Pairabi logo

पुस १३, २०८२, आइतबार                    

डुडुवामा शिक्षा सुधार, संस्कारको स्थानीय पाठयक्रम बनाइदै

सम्वाददाता

सम्वाददाता

डुडुवामा शिक्षा सुधार, संस्कारको स्थानीय पाठयक्रम बनाइदै
ADVERTISEMENT

डुडुवा (बाँके) २३ माघ । बाँकेको डुडुवा गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीतिलाई कार्यान्वयनमा ल्याएको छ । पालिकाले यस वर्ष शिक्षाको गुणस्तरियतासंगै विकासका लागि राणनीति अनुसारको कार्ययोजना अघि सारेको जनाएको छ । 

पालिका अन्र्तगतका विद्यालयहरुको गुणस्तरियता, शिक्षकको निगरानी, विद्यार्थीको सहभागिता, अभिभावकको भुमिकालाई प्रभावकारी बनाउने उद्देश्यले कार्य गरिरहेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार अहिले पहिलो चरणमा पालिका अन्र्तगत रहेका ७ वटा विद्यालयमा सिसि क्यामरामार्फत निगरानी गरिएको छ । 

यसले विद्यालय समयमा खुल्ने र बन्द हुने, शिक्षक र विद्यार्थी आउने समय, कक्षा कोठामा अध्यायपन, सुरक्षालगायत विषयको निगरानी सुरु गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । 

पालिकाले विद्यालयमा नैतिक तथा संस्कारको कक्षा समेत सुरु गर्ने योजना बनाएको छ । आगामी शैक्षिक सत्रबाट संस्कारिक कक्षा सुरु गर्ने पालिका अध्यक्ष चौधरीले बताउनुभयो । त्यसका लागि स्थानीय पाठ्यक्रम निमार्णको काम सुरु गरिएको छ । अहिले समिति निमार्ण गरि कार्य प्रारम्भ भएको छ । 

डुडुवाले छात्रा विद्यालय संचालन गर्न लागेको छ । डुडुवा–२ को बेतहनीमा यस वर्षदेखि कक्षा १ को स्वीकृती पाएकाले अब पढाई सुरु गरिने छ । विद्यालय संचालन गर्नका लागि अहिले भौतिक संरचना निमार्णको कार्य भईरहेको छ । मधेशी तथा मुस्लिम समुदायका अभिभावकले आफ््ना बालिकाहरुलाई प्राय विद्यालय नपठाउने गर्नाले छात्राहरुको छुट्टै विद्यालय संचालन गर्ने योजना अनुरुप छात्रा विद्यालय सञ्चालन गर्न लागेको पालिका अध्यक्ष चौधरीले बताउनुभयो । 

गुणस्तर मापनका लागि शिक्षण सहजीकरण
डुडुवा गाउँपलिकाले शैक्षिक गुणस्तर मापनका लागि अहिले शिक्षण सहजीकरण सुरु गरेको छ । सुरुमा माध्यमिक विद्यालयमा गएर शिक्षकले पढाएको कक्षाको अवलोकनको कार्य भईरहेको शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताउनुभयो । 

उहाँले भन्नुभयो,–‘हामी विद्यालयमा जान्छौ, शिक्षकले विद्यार्थीहरुलाई विषयगत शिक्षा पढाइरहेको बेला शिक्षकको कार्यक्षमता र सिकाईमुलक सिपलगायतका बारेमा मुल्याङ्कन गरेका छौ ।’ त्यस क्रममा विद्यार्थीहरुको समेत हामीले टेस्ट गरेका छौ । उहाँले भन्नुभयो,–‘अनुगमनबाट देखिएको समस्यालाई समाधानका लागि कार्ययोजना निमार्ण गर्छौ र सोही बमोजिम सुधार गर्ने छौ ।’ 

कक्षा अवलोकन पश्चात विशेष गरि शिक्षकले विद्यार्थीहरुलाई आधारभुत सामान्य जानकारी नगराएको, शिक्षकले विषयगत ज्ञानको बारेमा पढाएपनि बालबालिकाको सिकाइमा कमी लगायतका समस्या देखिएको शाखा प्रमुख कर्णले बताउनुभयो । 

विद्यालयको अवलोकन तथा अनुगमन पश्चात समग्र अवस्थाको बारेमा सुधार गर्न विशेष पहल गरिनेछ । डुडुवामा माध्यमिक विद्यालय ७ वटा, आधारभुत विद्यालय ९ वटा, मदरसा १८ वटा, गुरुकुल १ वटा र ७५ वटा बालविकास केन्द्रहरु रहेका छन ।
––
 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …