Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भारत लखनऊका विशेषज्ञद्धारा नेपालगन्जमा सेवा

सम्वाददाता

सम्वाददाता

भारत लखनऊका विशेषज्ञद्धारा नेपालगन्जमा सेवा
ADVERTISEMENT

नेपालगन्ज २० माघ । महँगो शुल्कमा भारतको लखनऊ गएर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । त्यसका लागि नेपालगन्ज मेडिकल कलेजले पहल सुरु गरेको छ । 

नेपालगन्ज मेडिकल कलेज र भारतस्थित लखनउको अपोलो मेडिक्स अस्पतालबीच आज एक कार्यक्रमका बीच एक सहकार्य भएको छ । जुन, पश्चिम नेपालकै स्वास्थ्यमा एउटा महत्वपूर्ण उपलब्धी मानिएको छ । 

स्वास्थ्य सेवामा थप प्रभावकारी सेवा प्रदान गर्न अपोलो मेडिक्स अस्पतालसँग सहकार्य गरिएको नेपालगन्ज मेडिकल कलेजका संस्थापक तथा प्रबन्ध निर्देशक डा. सुरेशकुमार कानोडियाले बताउनुभयो । 

उहाँका अनुसार केही निःशुल्क उपचार सेवा, विभागीय विषयका सेमीनार तथा यहाँ कार्यरत चिकित्सकसँग अन्तक्र्रिया गरी बिरामीको स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रदान गर्न थप सहजता मिल्ने छ । यससँगै बिरामीलाई विशेष विशेषज्ञ सेवाहरु क्यान्सर रोग, आई.भि.एफ सेवा, मुटु रोग, मुटुको शल्यक्रिया, प्लास्टिक सर्जरी सेवा, क्यान्सर सर्जरी प्रदान गरिने छ । 

बिरामीलाई आवश्यक पर्ने सेवा प्रभावकारी बनाउन बिरामीको जाँचलगायत सेवा विस्तारलाई प्राथमिकता दिइएको नेपालगन्ज मेडिकल कलेज निर्देशक डा नितेश कुमार कानोडियाले बताउनुभयो । उहाँका अनुसार निःशुल्क ओपिडी सेवा, अन्य सेवामा सामान्य शुल्क लाग्ने र ओपिडी सेवा प्रत्येक शनिबार संचालन हुनेछ । 

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा हुन नसक्ने सेवा मात्र अपोलो अस्पताल लखनऊ बिरामीको आवश्कताअनुसार रिफर गरिने प्रवन्ध निर्देशक कोनोडियाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपालगन्ज नगर प्रमुख प्रशान्त बिष्टले यो सहकार्य पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा एउटा महत्वपुर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले यहाँका विपन्न वर्गका बिरामीलाई सहकार्यमा उल्लेख भएअनुसारको भन्दा पनि अझ बढी छुटको व्यवस्था मिलाउन पनि आग्रह गर्नुभयो । 

नेपालका बिरामीको उपचार गर्न पाउँदा खुसी भएको अपोलो मेडिक्स अस्पतालका प्रबन्ध निर्देशक तथा सिइओ डा. मयंक सोमानीले बताउनुभयो । यो सहकार्यले पश्चिम नेपालका बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनुभयो । 

२०५३ सालमा स्थापना भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले पश्चिम नेपालमा गुणस्तरिय स्वास्थ्य सेवासंगै चिकित्सकका लागि एमबीबीएस अध्ययन गराउदै  आएको छ ।

विकसित प्रविधिको अभावमा केही बिरामी अहिले पनि भारतीय सहर लखनउसम्म पुगीरहेका छन । यसले यहाँका बिरामी नेपालगन्जबाट करिब तीन/चार घण्टा यात्रा गरेर महँगोमा उपचार लिन बाध्य छन् । अब यो समस्या विस्तारै समाधान हुने विश्वास लिइएको छ । 


नेपालगन्ज मेडिकल कलेज र अपोलो ओपिडीका फाइदाहरु 

  • बिरामीहरुले निःशुल्क सुपरस्पेशालिटी परामर्शरउपचारको सेवा आफ्नै सहरमा पाउने छन् ।
  • हाम्रा बिरामीहरले उत्कृष्ट विश्वस्तरको स्वास्थ्य सेवा पाउने छन् ।
  • विभागवार कार्यशाला तथा यहाँ कार्यरत चिकित्सकसँग अन्तक्र्रिया गरी आफ्नो र चिकित्सा शिक्षामा प्राज्ञिक स्तर उन्नति गरिनेछ ।
  • नेपालगन्ज मेडिकल कलेजका कर्मचारी र डाक्टहरुले अपोलो अस्पतालद्वारा आयोजित विभिन्न शैक्षिक कार्यक्रमहरु, पर्यवेक्षक, फेलोशिप, अन्य प्रशिक्षणहरुमा प्राथमिकता र छुट पाउने छन् ।

अपोलो अस्पताल, लखनऊमा रेफर भएका बिरामीले पाउने सुविधा

  • पहिलो फलोअप निःशुल्क हुनेछ ।
  • दोस्रो फलोअपबाट बिरामीले ओपिडी चार्जमा २० प्रतिशत छुट पाउने छन् ।
  • बिरामीले अपोलो अस्पताल, लखनऊमा हुने ओपिडी पर्चामा ल्याब र रेडियोलोजी परीक्षणमा २० प्रतिशत छुट पाउने छन् ।
  • बिरामी भर्ना हुनु परेमा अपोलो अस्पताल, लखनऊमा हुने ल्याब र रेडियोलोजी परीक्षण, आइपिडी बिल र अन्य प्रक्रियामा १० प्रतिशत छुट पाउने छन् ।
  • नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज ९नर्सिङ होम० बाट लिएको आधिकारिक रेफरल कार्ड देखाएमा मात्र बिरामीले सुविधा पाउने छन् ।
  • फार्मेसीमा भने कुनै छुट सुविधा पाउने छैन

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…