Pairabi logo

असोज २१, २०८३, बुधबार                    

वित्तीय सुशासन कायम गर्न क्षमता अभिबृद्धि

सम्वाददाता

सम्वाददाता

वित्तीय सुशासन कायम गर्न क्षमता अभिबृद्धि
ADVERTISEMENT

बाँके, १४ माघ : नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीहरुमा वित्तीय सुशासन कायम गर्ने उद्देश्यले सहकारी लेखापालन तालिम दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाद्धारा सात दिने तालिम दिइएको हो । 

नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका ४० वटा सहकारीका ४० जना लेखा कर्मचारीहरुलाई तालिम प्रदान गरिएको सहकारी शाखा प्रमुख प्रविण रानाले बताउनुभयो । 

आज यहाँ तालिमको समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले आर्थिक कारोबारमा अभिलेख चुस्त दुरुस्त हुनुपर्ने भन्दै राम्रो काम गर्नेलाई सम्मान र हिनामिनासहितको गलत गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताउनुभयो । उहाँले सहकारी सुधारका लागि अनुगमनलाई प्रभावकारी बनाइने उल्लेख गर्नुभयो । 

उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक गोपाल पुनले सहकारीहरुको लेखा पाटोलाई व्यवस्थित बनाउन तालिम लाभदायी हुने विश्वास व्यक्त गर्दै तालिमले आत्मबल बढाउने बताउनुभयो । पुनले सहकारी राज्यको अर्थतन्त्रको महत्वपुर्ण खम्बा भएकाले यसप्रति जनविश्वास बढ्ने गरी काम गर्न जरुरी रहेको बताउनुभयो । 

जिल्ला सहकारी संघका प्रवन्ध संचालक एवं तालिमका प्रशिक्षक नवराज उपाध्यायले संस्थागत सुशासनका लागि संचालित तालिम महत्वपुर्ण कदम भएको बताउनुभयो । त्यस अवसरमा प्रशिक्षार्थीहरु श्रीराम पाल र चन्द्रा आचार्यले तालिम फलदायी भएको बताउँदै लेखा चुस्तदुरुस्त राख्न अझ सहज हुने बताउनुभयो । 

सहकारीहरुको वित्तीय सुशासन कायम गर्ने, पछिल्लो समय गुम्दै गएको सहकारीप्रतिको विश्वास पुनः जागृत गर्ने, लेखा व्यवस्थित राख्न सहयोग गर्ने तथा नयाँ सहकारीलाई लेखा व्यवस्थापनसम्बन्धि आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको सहकारी शाखा प्रमुख रानाले बताउनुभयो । 

तालिममा नेपालगञ्ज उपमहानगरपालिकाका लेखा अधिकृत राजनकुमार केसी, सहकारी शाखा प्रमुख राना, जिल्ला सहकारी संघ बाँकेका प्रबन्ध सञ्चालक उपाध्याय र नेप्स्कुन बाँकेका कार्यालय प्रमुख छत्रप्रसाद धमालाले प्रशिक्षण दिनुभएको थियो । 
–––
 
ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…