Pairabi logo

पुस १३, २०८२, आइतबार                    

खजुरा मेयर रनिङ शिल्डमा ज्ञानोदय, योगिनी र जनता  प्रथम

सम्वाददाता

सम्वाददाता

खजुरा मेयर रनिङ शिल्डमा ज्ञानोदय, योगिनी र जनता  प्रथम
ADVERTISEMENT

नेपालगन्ज, १० माघ । ज्ञानोदय नमुना मावि, योगिनी मावि र जनता नमुना माविले बाँकेको खजुरामा भएको पालिका स्तरीय छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन् । 

प्रतियोगिताको माध्यमिक तहमा ज्ञानोदय मावि ९ स्वर्ण पदक, ८ रजत र ४ कास्य सहित प्रथम हुँदा जनता मावि दोस्रो र जनसेवा मावि पुरैना गिजरा तेस्रो भएको छ । जनताले ६ स्वर्ण पदक, ९ रजत र ९ कास्य जित्यो । जनसेवाले ६ स्वर्ण, १ रजत र ६ कास्य हासिल गरेको थियो । 

माघ ७ देखि सुरु भएको प्रतियोगिताको निम्न माध्यमिक तहमा प्रथम भएको योगिनी माविले ३ स्वर्ण, दोस्रो भएको जनता मावि सन्तकुटीले २ स्वर्ण ३ रजत र १ कास्य तथा तेस्रो हुने जनता मावि बठवाले २ स्वर्ण पदक जितेको छैटौं मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को संयोजक माधव शर्माले बताउनु भयो ।

खजुरा गाउँपालिका वडा नम्बर २ स्थित शुक्र भलिबल रंगशालामा भएको प्रतियोगिता अन्तर्गत प्रावि तहमा प्रथम स्थान हासिल गरेको जनता मावि बठवाले २ स्वर्ण १ रजत, नेराआवि धौलागिरीले २ स्वर्ण १ कास्य र तेस्रो हुने जनसेवा मावि पुरैनाले १ स्वर्ण र १ कास्य जित्यो । प्रतियोगितामा मावि तहमा अनुशासित टिमको रुपमा जनता मावि सन्तकुटी, निमावि तहमा नेराआवि धौलागिरी र प्रावि तहमा लिटल हार्बर एकेडेमी हुन सफल भएको आयोजक खजुरा गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष छवि विष्टले बताउनुभयो ।

प्रतियोगिताको छात्र भलिबलमा आदर्श मावि डि गाउँ प्रथम, गुराँस चाइल्डहुड एकेडेमी दोस्रो र जनता मावि सन्तकुटी तेस्रो भए । छात्रा तर्फ जनता मावि सन्तकुटी पहिलो, ज्ञानोदय मावि खजुरा दोस्रो र आदर्श मावि डि गाउँ तेस्रो भए । एथ्लेटिक्स छात्र तर्फ ४ स्वर्ण, ३ रजत र २ कास्य सहित ज्ञानोदय मावि पहिलो, ३ स्वर्ण, २ रजत र ३ कास्य सहित आदर्श दोस्रो र २ स्वर्ण ३ रजत र ४ कास्य सहित जनता मावि सन्तकुटी तेस्रो भए ।

छात्रा एथ्लेटिक्समा ६ स्वर्ण, ६ कास्य सहित जनसेवा मावि पुरैना पहिलो, ४ स्वर्ण ४ रजत र २ कास्य सहित ज्ञानोदय दोस्रो र ३ स्वर्ण ६ रजत र २ कास्य सहित जनता मावि सन्तकुटी तेस्रो हुन सफल भएको छ । छात्र तर्फको कबड्डीमा जनता मावि बठवा पहिलो, नेरामावि गुदहाना दोस्रो, आदर्श मावि र जनता मावि तेस्रो भए । 

छात्रा कबड्डीमा ज्ञानोदय मावि पहिलो, जनसेवा मावि दोस्रो, नेरामावि मनकामना र जनता मावि तेस्रो भए । प्रतियोगिता अन्तर्गत एथ्लेटिक्समा जनता मावि सन्तकुटीका राहुल धौलाकोटी र ज्ञानोदयकी सरस्वती माहुत सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरु दुबैले समान २ स्वर्ण पदक जितेका थिए । 
कबड्डीमा जनता मावि बठवाका मो. मसउद खाँन र ज्ञानोदय मावि खजुराकी सुस्मा वादी सर्वोत्कृष्ट खेलाडी भए । भलिबलमा आदर्श माविका विकास विक र जनता मावि सन्तकुटीकी पुर्णिमा खत्री सर्वोत्कृष्ट भए । प्रतियोगितामा खजुरा गाउँपालिका भित्र रहेका निजी तथा संस्थापक गरी ७९ विद्यालयका १ हजार ३ सय ४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

खजुरा गाउँपालिका खेलकुद विकास समिति बाँकेको आयोजना, जनता नमुना माध्यमिक विद्यालयको संचालन तथा व्यवस्थापनमा भैरहेको प्रतियोगितामा माध्यमिक तह, प्राथमिक तह र आधारभुत तह गरी तिन तहमा ४६ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । १५ लाख ५३ हजार ६ सय अनुमानित बजेट रहेको प्रतियोगिताको माध्यमिक र प्राथमिक तहमा प्रथम हुने विद्यालयले ३३ हजार, दोस्रो हुनेले २० हजार र तेस्रोले १४ हजार रुपैयाँ पुरस्कार पाउनेछ । भलिबल, कबड्डी र एथ्लेटिक्स तर्फ उत्कृष्ट छात्रा–छात्राले जनही ५ हजार १ सय रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताका विजयी खेलाडीलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुुफान र उपाध्यक्ष मन्जु मल्लले पुरस्कत गर्नु भएको थियो ।
 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…