Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा प्रिक्वाटर र क्वाटर फाईनलका ५८ खेल हुदैँ

सम्वाददाता

सम्वाददाता

राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा प्रिक्वाटर र क्वाटर फाईनलका ५८ खेल हुदैँ
ADVERTISEMENT

नेपालगन्ज १२ माघः नेपालगन्जमा जारी प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता अन्र्तगत आज शुक्रबार प्रिक्वाटर र क्वाटर फाईनलका खेलहरु भइरहेका छन् ।नेपालगन्ज रंगशालास्थित कवर्ड हलमा जारी प्रतियोगितामा देशभरका खेलाडीहरु प्रिक्वार्टर र क्वाटर फाईनलका लागि प्रतिस्प्रर्धा गरिरहेकाछन् । विहान ८ बजेदेखि जारी खेलमा ५ विधाका ५८ खेल भइरहेको छ ।

बाँकेको नेपालगन्जमा २५ वर्षपछि राष्ट्रिय स्तरको ब्याटमिन्टन प्रतियोगिता आयोजना भएको हो । यसअघि नेपालगन्जमा २०५५ सालमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता भएको थियो । त्यसयता ब्याटमिन्टनको राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आएको थिएन ।

मुख्य रेफ्रि किरण कारञ्जितका अनुसार प्रतियागिताको पहिलो दिन पहिलो र दोस्रो चरणका ६७ खेल सम्पन्न भएर आज शुक्रबार प्रिक्वाटर र क्वाटर फाइनलका खेलहरु भइरहेकोछ । पाँच वटै विधामा ५८ वटा खेल हुने र उक्त खेलबाट भोली शनिबार हुने सेमिफाईनलका लागि ३२ जना खेलाडी छनोट गरिनेछ ।

मुख्य रेफ्रि कारञ्जितले अगाडी भन्नुभयो–‘सेमि फाइनल र फाईनलका लागि भोली शनिबार १५ वटा खेल हुनेछन् । आज९शुक्रबार०को खेलबाट छनोट भएका ३२ जना खेलाडीले सेमिफाइनलका १० वटा खेल खेल्नेछन् । उक्त खेलबाट छनोट भएका खेलाडी फाईनलका लागि भिड्नेछन् ।’
करिव २५ वर्षपछि नेपालगन्जमा राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता गरिएसंगै बाँकेमा ब्याटमिन्टनको सम्भावना खोजिदँ छ । प्रतियोगिताको हिजो बिहीबार लुम्बिनी प्रदेश खेलकुद् परिषद्का, सदस्य सचिव जयप्रकाश भट्टराईले एक समारोहकाबीच प्रतियोगिताको औपचारिक रूपमा उद्घाटन गर्नुभएको हो ।

बाँके जिल्ला व्याडमिन्टन संघको आयोजना तथा प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो । बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष संजय थापाले प्रतियोगितामा देशभरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियसहित करिव २ सय ५० जना खेलाडी सहभागी भएको बताउनुभयो । तीनदिनसम्म हुने प्रतियोगितामा करिब २२ लाख खर्च हुने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

अध्यक्ष थापाले पछिल्ला वर्षहरुमा खेलाडीहरुको उपस्थिती कम हुदैँ गएपछि नयाँ पुस्ताका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । माघ १३ गतेसम्म चल्ने प्रतियोगितामा पाँच वटा विधा राखिएको छ । जसमा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल ‘बी लेभल’ र ४५ प्लस भेट्रान्स डबल्स रहेको छ ।

प्रतियोगितामा अम्पायर ११ जना, लाइनजज २५ जना, म्याच रेफ्री २ जना र प्राबिधिक निर्देशक १ जना सहभागी भएको पनि थापाले बताउनुभयो ।
प्रतियोगिताका विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कारको ब्यवस्था गरिएको आयोजक बाँके जिल्ला व्याडमिन्टन संघले जनाएको छ । आयोजकका अनुसार पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले १५÷१५ हजार पाउनेछन् ।

महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५÷१५ हजार प्राप्त गर्नेछन् ।  पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५÷१५ हजार पाउँनेछन् । यस्तै पुरुष युगल ९बी लेभल०ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०÷१० हजार पाउनेछन । यसैगरी पुरुष युगल ९भेट्रान्स ४५ प्लस०का विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०÷१० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।  

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…