Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेका एक सय ६९ अनाथ बालबालिकालाई शैक्षिक सहयोग

सम्वाददाता

सम्वाददाता

बाँकेका एक सय ६९ अनाथ बालबालिकालाई शैक्षिक सहयोग
ADVERTISEMENT

नेपालगन्ज, पुस १८ । कतार च्यारिटी नेपालसँगको साझेदारी र बाँके युनेस्को क्लब तथा हिल नेपालसँगको सहकार्यमा यहाँ सञ्चालित सामाजिक सुरक्षा परियोजना अन्तर्गत अनाथ बालबालिकालाई शैक्षिक सहयोग जारी रहेको छ । 

बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले दिनु भएको जानकारी अनुसार सामाजिक सुरक्षा परियोजना अन्तर्गत गरिबी र आर्थिक विपन्नताका कारण शिक्षाको पहुँचबाट बन्चित अनाथ बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरिंदै आएको बताउनुभयो । 

उहाँले यो कार्यक्रम प्रायोजन कार्यक्रम रहेको जनाउँदै गत पाँच वर्षबाट सञ्चालनमा रहेको र हाल सो परियोजनाबाट बाँकेका विभिन्न विद्यिालयमा अध्ययनरत १६९ अनाथ बालबालिकाले सो प्रायोजन शैक्षिक सहयोग पाईरहेको बताउनुभयो । प्रायोजन सहयोग पाउनेहरुमा १०० जना बालक र ६९ जना बालिका रहेको र उनिहरु सामुदायीक, निजि र मदरसा लगायतका विभिन्न विद्यालयमा अध्ययन गरिरहेको अध्यक्ष तुलाधरले बताउनुभयो । 

ती अनाथ बालबालिकाको शिक्षामा निरन्तरता र अन्य आवश्यक आधारभूत आवश्यकताहरू पुरा गराउन उनिहरुलाई मासिक ६ हजार रुपियाँका दरले सहयोग गर्दै आएको बाँके युनेस्को क्लबले जनाएको छ । 

सो रकमबाट ती बालबालिकाले विद्यालयको पढाई शुल्क तिर्नुका साथै अन्य शैक्षिक सामाग्री खरिद लगायत अन्य आवश्यकताहरु पुरा गर्दै आएको बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत गुलाम गौसले बताउनुभयो । 

उहाँले सो परियोजना अन्तर्गत सहयोग पाउने बालबालिकाको पढाइमा भएको सुधार, समस्या र चुनौतीको मूल्याङ्कन गरेर प्रगति प्रतिवेदनका बारेमा जानकारी लिई सुधारका लागि सुझाव दिन विद्यालयका शिक्षक, सामाजिक परिचालक र बालबालिकाका आफन्तसंग बारम्बार भेटघाट र छलफल गर्ने कार्य भइरहेको बताउनुभयो । 

यो सहयोगले अनाथ बालबालिकाको पढाईमा ठुलो मद्दत मिलिरहेको ती बालबालिकाका आफन्तले जनाएका छन् ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…