Pairabi logo

पुस १३, २०८२, आइतबार                    

मंगल र आइडियल विजयी

डेक्स

डेक्स

मंगल र आइडियल विजयी
ADVERTISEMENT

नेपालगन्ज, १४ पुस । मंगल प्रसाद उच्च मावि र आइडियल सेकेन्डरी स्कुलले आज प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । 

नेपालगन्जस्थित मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा मंगल प्रसादले फुल्टेक्रा माविलाई १ सय ५३ रनले हरायो । अर्को खेलमा आडियलले मोर्डन पब्लिक स्कुललाई १ विकेटले हराएको छ । 

शनिबार आफनो घरेलु मैदानमा सुरुआतमा ब्याटिङ गरेको मंगल प्रसादले २० ओभरमा ६ विकेटको नोक्सानीमा २ सय ९ रन बनाएको थियो । टोलीका लागि सुवास केवटले ४२ रन, साहिल शेखले ४१ रन र फरहान शेखले २८ रन बनाए । फुल्टेक्राका वलर बामदेव थापा, महेन्द्र हमाल र युवराज शाहीले १–१ विकेट लिएका थिए । 

२ सय १० रनको विजयी लक्ष्य पाएको फुल्टेक्रा ११.४ ओभरमा ५७ रन बनाएर अलआउट भएको थियो । फुल्टेक्राका कुनै पनि खेलाडीले दोहोरो अंक जोडन सकेनन । खेलमा म्यान अफ द म्याच घोषित भएका मंगल प्रसादका वलर अजय घसियाराले सर्वाधिक ४ विकेट लिए । उनले ३.४ ओभरमा ३१ रनमात्र खर्चेका थिए । अजाम खान र अबु सहानी शेखले २–२ विकेट लिए । 

अर्को खेलमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको मोर्डनले १९.१ ओभरमा १ सय ८ रन बनाएर अलआउट भएको थियो । मोर्डनका यतिन शर्माले ४० रन र हिमाल न्यौपानेले १२ रन बनाए । आइडियलका वलर समिर अन्सारीले सर्वाधिक विकेट लिने क्रममा ६ विकेट लिए । उनले ४ ओभरमा १२ रनमात्र खर्चेर प्रभावशाली वलिङ गरेका थिए । आइडियलका मुबारक जोलाहले २ विकेट र आसिफ हुसेनले १ विकेट लिएका थिए । 

जवाफमा आइडियलले १६.१ ओभरमा ९ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । टोलीका लागि अनुराग बैश्यले ३५ रन र अर्सरत हुसेनले १७ रनको योगदान गरेका थिए । मोर्डनका वलर यतिन शर्मा र बाल सुन्दर भण्डारीले ३–३ विकेट लिए । खेलमा आइडियलका समिर अन्सारी म्यान अफ द म्याच घोषित भए । उनलाई जानकी गाउँपालिका अध्यक्ष छब्बन खाले पुरस्कृत गरेका थिए । 

ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १६ टिमले सहभागिता जनाएका छन् । ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् । 

यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् । 

प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछ । 
 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…