Pairabi logo

असोज २१, २०८३, बुधबार                    

सुनाखरीको सञ्चालक समिति अध्यक्षमा शर्मा चयन

सम्वाददाता

सम्वाददाता

सुनाखरीको सञ्चालक समिति अध्यक्षमा शर्मा चयन
ADVERTISEMENT

नेपालगन्ज १३ पुस । सुनाखरी रेष्टुरेन्ट प्रालिको नयाँ सञ्चालक समिति चयन भएको छ । प्रालिको छैठो साधारण सभाले पवित्र प्रकाश शर्माको नेतृत्वमा सात सदस्यीय नयाँ समिति चयन गरेको हो । 

समितिको सदस्यहरुमा डा. सगुन श्रेष्ठ, हर्कबहादुर बोहरा, महमुद अहमद सिद्दिकी, पुण्यप्रसाद भट्टराई, प्रदिप ज्ञवाली र घनश्याम शर्मा चयन हुनुभएको छ । सभाले समितिका सदस्य घनश्याम शर्मालाई प्रबन्ध निर्देशक पदमा निरन्तरता दिएको छ । 

प्रालिका १४ जना सेयर सदस्य रहेका छन । तीन वर्षका लागि चुनिएको सञ्चालक समितिले रेष्टुरेन्टको स्तरबृद्धि, शाखा विस्तार लगायतको व्यवस्थापन कार्य गर्ने प्रबन्ध निर्देशक घनश्याम शर्माले बताउनुभयो । रेष्टुरेन्टले यस वर्षदेखि सामाजिक उत्तरदायित्व लगायतको कार्य पनि शुरु गरेको छ । 

रेष्टुरेन्टले दुई जना किशोर किशोरीको होटेल म्यानेजमेन्ट पढाईसँगै रोजगारी समेत दिने भएको छ । हरेक वर्ष दुई जनालाई छात्रवृत्ति प्रदान गर्ने रणनीति अनुसार यो वर्षदेखि शुरु गरेको छ । सुनाखरी रेष्टुरेन्ट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेको छ । 

वीपीचोक नजिक रहेको रेष्टुरेन्टले वडा नं. १२ का गरिब तथा विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिएको सेयर सदस्य प्रदिप शर्माले बताउनुभयो । आज शुक्रबार एक कार्यक्रमका विच वडा नं. १२ का अध्यक्ष तरुण बज्राचार्य लगायतको उपस्थितीमा विद्यार्थीका अभिभावकलाई अध्ययन गर्ने रकमसहितको चेक प्रदान गरिएको छ । 

सुनाखरीले सामाजिक उत्तरदायित्वतर्फ दुई जनालाई आफ्नो खर्चमा पढाउने रणनिती अनुसार यो वर्ष नेपालगन्ज १२ इसरार खान र सलोनी गोडियालाई धम्बोझी र सरस्वती उच्च माविमा भर्ना गरिएको छ । उनीहरुलाई कक्षा ९ देखि १२ सम्म पढाउने जिम्मा सुनाखरीले लिएको छ । 

सुनाखरीले हरेक वर्ष थप नया दुई जनालाई निःशुल्क पढाउने जनाएको छ । योसँगै रेष्टुरेन्टले हरेक तीन तीन महिनामा बृद्धाश्रममा गएर खाना खुवाउने रणनीति समेत बनाएको छ । रेष्टुरेन्टले खेलकुदमा पनि निरन्तर सहयोग गर्ने बताएको छ ।
 
ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…