Pairabi logo

माघ ०८, २०८२, बुधबार                    

सुनाखरीको सञ्चालक समिति अध्यक्षमा शर्मा चयन

सम्वाददाता

सम्वाददाता

सुनाखरीको सञ्चालक समिति अध्यक्षमा शर्मा चयन
ADVERTISEMENT

नेपालगन्ज १३ पुस । सुनाखरी रेष्टुरेन्ट प्रालिको नयाँ सञ्चालक समिति चयन भएको छ । प्रालिको छैठो साधारण सभाले पवित्र प्रकाश शर्माको नेतृत्वमा सात सदस्यीय नयाँ समिति चयन गरेको हो । 

समितिको सदस्यहरुमा डा. सगुन श्रेष्ठ, हर्कबहादुर बोहरा, महमुद अहमद सिद्दिकी, पुण्यप्रसाद भट्टराई, प्रदिप ज्ञवाली र घनश्याम शर्मा चयन हुनुभएको छ । सभाले समितिका सदस्य घनश्याम शर्मालाई प्रबन्ध निर्देशक पदमा निरन्तरता दिएको छ । 

प्रालिका १४ जना सेयर सदस्य रहेका छन । तीन वर्षका लागि चुनिएको सञ्चालक समितिले रेष्टुरेन्टको स्तरबृद्धि, शाखा विस्तार लगायतको व्यवस्थापन कार्य गर्ने प्रबन्ध निर्देशक घनश्याम शर्माले बताउनुभयो । रेष्टुरेन्टले यस वर्षदेखि सामाजिक उत्तरदायित्व लगायतको कार्य पनि शुरु गरेको छ । 

रेष्टुरेन्टले दुई जना किशोर किशोरीको होटेल म्यानेजमेन्ट पढाईसँगै रोजगारी समेत दिने भएको छ । हरेक वर्ष दुई जनालाई छात्रवृत्ति प्रदान गर्ने रणनीति अनुसार यो वर्षदेखि शुरु गरेको छ । सुनाखरी रेष्टुरेन्ट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेको छ । 

वीपीचोक नजिक रहेको रेष्टुरेन्टले वडा नं. १२ का गरिब तथा विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिएको सेयर सदस्य प्रदिप शर्माले बताउनुभयो । आज शुक्रबार एक कार्यक्रमका विच वडा नं. १२ का अध्यक्ष तरुण बज्राचार्य लगायतको उपस्थितीमा विद्यार्थीका अभिभावकलाई अध्ययन गर्ने रकमसहितको चेक प्रदान गरिएको छ । 

सुनाखरीले सामाजिक उत्तरदायित्वतर्फ दुई जनालाई आफ्नो खर्चमा पढाउने रणनिती अनुसार यो वर्ष नेपालगन्ज १२ इसरार खान र सलोनी गोडियालाई धम्बोझी र सरस्वती उच्च माविमा भर्ना गरिएको छ । उनीहरुलाई कक्षा ९ देखि १२ सम्म पढाउने जिम्मा सुनाखरीले लिएको छ । 

सुनाखरीले हरेक वर्ष थप नया दुई जनालाई निःशुल्क पढाउने जनाएको छ । योसँगै रेष्टुरेन्टले हरेक तीन तीन महिनामा बृद्धाश्रममा गएर खाना खुवाउने रणनीति समेत बनाएको छ । रेष्टुरेन्टले खेलकुदमा पनि निरन्तर सहयोग गर्ने बताएको छ ।
 

ताजा

सबै

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…