Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

रक्त संकलन घुम्ती बस सेवा सुरु

सम्वाददाता

सम्वाददाता

रक्त संकलन घुम्ती बस सेवा सुरु
ADVERTISEMENT

नेपालगन्ज,  १२ माघ : बाँकेमा रक्त संकलन घुम्ती बस सेवा सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आजदेखि रक्त संकलन घुम्ती बस सेवा संचालनमा ल्याएको छ । 

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले लुम्बिनी प्रदेशका लागि रक्त संकलन बस सेवा आज यहाँ समारोहका बीच नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको हो । एनआरएनएका अध्यक्ष डा. बद्री केसीले रेडक्रस बाँके शाखाका सभापति गोवद्र्धनसिंह सम्झनालाई बसको चाँबी (साँचो) हस्तान्तरण गर्नुभएको थियो । 

बस सेवाको नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख कमरुद्दिन राई र डा. केसीले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो । अत्याधुनिक सेवा सुविधासहितको वातानुकुलित बस सेवामा प्राविधिक टिम, रगत संकलन कक्ष, भण्डारण फ्रीज, आराम कक्षको व्यवस्था रहेको छ । 

ग्रामीण इलाकामा पुगेर रगत संकलन गर्न सहजता पुगोस् भन्ने मुख्य उद्देश्यका साथ अहिलेसम्म लुम्बिनीसहित पाँच प्रदेशमा रक्त संकलन घुम्ती बस हस्तान्तरण गरिसकेको एनआरएनएका उपाध्यक्ष रामशरण सिंखडाले बताउनुभयो । 

उहाँका अनुसार अब कर्णाली र गण्डकीमा बस हस्तान्तरण गरिने एनआरएनएले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका कार्यवहाक प्रमुख राईले सरकार पुग्न नसकेको ठाउँमा रेडक्रस पुगेको बताउँदै रक्त संकलन घुम्ती बस सेवाले मानवीय सेवामा अर्को आयाम थपिएको उल्लेख गर्नुभयो । 

उहाँले बस सेवा सुरु भएपछि ग्रामीण क्षेत्रमा पुगेर रगत संकलन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । एनआरएनएका अध्यक्ष डा. केसीले नेपालको विकास र समृद्धिका लागि एनआरएनले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउँदै लगानीमैत्री वातावरण बनाइदिन सरकारसंग आग्रह गर्नुभयो ।कार्यक्रममा गैर आवासीय नेपाली संघका सल्लाहकार टेकबहादुर कार्की, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव नवराज ढुंगाना, रक्तदाता संस्थाका तर्फबाट जनमत अर्धसाप्ताहिकका पूर्णलाल चुके, रेडक्रस बाँकेकी उपसभापति शान्ति श्रेष्ठले बोल्नुभएको थियो । 
–––


 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…