Pairabi logo

असोज २१, २०८३, बुधबार                    

राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा प्रिक्वाटर र क्वाटर फाईनलका ५८ खेल हुदैँ

सम्वाददाता

सम्वाददाता

राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा प्रिक्वाटर र क्वाटर फाईनलका ५८ खेल हुदैँ
ADVERTISEMENT

नेपालगन्ज १२ माघः नेपालगन्जमा जारी प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता अन्र्तगत आज शुक्रबार प्रिक्वाटर र क्वाटर फाईनलका खेलहरु भइरहेका छन् ।नेपालगन्ज रंगशालास्थित कवर्ड हलमा जारी प्रतियोगितामा देशभरका खेलाडीहरु प्रिक्वार्टर र क्वाटर फाईनलका लागि प्रतिस्प्रर्धा गरिरहेकाछन् । विहान ८ बजेदेखि जारी खेलमा ५ विधाका ५८ खेल भइरहेको छ ।

बाँकेको नेपालगन्जमा २५ वर्षपछि राष्ट्रिय स्तरको ब्याटमिन्टन प्रतियोगिता आयोजना भएको हो । यसअघि नेपालगन्जमा २०५५ सालमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता भएको थियो । त्यसयता ब्याटमिन्टनको राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आएको थिएन ।

मुख्य रेफ्रि किरण कारञ्जितका अनुसार प्रतियागिताको पहिलो दिन पहिलो र दोस्रो चरणका ६७ खेल सम्पन्न भएर आज शुक्रबार प्रिक्वाटर र क्वाटर फाइनलका खेलहरु भइरहेकोछ । पाँच वटै विधामा ५८ वटा खेल हुने र उक्त खेलबाट भोली शनिबार हुने सेमिफाईनलका लागि ३२ जना खेलाडी छनोट गरिनेछ ।

मुख्य रेफ्रि कारञ्जितले अगाडी भन्नुभयो–‘सेमि फाइनल र फाईनलका लागि भोली शनिबार १५ वटा खेल हुनेछन् । आज९शुक्रबार०को खेलबाट छनोट भएका ३२ जना खेलाडीले सेमिफाइनलका १० वटा खेल खेल्नेछन् । उक्त खेलबाट छनोट भएका खेलाडी फाईनलका लागि भिड्नेछन् ।’
करिव २५ वर्षपछि नेपालगन्जमा राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता गरिएसंगै बाँकेमा ब्याटमिन्टनको सम्भावना खोजिदँ छ । प्रतियोगिताको हिजो बिहीबार लुम्बिनी प्रदेश खेलकुद् परिषद्का, सदस्य सचिव जयप्रकाश भट्टराईले एक समारोहकाबीच प्रतियोगिताको औपचारिक रूपमा उद्घाटन गर्नुभएको हो ।

बाँके जिल्ला व्याडमिन्टन संघको आयोजना तथा प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो । बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष संजय थापाले प्रतियोगितामा देशभरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियसहित करिव २ सय ५० जना खेलाडी सहभागी भएको बताउनुभयो । तीनदिनसम्म हुने प्रतियोगितामा करिब २२ लाख खर्च हुने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

अध्यक्ष थापाले पछिल्ला वर्षहरुमा खेलाडीहरुको उपस्थिती कम हुदैँ गएपछि नयाँ पुस्ताका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । माघ १३ गतेसम्म चल्ने प्रतियोगितामा पाँच वटा विधा राखिएको छ । जसमा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल ‘बी लेभल’ र ४५ प्लस भेट्रान्स डबल्स रहेको छ ।

प्रतियोगितामा अम्पायर ११ जना, लाइनजज २५ जना, म्याच रेफ्री २ जना र प्राबिधिक निर्देशक १ जना सहभागी भएको पनि थापाले बताउनुभयो ।
प्रतियोगिताका विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कारको ब्यवस्था गरिएको आयोजक बाँके जिल्ला व्याडमिन्टन संघले जनाएको छ । आयोजकका अनुसार पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले १५÷१५ हजार पाउनेछन् ।

महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५÷१५ हजार प्राप्त गर्नेछन् ।  पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५÷१५ हजार पाउँनेछन् । यस्तै पुरुष युगल ९बी लेभल०ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०÷१० हजार पाउनेछन । यसैगरी पुरुष युगल ९भेट्रान्स ४५ प्लस०का विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०÷१० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।  

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…