Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

विश्व क्यान्सर दिवसमा रक्तदान

सम्वाददाता

सम्वाददाता

विश्व क्यान्सर दिवसमा रक्तदान
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस –२०२४ विभिन्न कार्यक्रम गरी मनाएको छ । विश्व क्यान्सर दिवस प्रत्येक वर्ष ४ फरवरीका दिन मनाउने गरिन्छ ।  सो अवसरामा नेपालगन्जको गणेशमान चौक देखि धम्बोझी चौक सम्म क्यान्सर रोग सम्बन्धि जनचेतनामूलक प्रभात फेरी गरिएको थियो । 

सोही अवसरमा खजुरा गाउँपालिका वार्ड नं.– ७ खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आयोजनामा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र खजुरा इकाई, बाँकेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । 

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको परिसरमा आयोजित रक्तदान कार्यक्रममा अस्पतालका निमित्त निर्देशक डा.प्रवीण गुप्ताले रक्त सञ्चार केन्द्र खजुरा इकाईका प्रमुख होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

रक्त सञ्चार केन्द्र खजुरा इकाईका प्रमुख होमराज गिरीका अनुसार अस्पतालका कर्मचारी, सुरक्षा निकायका सुरक्षाकर्मी, बिद्यार्थीहरुले रक्तदान गरेका छन् । उक्त रक्तदान कार्यक्रममा पे्रम अधिकारी, हेमन्त बटाला, सविना खान, मुना केसी, लक्ष्मी ओली, देविका ओली, पूर्णिमा घर्तीमगर, दीपेन्द्र थारु, ओम प्रकाश ठकुरी, बिशाल बुढामगर, दशरथ ओली, जिवन बिष्ट, बिकाश श्रेष्ठ, कृष्ण बहादुर थापा, निम बहादुर खत्री, बाबुराम सार्की, अर्जुन केसी, सुमित्रा रोका, सोविया रेग्मी, बाबुराम कलवार सहित ७ जना महिला गरी लगायत २० जनाले रक्तदान गरेका छन् । रक्रदान कार्यक्रममा केन्द्रका प्रमुख होमराज गिरी र महेश दहितले प्राविधिक सहयोग गरेका थिए ।  

यसरी बिश्व खजुरा क्यान्सर दिवसको अवसरमा अस्पतालमा आयोजित कार्यक्रममा  क्यान्सर बालरोग बिशेषज्ञ डा. सुभाष माथेमाले वर्षमा २ हजार जति क्यान्सर रोग बिरामी भेटिए जस मध्ये ५० प्रतिशत रोग पत्ता लागेर उपचार गरेको बताएका थिए । सो अवसरमा विभिन्न जिल्लाका क्यान्सर रोगबाट निको भएर घर गएका १४ जना बिरामीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।  
 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…