Pairabi logo

असोज २१, २०८३, बुधबार                    

महिला उद्यमीलाई प्रोत्साहन गर्न प्रदेशस्तरीय प्रदर्शनीको तयारी

सम्वाददाता

सम्वाददाता

महिला उद्यमीलाई प्रोत्साहन गर्न प्रदेशस्तरीय प्रदर्शनीको तयारी
ADVERTISEMENT

नेपालगन्ज, ११ पुस । महिला उद्यमीहरुको स्थानीय उत्पादनलाई बजारीकरण, प्रोत्साहन र नव उद्यमीलाई उत्प्रेरणा दिने उद्देश्यले आठांै लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी हुने भएको छ । 

महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष आयोजना गदै आएको प्रदर्शनी यसपटक पुस २४ देखि २८ गते सम्म हुने भएको छ । 
आज आयोजित पत्रकार सम्मेलनमा आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत, महिला उद्यमी महासंघको केन्द्रिय सदस्य तथा महिला उद्यमी महासंघ लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, प्रदर्शनी संयोजक एवम् संघको प्रथम उपाध्यक्ष रेबती सिंह, दिृतीय उपाध्यक्ष आभा गौतम, प्रदर्शनीको आर्थिक संयोजक शशी स्वारले प्रदर्शनीको तयारी र उद्देश्यहरुका बारेमा बताउनुभएको थियो । 

महिला उद्यमी संघ नेपालको केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक शर्माले थुप्रै चुनौति र समस्याहरुको सामना गर्दै प्रदर्शनीलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले स–सानो स्तरबाट प्रदर्शनीको सुरुआत गर्दै आज यो अवस्था सम्म आएका छौं । आर्थिक चुनौति छ । तर पनि हामीले सबै समस्याको सामना गर्दै महिला उद्यमीहरुको हौसला अभिवृद्धिका लागि काम गरिरहेका छौं ।’

नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रदर्शनीले महिलाहरुलाई उद्यमतर्फ आर्कषित गराउँदै राज्यको आर्थिक विकासमा योगदान गर्ने महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस हामीले केहि नयाँ अभ्यास गदै प्रदर्शनी आयोजना गर्ने तयारी गरेका छौं । यसले महिला उद्यमीहरुलाई आत्मनिर्भर बन्न थप प्रेरणा दिनेछ ।’

हरेक वर्ष प्रदर्शनीले महिला उद्यमीहरुमा नयाँ उत्साह र हौसला थपिरहेको प्रदर्शनी संयोजक रेवती सिंहले बताउनुभयो । उहाँले भन्नुभयो ‘स्थानीय उत्पादनलाई प्राथमिकता दिदैं आयोजना गरिने यस प्रदर्शनीले महिला उद्यमीका उत्पादनहरुलाई बजारीकरणमा सहयोग गरेको छ । देशलाई आर्थिक रुपमा बलियो बनाउन घरेलु उत्पादन, स–साना घरेलु उद्योगहरुको भुमिका महत्वपुर्ण हुन्छ । हामीले तिनै उद्योग र उत्पादनलाई प्रदर्शनी मेला मार्फत बजारीकरणमा सहयोग गर्ने अभिप्रायले यस पटक पनि नयाँ उत्साहका साथ मेला आयोजनाको लागि तयारी गरिरहेका छौं ।’

प्रदर्शनी आयोजना गर्न यस पटक विभिन्न निजी क्षेत्रका व्यापारिक प्रतिष्ठान, संघ संस्थाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आर्थिक संयोजक शशी स्वारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले यसपटक केहि ब्यापारिक प्रतिष्ठानले सहयोग गर्ने कुरा गर्नु भएको छ । उहाँहरुको सहयोगले प्रदर्शनी आयोजनामा हामीलाई थप उत्साह थपेको छ ।’

आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा यस पटक ६० बढि महिला उद्यमीहरुको स्टल रहनेछन् । प्रदर्शनी आयोजना गर्नको लागि करिब १० लाख खर्च हुने अनुमान गरिएको छ । प्रदर्शनी अवधिमा करिब ८ हजार दर्शकले अवलोक गर्ने अनुमान गरिएको छ । 
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरमा रहेको चिल्ड्रेन पार्कमा पाँच दिन सम्म चल्ने प्रदर्शनीमा लुम्बिनी प्रदेशको १२ जिल्लाबाट महिला उद्यमीहरुको सहभागिता रहनेछ । 

साथै कर्णाली र सुदुरपश्चिबाट केहि महिला उद्यमीहरु प्रदर्शनीमा सहभागि हुनेछन् । यस पटकको प्रदर्शनीमा नयाँ उद्यमीहरुको रुपमा कर्णाली प्रदेशको जाजरकोटबाट पत्थर, सुर्खेतबाट ढाकाको कपडा, बर्दियाबाट बेसार, होमस्टेबारे प्रचार प्रसार, स्थानीय खानाको परिकार, पुर्वी रुकुमबाट स्थानीय खाद्यवस्तु, नेपालगन्जको नाना चाचाले जेलमा बसेका महिलाहरुले उत्पादन गरेको कपडा, बाँकेबाट तोरीको तेल, दाल, चामल, बर्दियाबाट स्विटर लगायतका उत्पादन सहित महिला उद्यमीहरु पहिलो पटक सहभागि हुदैछन् । 

प्रदर्शनीलाई नयाँ अभ्यास गर्ने क्रममा आयोजकले गत वर्ष देखि विद्यालयमा पढिरहेका विद्यार्थीहरुलाई लक्षित गरेर सुरुआत गरेको नव उद्यमी प्रोत्साहन गर्न विद्यार्थीहरुलाई निःशुल्क स्टल राख्न दिने तयारी गरेको छ । जसमा सिटी कलेज अफ म्यानेजमेन्ट र एबिसि रेसिडेन्ट स्कुलका विद्यार्थीको स्टल रहनेछन । 

यसैगरी प्रदर्शनीमा सहभागि भएका स्टलहरु मध्ये बाँकेबाट सहभागि भएका मध्येबाट एक जना र अन्य बाहिरी जिल्लाबाट सहभागि भएका एक जना महिला उद्यमीलाई पुरस्कृत गरिनेछ । 

महिला उद्यमीको समस्या र चुनौतिको बारेमा सरोकारवालासँग अन्तरक्रिया र हरेक दिन सफल महिला उद्यमीहरुको अनुभव र संघर्षको कुरा सुनाउने कार्यक्रम रहेको छ । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…