Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

मेयर कपमा नेपालगञ्ज सेन्टजेभियर्स र नेपालगञ्ज मोडेल एकेडेमी च्याम्पियन

सम्वाददाता

सम्वाददाता

मेयर कपमा नेपालगञ्ज सेन्टजेभियर्स र नेपालगञ्ज मोडेल एकेडेमी च्याम्पियन
ADVERTISEMENT

नेपालगन्ज, २५ माघ : मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगितामा नेपालगञ्ज सेन्ट जेभियर्स स्कुल (छात्र) र नेपालगञ्ज मोडेल एकेडेमी (छात्रा) च्याम्पियन बनेका छन् ।

नेपालगञ्जमा बुधबार भएको फाइनल खेलमा नेपालगञ्ज सेन्ट जेभियर्सले नेपालगञ्ज मोडेल एकेडेमीलाई २–० ले पराजित गरेको छ । सेन्ट जेभियर्सको जीतमा सुमित थापाले ६०औं र ६७औं मिनेटमा गोल गरेका थिए । 

फाइनल खेलको म्यान अफ द म्याच समेत भएका सुमितलाई नेपालगञ्ज उप–महानगरपालिका उप–मेयर कमरुद्दिन राईले पुरस्कार प्रदान गर्नुभयो । 

यसैगरि छात्रा तर्फको फाइनलमा खेलमा नेपालगञ्ज मोडेल एकेडेमीले बाँके खजुराको मनकामना माविलाई २–० ले हराउँदै च्याम्पियन बनेको छ । नेपालगञ्ज मोडेल एकेडेमीको जीतमा तिलसरा बुढाले २०औं मिनेट र चमेली चौधरीले ५०औं मिनेटमा गोल गरेका थिए । 

फाइनल खेलमा वुमन अफ द म्याच नेपालगञ्ज मोडेल एकेडेमीकी तिलसरा बुढा हुन सफल भइन् । उनलाई युवा व्यवसायी ओम सप्लायर्सका प्रमुख बल बहादुर विष्ट (बबी) ले पुरस्कुत गर्नुभयो । 

नेपालगञ्ज उप–महानगरपालिका र बाँके जिल्ला फुटबल संघको सयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा नेपालगञ्ज सेन्ट जेभियर्सका सुमित थापा र मनकामना मावि खजुराकी खेलाडी लक्ष्मी विक सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा अनुशासित टिमको पुरस्कार जीवन ज्योती स्कुल कोहलपुरले प्राप्त गरेको छ । 

प्रतियोगिताका विजयी खेलाडीलाई नेपालगञ्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्ट, उप–मेयर कमरुद्दिन राई, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाही, नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ अध्यक्ष एवम् प्रवक्ता प्रमोद रिजालले पुरस्कृत गुर्नभयो । 

धम्बोझीस्थित एन्फा ग्रासरुट फुटबल एकेडेमीमा ११ दिनसम्म चलेको प्रतियोगितामा बाँके जिल्लाका आठ स्थानीय तहका ३३ विद्यालयका छ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्रतर्फ २८ वटा र छात्रातर्फ ५ वटा स्कूलले भाग लिएका थिए । प्रतियोगिताको विजेताले २१ हजार र उपविजेता टिमले ११ हजार प्राप्त गरेको छ ।
 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…