Pairabi logo

माघ ०९, २०८२, बिहीबार                    

राष्ट्रिय शक्ति निर्माण गर्ने : महासचिव पोखरेल

सम्वाददाता

सम्वाददाता

राष्ट्रिय शक्ति निर्माण गर्ने : महासचिव पोखरेल
ADVERTISEMENT

नेपालगन्ज, १ माघ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी कुनै समीकरणको जोडघटाउमा नलागी मुलुकको सुरक्षित भविष्यका लागि बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा लागेको बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल बाँकेद्धारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एमाले आफ्ना अभियानलाई लिएर जनतामाझ गइरहेको भन्दै जनसरोकारका प्रश्न अगाडी सारेर सरकारमाथि दबाब बढाउन एमाले जनतामाझ गइरहेको उल्लेख गर्नुभयो । 

लुम्विनी प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहनुभएको महासचिव पोखरेलले सरकार राष्ट्रिय हितका प्रश्नमा विदेशी स्वार्थका सामु लम्पसारबादी भएको टिप्पणी गर्दै जातीय तथा धार्मिक अतिवाद प्रर्वद्धनमा सरकारले काम गरिरहेको दाबी गर्नुभयो । 

नेता पोखरेलले मङ्सिरमा सम्पन्न पार्टीको “समृद्धिका लागि संकल्पयात्रा” बारे प्रष्ट्याउँदै उहाँले मध्य पहाडलाई नेपालको विकास र समृद्धिको आधारशिलाको रुपमा विकास गर्ने अवधारणा तयार गर्ने योजनामा रहेको बताउनुभयो । 

विकास मध्य पहाडतर्फ जाने तर बसाइँ तराईतिर सर्ने समस्याको समाधान खोज्ने प्रयास स्वरुप नेकपा एमालेले मध्यपहाडी लोकमार्गलाई केन्द्रविन्दु बनाएर समृद्धिका लागि संकल्प यात्रा सम्पन्न गरेको उनको भनाई छ । उहाँले नेकपा एमालेले भविष्यमा नेपालको सीमावर्ती क्षेत्र हुलाकी सडकलाई केन्द्रविन्दु बनाएर यस्तै खाले संकल्प यात्रा गर्ने तयारी गरेको बताउनुभयो ।

“नेपालको सन्दर्भमा भन्ने हो भने हुलाकी सडकसंग जोडिएको क्षेत्र जो पछाडी परेको छ र मध्यपहाडको क्षेत्र जो आर्थिक क्रियाकलाप र रोजगारीको अभावमा बसाइँ सरिरहेको छ, उहाँले भन्न्ुभयो, “दुई वटा क्षेत्रलाई केन्द्रविन्दु बनाएर मुलुकको विकास र समृद्धिको योजना अगाडि सार्ने हो भने जनतामा बढ्दै गइरहेको निराशालाई फेरि आशामा बदल्न सकिन्छ भन्ने हाम्रो विश्वास हो ।” 
 

ताजा

सबै

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

यो पनि

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…