Pairabi logo

असोज २१, २०८३, बुधबार                    

मंगल र आइडियल विजयी

डेक्स

डेक्स

मंगल र आइडियल विजयी
ADVERTISEMENT

नेपालगन्ज, १४ पुस । मंगल प्रसाद उच्च मावि र आइडियल सेकेन्डरी स्कुलले आज प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । 

नेपालगन्जस्थित मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा मंगल प्रसादले फुल्टेक्रा माविलाई १ सय ५३ रनले हरायो । अर्को खेलमा आडियलले मोर्डन पब्लिक स्कुललाई १ विकेटले हराएको छ । 

शनिबार आफनो घरेलु मैदानमा सुरुआतमा ब्याटिङ गरेको मंगल प्रसादले २० ओभरमा ६ विकेटको नोक्सानीमा २ सय ९ रन बनाएको थियो । टोलीका लागि सुवास केवटले ४२ रन, साहिल शेखले ४१ रन र फरहान शेखले २८ रन बनाए । फुल्टेक्राका वलर बामदेव थापा, महेन्द्र हमाल र युवराज शाहीले १–१ विकेट लिएका थिए । 

२ सय १० रनको विजयी लक्ष्य पाएको फुल्टेक्रा ११.४ ओभरमा ५७ रन बनाएर अलआउट भएको थियो । फुल्टेक्राका कुनै पनि खेलाडीले दोहोरो अंक जोडन सकेनन । खेलमा म्यान अफ द म्याच घोषित भएका मंगल प्रसादका वलर अजय घसियाराले सर्वाधिक ४ विकेट लिए । उनले ३.४ ओभरमा ३१ रनमात्र खर्चेका थिए । अजाम खान र अबु सहानी शेखले २–२ विकेट लिए । 

अर्को खेलमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको मोर्डनले १९.१ ओभरमा १ सय ८ रन बनाएर अलआउट भएको थियो । मोर्डनका यतिन शर्माले ४० रन र हिमाल न्यौपानेले १२ रन बनाए । आइडियलका वलर समिर अन्सारीले सर्वाधिक विकेट लिने क्रममा ६ विकेट लिए । उनले ४ ओभरमा १२ रनमात्र खर्चेर प्रभावशाली वलिङ गरेका थिए । आइडियलका मुबारक जोलाहले २ विकेट र आसिफ हुसेनले १ विकेट लिएका थिए । 

जवाफमा आइडियलले १६.१ ओभरमा ९ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । टोलीका लागि अनुराग बैश्यले ३५ रन र अर्सरत हुसेनले १७ रनको योगदान गरेका थिए । मोर्डनका वलर यतिन शर्मा र बाल सुन्दर भण्डारीले ३–३ विकेट लिए । खेलमा आइडियलका समिर अन्सारी म्यान अफ द म्याच घोषित भए । उनलाई जानकी गाउँपालिका अध्यक्ष छब्बन खाले पुरस्कृत गरेका थिए । 

ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १६ टिमले सहभागिता जनाएका छन् । ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् । 

यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् । 

प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछ । 
 
ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…