Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डुडुवामा शिक्षा सुधार, संस्कारको स्थानीय पाठयक्रम बनाइदै

सम्वाददाता

सम्वाददाता

डुडुवामा शिक्षा सुधार, संस्कारको स्थानीय पाठयक्रम बनाइदै
ADVERTISEMENT

डुडुवा (बाँके) २३ माघ । बाँकेको डुडुवा गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीतिलाई कार्यान्वयनमा ल्याएको छ । पालिकाले यस वर्ष शिक्षाको गुणस्तरियतासंगै विकासका लागि राणनीति अनुसारको कार्ययोजना अघि सारेको जनाएको छ । 

पालिका अन्र्तगतका विद्यालयहरुको गुणस्तरियता, शिक्षकको निगरानी, विद्यार्थीको सहभागिता, अभिभावकको भुमिकालाई प्रभावकारी बनाउने उद्देश्यले कार्य गरिरहेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार अहिले पहिलो चरणमा पालिका अन्र्तगत रहेका ७ वटा विद्यालयमा सिसि क्यामरामार्फत निगरानी गरिएको छ । 

यसले विद्यालय समयमा खुल्ने र बन्द हुने, शिक्षक र विद्यार्थी आउने समय, कक्षा कोठामा अध्यायपन, सुरक्षालगायत विषयको निगरानी सुरु गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । 

पालिकाले विद्यालयमा नैतिक तथा संस्कारको कक्षा समेत सुरु गर्ने योजना बनाएको छ । आगामी शैक्षिक सत्रबाट संस्कारिक कक्षा सुरु गर्ने पालिका अध्यक्ष चौधरीले बताउनुभयो । त्यसका लागि स्थानीय पाठ्यक्रम निमार्णको काम सुरु गरिएको छ । अहिले समिति निमार्ण गरि कार्य प्रारम्भ भएको छ । 

डुडुवाले छात्रा विद्यालय संचालन गर्न लागेको छ । डुडुवा–२ को बेतहनीमा यस वर्षदेखि कक्षा १ को स्वीकृती पाएकाले अब पढाई सुरु गरिने छ । विद्यालय संचालन गर्नका लागि अहिले भौतिक संरचना निमार्णको कार्य भईरहेको छ । मधेशी तथा मुस्लिम समुदायका अभिभावकले आफ््ना बालिकाहरुलाई प्राय विद्यालय नपठाउने गर्नाले छात्राहरुको छुट्टै विद्यालय संचालन गर्ने योजना अनुरुप छात्रा विद्यालय सञ्चालन गर्न लागेको पालिका अध्यक्ष चौधरीले बताउनुभयो । 

गुणस्तर मापनका लागि शिक्षण सहजीकरण
डुडुवा गाउँपलिकाले शैक्षिक गुणस्तर मापनका लागि अहिले शिक्षण सहजीकरण सुरु गरेको छ । सुरुमा माध्यमिक विद्यालयमा गएर शिक्षकले पढाएको कक्षाको अवलोकनको कार्य भईरहेको शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताउनुभयो । 

उहाँले भन्नुभयो,–‘हामी विद्यालयमा जान्छौ, शिक्षकले विद्यार्थीहरुलाई विषयगत शिक्षा पढाइरहेको बेला शिक्षकको कार्यक्षमता र सिकाईमुलक सिपलगायतका बारेमा मुल्याङ्कन गरेका छौ ।’ त्यस क्रममा विद्यार्थीहरुको समेत हामीले टेस्ट गरेका छौ । उहाँले भन्नुभयो,–‘अनुगमनबाट देखिएको समस्यालाई समाधानका लागि कार्ययोजना निमार्ण गर्छौ र सोही बमोजिम सुधार गर्ने छौ ।’ 

कक्षा अवलोकन पश्चात विशेष गरि शिक्षकले विद्यार्थीहरुलाई आधारभुत सामान्य जानकारी नगराएको, शिक्षकले विषयगत ज्ञानको बारेमा पढाएपनि बालबालिकाको सिकाइमा कमी लगायतका समस्या देखिएको शाखा प्रमुख कर्णले बताउनुभयो । 

विद्यालयको अवलोकन तथा अनुगमन पश्चात समग्र अवस्थाको बारेमा सुधार गर्न विशेष पहल गरिनेछ । डुडुवामा माध्यमिक विद्यालय ७ वटा, आधारभुत विद्यालय ९ वटा, मदरसा १८ वटा, गुरुकुल १ वटा र ७५ वटा बालविकास केन्द्रहरु रहेका छन ।
––
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…