Pairabi logo

माघ ०८, २०८२, बुधबार                    

कोहलपुरमा सामुदायिक जीन बैंक

डेक्स

डेक्स

कोहलपुरमा सामुदायिक जीन बैंक
ADVERTISEMENT

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिकामा ‘सामुदायिक जीन बैंक’ स्थापना गरिएको छ । गोर्खा युनाइटेड पब्लिक स्कुलमा कोहलपुरमा स्थापित सो बैँकको कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्य र कृषि अनुसन्धान परिषद ९नार्क०का वैज्ञानिक डा मुकुन्द भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरे ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई किटको विषयमा जानकारी दिने उद्देश्यले स्थापना भएको सो जीन बैंकमा ३५ खोपे तथा रैथाने घार, मुढे घार निर्माण गरिएको छ । घार विभिन्न प्रजातिका मौरी र भमराको बासस्थान हुनेछ ।

सो अवसरमा नगर प्रमुख आचार्यले संस्कृति, सम्पदा र प्रकृतिमाथि मानवीय आक्रमण बढेको उल्लेख गर्दै यसको संरक्षणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले भने, ‘यस्ता कामका लागि साझा प्रयास आवश्यक हुन्छ ।’

नार्कका वैज्ञानिक डा भट्टराईले बीउ, किट, डिएनएलगायत पाँच किसिमका जीन बैंकको स्थापनामा जोड दिँदै जीन बैंकको अवधारणाको विकास रैथाने किट र बालीको संरक्षणका लागि भएको बताए । उनले रैथाने बालीको संरक्षण र बजारीकरणका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने उल्लेख गर्दै जीन बैंकको विषयलाई विद्यालयको पाठ्यक्रममा राख्न सुझाव दिए।


सामुदायिक जीन बैंक नेपाल, सञ्जालका संयोजक परमुल बस्नेतले जीन बैंक संरक्षण नहुँदा मानवीय जीवन सङ्कटमा पर्ने उल्लेख गर्दै किट, पशु र अन्नबालीको संरक्षण नहुँदा दीगो विकास हुन नसक्ने बताए ।

‘पहिले रैथाने घर थिए, धोद्रा रुख हुन्थे, परालका टौवा हुन्थे र भमराको त्यहाँ बासस्थान हुन्थ्यो तर अहिले सबै बासस्थान नासिएका छन् । त्यसैले पनि यसको संरक्षण जरुरी छ’ उनले भने। यसबाहेक बैजानाथ गाउँपालिकाको गाभर भ्यालीमा पनि यस अघि सामुदायिक जीन बैंक स्थापना भएको छ ।

संयोजक बस्नेतले सो जीन बैंकलाई बर्दिया, कैलाली, सुर्खेतलगायत जिल्लामा विस्तार गर्ने लक्ष्य भएको बताए। विसं २०७८ मा पहिलो पटक सरकारले बाँकेमा ‘पुरमल घरायसी किट जिंक बैंक’ भनेर नामाकरण गरेर त्यसलाई घरमा नै स्थापना गरेर काम सुरु गरेको बताइएको छ ।

ताजा

सबै

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…