Pairabi logo

माघ ०१, २०८२, बुधबार                    

आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सुरु

सम्वाददाता

सम्वाददाता

आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सुरु
ADVERTISEMENT

नेपालगन्ज, २४ पुस । लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीको आठौं संस्करण नेपालगन्जमा सुरु भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा सुरु भएको प्रदर्शनीमा महिला उद्यमीहरुको उत्पादनलाई बिक्री वितरणका लागि राखिएको छ ।

मंगलबार एक कार्यक्रमका बिच नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्ट र महिला उद्यमी महासंघ नेपाल अध्यक्ष शोभा ज्ञवालीले प्रदर्शनीको उद्घाटन गर्नुभयो । 

उद्घाटन कार्यक्रममा महिला उद्यमी महासंघ नेपालको तृतीय उपाध्यक्ष बसन्ती प्रधान, केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, कर्णाली प्रदेश संयोजक शिला नेपाली लगायतको उपस्थिती रहेको थियो । 

उद्घाटन समारोहमा आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले महिला उद्यमीको क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाउनुहुने अध्यक्ष शोभा ज्ञवाली, तृतिय उपाध्यक्ष बासन्ती प्रधान, केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, कर्णाली प्रदेश संयोजक शिला नेपाली, महिला उद्यमी संघका विभिन्न जिल्ला अध्यक्षलाई सम्मान गरेको छ । 

महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष आयोजना गर्दै आएको यस प्रदेशले हरेक वर्ष नयाँ उचाई हासिल गर्दै गएको छ । यस वर्ष पनि महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्दै महिलाहरुमा रहेको सीप, क्षमता र शंक्तिलाई देशको आर्थिक विकासमा रुपान्तरण गर्ने उद्देश्य लिएर प्रदर्शनी आयोजना गरेको आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतले बताउनुभयो । 

पुस २४ देखि २८ गते सम्म नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वारी मन्दिर परिसरमा प्रदर्शनी भैरहेको छ ।
यस पटक हाम्रो प्रदर्शनीमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका जिल्लाबाट महिला उद्यमीहरुको उत्पादनहरु प्रदर्शनमा आएका छन् । प्रदर्शनमा विशेष गरी स्थानीय स्तरमा महिला उद्यमले संचालन गरेको उद्योगबाट उत्पादिन कृषि उत्पादन, कपडाहरु, खाद्यन्न तथा परिकार, हस्तकलाका सामाग्री, काठबाट बनेका वस्तुहरु, पत्थरबाट गर–गहना, लत्ताकपडा, कमपोष्ट मल, होमस्ट प्रवद्र्धन स्टल लगायतका सामाग्रीहरुका स्टल प्रदर्शनीमा रहनेछन् । 

यस पटक ६५ वटा भन्दा बढी स्टल प्रदर्शनी स्थलमा रहेका छन् । प्रदर्शनीका दौरान सफल महिला उद्यमीहरुको सफलताको कथा सुनाउने कार्यक्रम रहेको छ । पुष २६ गते महिला उद्यमीहरुको समस्या र चुनौति विषयमा सरोकारवाला निकायहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम रहनेछ ।

प्रदर्शनमा आएका स्टलहरु मध्ये बाँके जिल्लाबाट १ र बाँके जिल्ला बाहिरबाट आएका मध्येबाट १ जना स्टललाई पुरस्कृत गर्ने आयोजकले तयारी गरेको छ । 

ताजा

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

लोकप्रिय

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…