदै बालबालिकाको शिक्षामा अभिभावकको भुमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, शिक्षा प्रेमी बलराम यादव, मुनिर अहमद खा, पंकज पाठक लगायतले बोल्नुभएको थियो । 

त्यस अवसरमा अध्यक्ष पाठकले शिक्षा इकाई प्रमुख रामसुरेश यादव, पत्रकार राकेशकुमार मिश्र र नागरिक अभियन्ता रविन्द्रकुमार ज्ञवालीलाई सम्मान गर्नुभएको थियो । सांस्कृतिक कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले विभिन्न नृत्यलगायतका प्रस्तुती गरेका थिए । 

२०५३ सालमा स्थापित विद्यालयले अहिले प्रारम्भिक कक्षादेखि कक्षा १२ सम्म, एक वर्षे विएड र ४ वर्षे विएडको अध्यायपन गर्दै आएको क्याम्पसका सञ्चालक अध्यक्ष पाठकले बताउनुभयो ।

पछिल्लो समय उक्त विद्यालयमा प्राराम्भिक कक्षामा विशेष प्याकेजको व्यवस्था गरिएको छ । भने सरस्वती पुजाको अवसरमा आज करिब ३० भन्दा बढी विद्यार्थीरुको निशुल्क भर्ना गरिएको छ । 


 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …