Pairabi logo

माघ ०८, २०८२, बुधबार                    

नेपालगञ्जका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड बढ्दै

डेक्स

डेक्स

नेपालगञ्जका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड बढ्दै
ADVERTISEMENT

नेपालगन्ज । शेयर बजार (बुल) उकालो लाग्ने सम्भावना देखिएपछि मोफसलमा रहेका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड बढ्न थालेको छ । ब्रोकर खाता र डिम्याट खाता खोल्न, शेयर कारोबार गर्न र शेयरका विभिन्न विषयमा जानकारी लिन उनीहरूको भीड बढेको इम्पेरियल सेक्युरिटिज कम्पनी लि ९४५० नं ब्रोकर कार्यालयले जनाएको छ । विभिन्न कलेजमा अध्ययन गर्ने बाँके जिल्ला व्यवस्थापन सङ्कायका विद्यार्थी, गृहिणी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, व्यवसायी तथा व्यापारीको शेयर बजारप्रति आकर्षण बढ्न थालेको हो ।

“अहिले पछिल्लो समय भीडभाड बढ्दै जान थालेको छ”, उक्त कार्यालयका प्रमुख उदय अधिकारीले भन्नुभयो । उहाँले शेयर बजारमा लगानी गर्न कतिपय लगानीकर्ताले शेयर कर्जा लिएर लगानी गरेको उल्लेख गर्दै विगतमा रु एक करोड ४५ लाख कारोबार भएको ब्रोकर कार्यालयमा रु पाँच करोडको हाराहारीमा शेयर कारोबार भइसकेको बताउनुभयो । बुलिस टाइममा प्राथमिक बजार ९आइपिओ० निष्काशन हुँदा त्यसले बजारमा सकारात्मक प्रभाव पार्ने तर्क गर्दै प्रमुख अधिकारीले विगतमा आइपिओले बजारलाई प्रभावित गरेकोे टीप्पणी गर्नुभयो ।

अहिले पनि प्राथमिक बजार ९आइपिओ० मा लगानी गर्न सिकेर दोस्रो ९सेकेण्डरी० बजारमा पनि नयाँ लगानीकर्ता प्रवेश गर्न थालेका छन् । यस क्षेत्रको सो ब्रोकर कार्यालयमा शेयर बजारमा लगानी गर्न बाँकेबाहेक, बर्दिया, सुर्खेत, जाजरकोट, रोल्पा, रुुकुम, हुम्ला, जुम्ला, सल्यानलगायत जिल्लाबाट लगानीकर्ता नेपालगञ्ज आउने गरेका छन् । नेपालगञ्जका पुराना लगानीकर्ता विकास भट्टराईले बजार बुलिस हुने सम्भावना बलियो भएकाले ब्रोकर कार्यालयमा चहलपहल बढन थालेको उल्लेख गर्दै लगानीकर्तालाई बलियो कम्पनीमा लगानी गर्न आग्रह गर्नुभयो ।

उहाँले शेयर बजारमा ट्रेड गर्ने ट्रेडरले प्राविधिक पक्ष हेरेर मात्रै छोटो अवधिका लागि लगानी गर्ने र त्यसबाट नाफा लिने जानकारी दिँदै बजारका लागि सबै माहोल सकारात्मक बनेको बताउनुभयो । भरोसा म्यानेजमेन्ट कन्सल्टेसीका प्रमोटरसमेत रहनुभएका भट्टराईले शेयर बजार जोखिमको क्षेत्र भएकाले स्वअध्ययन गरेर मात्रै बलियो कम्पनीमा लगानी गर्नुपर्ने जानकारी दिनुभयो । लगानीकर्ता पारस तिमिल्सिनाले बजारमा अहिले पनि पर्ख र हेरको नीति भएको औँल्याउँदै सानो आकारमा लगानी बढाइएको बताउनुभयो ।

करिब ३५ हजार शेयर कारोबार गर्ने लगानीकर्ता भएको एम्पेरियलमा २७ हजार सक्रिय शेयर कारोबार भएको बताइएको छ । यसबाहेक कालिका सेक्युरिटिज प्रालिले पनि नेपालगञ्जमा शेयर कारोबार गर्दै आएको छ ।

ताजा

सबै

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…