Pairabi logo

माघ १२, २०८२, आइतबार                    

नेपालगन्ज— जनकपुर हवाई सेवा सुरु हुँदै

डेक्स

डेक्स

नेपालगन्ज— जनकपुर हवाई सेवा सुरु हुँदै
ADVERTISEMENT

नेपालगन्ज । नेपालगन्ज— जनकपुर हवाई सेवा यही साताबाट सुरु हुने भएको छ । 
नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जमा रहेको मिथिला समाजको आग्रहमा आगामी शनिवार र सोमवार चार्टर फ्लाइट हुने जानकारी दिनुभयो । यसले धार्मिक पर्यटन प्रर्वद्धन त हुने नै छ यस बाहेक भारतको अयोध्यासँग नेपालगन्जको बागेश्वरी मन्दीर र जनकपुर मन्दिरलाई समेत जोडन सहयोग हुने अपेक्षा गरिएको छ । 
अध्यक्ष सिग्देलका अनुसार यति एअरलाइन्सबाट सुरु हुने हवाइृ उडानका लागि अहिले एकतर्फी रुपमा रु. ८ हजार ५०० भाडा कायम भएको जानकारी दिदै उडान अवधिको समय १ः ३० निर्धारण गरिएको छ । विभिन्न सरोकारवाला संघ, संस्थाको पहलमा सुरु हुने हवाई सेवाका लागि रु. ३० लाख खर्च हुने अनुमान गरिएको छ । 
‘अहिले हामीले बाटो देखाउने कोशिश मात्रै गरेका छौं ’ उहाँले भन्नुभयो । यसबाट पर्यटकको चहलपहल बढने छ र त्यसबाट नेपालगन्जको बजार चलायमान हुने अध्यक्ष सिग्देलको भनाई छ । 
भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि नेपालको जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गर्नाले पुण्य प्राप्त हुने पौराणिक मान्यता रहेको छ । 
उहाँले पर्यटन प्रर्वद्धनका लागि हवाइमार्गसँगै नेपालगन्ज—अयोध्या अत्याधुनिक बस सेवा समेत सञ्चालन गर्न आवश्यक भएको उल्लेख गर्दै यसबाट नेपालगन्जको वास्तविक सम्वृद्धी हुने बताउनुभयो ।  
भारतको अयोध्या नेपालगन्जबाट सबैभन्दा बढी नजिक भएको शहर हो । नेपालगन्जबाट भारतको अयोध्या १७१ किलिमिटरको दुरीमा रहेको बताइएको छ । 
नेपालका सबै पर्यटकीयस्थललाई जोडन हवाईमार्ग प्रभावकारी हुने भएकाले हवाई कनेक्टीभिटी पर्यटनको लागि सबैभन्दा सहज भएको अध्यक्ष सिग्देलले बताउनुभयो ।  
नागरिक अभियन्ता तथा अधिवक्ता विश्वराज तिवारीले हवाई मार्ग सुरु भएपछि धार्मिक पर्यटन चलायमान हुने उल्लेख गर्दै जनता र संस्कृतिबीचको निकटता बढने बताउनुभयो । 
उहाँले भारत र नेपालीबीचको भाइचारा सम्वन्ध समेत बलियो हुनेमा जोड दिदै यसबाट जनकपुर जानेहरुलाई मानसरोवर जानका लागि समेत सहज हुने बताउनुभयो । 
नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर बाहेक नेपालगन्जमा अन्य धार्मिक मठमन्दिर र पर्यटकीय स्थल रहेका छन । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…