Pairabi logo

माघ १२, २०८२, आइतबार                    

विद्यार्थीलाई सहकारी पढाउँदै नेपालगञ्ज उपमहानगरपालिका

सम्वाददाता

सम्वाददाता

विद्यार्थीलाई सहकारी पढाउँदै नेपालगञ्ज उपमहानगरपालिका
ADVERTISEMENT

नेपालगञ्ज, पुस २६ । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । गत बर्षदेखि सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

सहकारीका विषयमा विद्यालयस्तरका बालबालिकालाई जानकारी गराउँदै सहकारी अभियानलाई प्रभावकारी बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको सहकारी शाखा प्रमुख प्रविन रानाले बताउनुभयो । 

गत बर्ष चार वटा विद्यालयमा पुगेर माध्यमिक तहका विद्यार्थीलाई सहकारीबारे सिकाएको सहकारी शाखाले यसपटक नगरका १६ वटा सामुदायिक विद्यालयका ६० जना विद्यार्थीलाई एकै ठाउँमा राखेर सहकारी अवधारणाबारे बोध गराएको रानाले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयका कक्षा ९(१२ मा अध्ययनरत विद्यार्थीहरुलाई सहकारीको अवधारणाबारे बोध गराउने उद्देश्यले विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । 

कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भुपेन्द्र अधिकारी, नेप्स्कुन बाँकेका कार्यालय प्रमुख छत्र धमला र नेपालगञ्ज उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख रानाले विद्यार्थीलाई प्रशिक्षित गर्नुभएको थियो । समाजमा सहकारी अभियानबारे बढ्दो अविश्वास र नकारात्मक धारणालाई चिर्दै समाजमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यले विद्यार्थीलाई सहकारी धारणाबारे बोध गराउन खोजेको रानाले बताउनुभयो । 

समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले सहकारीको महत्वबोध गराउन कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

सरकारले आर्थिक राष्ट्रको आर्थिक विकासका तीन खम्बा मध्येको एक खम्बाका रुपमा सहकारीलाई स्वीकारिसकेको बताउँदै उहाँले सहकारी अभियानलाई भरपर्दो र विश्वासिलो बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । नीति नियम र कानुन बमोजिम सहकारी चल्नुपर्नेमा जोड दिँदै पुनले केही स्वार्थ समूहका कारण सहकारीमाथि आशंका देखिएको बताउनुभयो । 

समापन कार्यक्रममा कार्यपालिका सदस्य संगिता रेग्मी, सहकारी शाखाकी तुलसा पन्थी आचार्य लगायत उपस्थित हुनुहुन्थ्यो । त्यस क्रममा सहभागीका तर्फबाट शेरबहादुर चलाउने, झक्क भण्डारीले सहकारीबारे आफूहरुले धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभयो । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…