Pairabi logo

पुस १३, २०८२, आइतबार                    

बाँकेका एक सय ६९ अनाथ बालबालिकालाई शैक्षिक सहयोग

सम्वाददाता

सम्वाददाता

बाँकेका एक सय ६९ अनाथ बालबालिकालाई शैक्षिक सहयोग
ADVERTISEMENT

नेपालगन्ज, पुस १८ । कतार च्यारिटी नेपालसँगको साझेदारी र बाँके युनेस्को क्लब तथा हिल नेपालसँगको सहकार्यमा यहाँ सञ्चालित सामाजिक सुरक्षा परियोजना अन्तर्गत अनाथ बालबालिकालाई शैक्षिक सहयोग जारी रहेको छ । 

बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले दिनु भएको जानकारी अनुसार सामाजिक सुरक्षा परियोजना अन्तर्गत गरिबी र आर्थिक विपन्नताका कारण शिक्षाको पहुँचबाट बन्चित अनाथ बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरिंदै आएको बताउनुभयो । 

उहाँले यो कार्यक्रम प्रायोजन कार्यक्रम रहेको जनाउँदै गत पाँच वर्षबाट सञ्चालनमा रहेको र हाल सो परियोजनाबाट बाँकेका विभिन्न विद्यिालयमा अध्ययनरत १६९ अनाथ बालबालिकाले सो प्रायोजन शैक्षिक सहयोग पाईरहेको बताउनुभयो । प्रायोजन सहयोग पाउनेहरुमा १०० जना बालक र ६९ जना बालिका रहेको र उनिहरु सामुदायीक, निजि र मदरसा लगायतका विभिन्न विद्यालयमा अध्ययन गरिरहेको अध्यक्ष तुलाधरले बताउनुभयो । 

ती अनाथ बालबालिकाको शिक्षामा निरन्तरता र अन्य आवश्यक आधारभूत आवश्यकताहरू पुरा गराउन उनिहरुलाई मासिक ६ हजार रुपियाँका दरले सहयोग गर्दै आएको बाँके युनेस्को क्लबले जनाएको छ । 

सो रकमबाट ती बालबालिकाले विद्यालयको पढाई शुल्क तिर्नुका साथै अन्य शैक्षिक सामाग्री खरिद लगायत अन्य आवश्यकताहरु पुरा गर्दै आएको बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत गुलाम गौसले बताउनुभयो । 

उहाँले सो परियोजना अन्तर्गत सहयोग पाउने बालबालिकाको पढाइमा भएको सुधार, समस्या र चुनौतीको मूल्याङ्कन गरेर प्रगति प्रतिवेदनका बारेमा जानकारी लिई सुधारका लागि सुझाव दिन विद्यालयका शिक्षक, सामाजिक परिचालक र बालबालिकाका आफन्तसंग बारम्बार भेटघाट र छलफल गर्ने कार्य भइरहेको बताउनुभयो । 

यो सहयोगले अनाथ बालबालिकाको पढाईमा ठुलो मद्दत मिलिरहेको ती बालबालिकाका आफन्तले जनाएका छन् ।

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …