Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

नेपालगन्ज सेन्ट जेभियर्स मेयर कप फुटबलको क्वाटरफाइनलमा प्रवेश

सम्वाददाता

सम्वाददाता

नेपालगन्ज सेन्ट जेभियर्स मेयर कप फुटबलको क्वाटरफाइनलमा प्रवेश
ADVERTISEMENT

नेपालगन्ज, १९ माघ । बाँके राम जानकी मावि कोहलपुर, नेपालगन्ज सेन्ट जेभियर्स स्कुल र आदर्श माविको पुरुष टिम नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल स्पोर्टस एकेडेमीमा भएको खेलमा राम जानकी माविले सुर्योदय मावि चिसापानीलाई १–० ले हरायो । खेलमा राम जानकीका गणेश आलेले ५१औं मिनेटमा निर्णायक गोल गरेका थिए । 

खेलमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका आले म्यान अफ द म्याच घोषित भए । उनलाई एचीआरसी हस्पिटलका प्रमुख डा. कुमार सान शाह र नेपालगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष मख्खन धामीले पुरस्कृत गर्नुभयो । 

यसैगरी शुक्रबार भएको दोस्रो खेलमा नेपालगन्ज सेन्ट जेभियर्सले आदर्श मावि खजुरालाई २–० ले पराजित गरेको छ । सेन्ट जेभियर्सको जितमा बिपिन खड्काले दुबै गोल गरेका थिए । खेलमा उत्कृष्ट बचाउ गरेका सेन्ट जेभियर्सका गोलकिपर सुजन सार्कीले म्यान अफ द म्याचको पुरस्कार पाए । 

उनलाई नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ८ अध्यक्ष विवेक वाजपेयी र नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाहले पुरस्कृत गर्नुभयो । 

तेस्रो खेलमा आदर्श मावि नेपालगन्ज कोहलपुरको बालविद्या मन्दिरलाई ३–१ ले पराजित गरेको छ । आदर्शको जितमा मनिष खड्काले १४औं मिनेट, जेनिस बोहराले ४६औं मिनेट र सन्तोेष बुढा मगरले ५३औं मिनेटमा गोल गरेका थिए । 

बाल विद्याका लागि प्रतिक सुनारले १६औं मिनेटमा गोल गरे । खेलमा म्यान अफ द म्याचको पुरस्कार आदर्शका सन्तोष बुढा मगरले प्राप्त गरे । म्यान अफ द म्याच घोषित सन्तोषलाई लुम्बिनी प्रदेश सभा सदस्य एवम् संविधान सभा सदस्य बादशाह कुर्मीले पुरस्कृत गर्नुभयो । 

बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा भैरहेको प्रतियोगितामा २८ छात्र र ५ छात्रा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल माघ २४ गते हुनेछ । 
 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…