Pairabi logo

असोज २१, २०८३, बुधबार                    

जिल्ला स्तरीय मेयर कपको उप–समिति गठन

सम्वाददाता

सम्वाददाता

जिल्ला स्तरीय मेयर कपको उप–समिति गठन
ADVERTISEMENT

नेपालगन्ज, २२ पुस । जिल्ला स्तरीय मेयर कप छात्र÷छात्रा फुटबल प्रतियोगिता–२०८० को तयारी तिव्र गतिमा अगाडी बढेको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगितालाई सफलता पुर्वक सम्पन्न गर्नको लागि आइतबार विभिन्न उप–समिति गठन गरिएको छ ।  

प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन उप–समितिको भुमिका महत्वपुर्ण रहने बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक निर्मल चन्दले बताउनुभयो । 

नेपालगन्जमा आगामी माघ ६ देखि १४ गते सम्म हुने प्रतियोगिताको लागि गठन गरिएको उप–समिति अन्तर्गत सचिवालय संयोजकमा कमल खत्री, सदस्यमा घनश्याम थापा, प्राविधिक संयोजकमा प्रशिक्षक सानु तामाङ, सदस्यमा रबिन्द्र कुमार श्रेष्ठ, दिपु राना, प्रचार प्रसार संयोजकमा अनिल केसी, सदस्यमा जी. थापा, कुमार श्रेष्ठ, सौरभ रानालाई जिम्मेवारी दिइएको छ । 

यसैगरी पालिकास्तरमा समन्वय गर्नको लागि खजुरा गाउँपालिका संयोजकमा टोपेन्द्र खत्री संयोजक, सदस्यमा हरि प्रकाश विक, छविलाल विष्ट र भागवीर सुनार रहेका छन् । 

नेपालगन्ज उप–महानगरपालिका र जानकी गाउँपालिका संयोजकमा भीम जंग शाह, सदस्यमा भद्र सिंह थापा, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका संयोजकमा युवराज शाही, सदस्यहरुमा भोज बहादुर शाही र सिद्धार्थ खत्री रहनुभएको छ ।डुडुवा, राप्तीसोनारी र नरैनापुर समन्वय उप–समितिमा पल सिंह खत्री संयोजक, सदस्यमा शंकर परियार, खड्क खत्री, कमल केसी रहनुभएको छ । 

प्रतियोगिताको समारोह उप–समिति संयोजकमा ओम प्रकाश केसी, सदस्यमा बासु भण्डारी, नागिन श्रेष्ठ रहेका छन् । अनुशासन उप–समिति संयोजकमा गोवद्र्धन सिंह सम्झना, सदस्यमा गोबिन्द्र प्रसाद श्रेष्ठ, निजामुद्दिन सिद्धिकीलाई जिम्मेवारी दिइएको छ ।

स्वास्थ्य उप–समिति संयोजकमा दिपेन्द्र घले, सदस्यहरुमा तरिन्द्र बहादुर थापा, इन्द्र बहादुर राना रहेका छन् । प्रतियोगिता माघ ६ देखि १४ गते सम्म नेपालगन्जमा हुनेछ । बाँके जिल्लामा रहेका ८ वटा स्थानीय तहमा रहेका विद्यालयहरुको छात्र÷छात्रा टिमहरुले सहभागिता जनाउने प्रतियोगिता आयोजना गर्न नेपालगन्ज उप–महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । 

प्रतियोगितामा करिब ४० विद्यालयहरुको सहभागिता रहने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दले बताउनुभयो । 

बाँके जिल्ला फुटलल संघले विगतका वर्षमा मेयर कप जिल्ला स्तरीय छात्र–छात्रा प्रतियोगिता आयोजना गदै आएको थियो । कोभिड–१९ का कारण दुई वर्ष प्रतियोगिता हुन सकेको थिएन् । माघको ६ गतेबाट सुरु हुने प्रतियोगिताले विद्यालय स्तरबाट फुटबल खेलाडी उत्पादनमा सहयोग गर्ने अखिल नेपाल फुटलब संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनुभयो । 

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल टे«निङ सेन्टरमा प्रतियोगिताका खेलहरु हुनेछ । प्रतियोगिताको विजेता टिमले २१ हजार, उपविजेताले ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने संघले जनाएको छ । 
 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…