Pairabi logo

असोज २६, २०८३, सोमबार                    

विश्व क्यान्सर दिवसमा रक्तदान

सम्वाददाता

सम्वाददाता

विश्व क्यान्सर दिवसमा रक्तदान
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस –२०२४ विभिन्न कार्यक्रम गरी मनाएको छ । विश्व क्यान्सर दिवस प्रत्येक वर्ष ४ फरवरीका दिन मनाउने गरिन्छ ।  सो अवसरामा नेपालगन्जको गणेशमान चौक देखि धम्बोझी चौक सम्म क्यान्सर रोग सम्बन्धि जनचेतनामूलक प्रभात फेरी गरिएको थियो । 

सोही अवसरमा खजुरा गाउँपालिका वार्ड नं.– ७ खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आयोजनामा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र खजुरा इकाई, बाँकेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । 

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको परिसरमा आयोजित रक्तदान कार्यक्रममा अस्पतालका निमित्त निर्देशक डा.प्रवीण गुप्ताले रक्त सञ्चार केन्द्र खजुरा इकाईका प्रमुख होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

रक्त सञ्चार केन्द्र खजुरा इकाईका प्रमुख होमराज गिरीका अनुसार अस्पतालका कर्मचारी, सुरक्षा निकायका सुरक्षाकर्मी, बिद्यार्थीहरुले रक्तदान गरेका छन् । उक्त रक्तदान कार्यक्रममा पे्रम अधिकारी, हेमन्त बटाला, सविना खान, मुना केसी, लक्ष्मी ओली, देविका ओली, पूर्णिमा घर्तीमगर, दीपेन्द्र थारु, ओम प्रकाश ठकुरी, बिशाल बुढामगर, दशरथ ओली, जिवन बिष्ट, बिकाश श्रेष्ठ, कृष्ण बहादुर थापा, निम बहादुर खत्री, बाबुराम सार्की, अर्जुन केसी, सुमित्रा रोका, सोविया रेग्मी, बाबुराम कलवार सहित ७ जना महिला गरी लगायत २० जनाले रक्तदान गरेका छन् । रक्रदान कार्यक्रममा केन्द्रका प्रमुख होमराज गिरी र महेश दहितले प्राविधिक सहयोग गरेका थिए ।  

यसरी बिश्व खजुरा क्यान्सर दिवसको अवसरमा अस्पतालमा आयोजित कार्यक्रममा  क्यान्सर बालरोग बिशेषज्ञ डा. सुभाष माथेमाले वर्षमा २ हजार जति क्यान्सर रोग बिरामी भेटिए जस मध्ये ५० प्रतिशत रोग पत्ता लागेर उपचार गरेको बताएका थिए । सो अवसरमा विभिन्न जिल्लाका क्यान्सर रोगबाट निको भएर घर गएका १४ जना बिरामीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।  
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…