Pairabi logo

असोज २१, २०८३, बुधबार                    

प्रथम किशोर सिंह राठौर यु–१६ कपमा आइडियल विजयी

सम्वाददाता

सम्वाददाता

प्रथम किशोर सिंह राठौर यु–१६ कपमा आइडियल विजयी
ADVERTISEMENT

सौरभ राना
नेपालगन्ज, १० पुस । आइडियल सेकेन्डरी स्कुलले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा आइडियलले महेन्द्र सेकेन्डरी स्कुललाई ३ विकेटले पराजित गरेको छ । 

सुरुआतमा ब्याटिङ गरेको महेन्द्रले १८.१ ओभरमा १ सय २८ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि आर्यन खत्रीले ३१ रन, महेन्द्र आलेमगरले २० रन, विशाल खड्का र सौरभ शाहीले १०–१० रन बनाए । आइडियलका वलर अनस कसगर र असरफ हुसेन शाहले ३–३ विकेट, समिर अन्सारी र मुबारक अली शाहले २–२ विकेट लिन सफल हुनुभयो । 

जवाफमा समिर अन्सारीले अविजित ३० रनको योगदान गरेपछि आइडियलले ३ बल बाँकी रहेको अवस्थामा जित हासिल गरेको थियो । १९.३ ओभरमा जित हासिल गरेको आइडियलका लागि समिरले ३६ बलमा २ चौका प्रहार गर्नुभयो । समिर खेलमा म्यान अफ द म्याच समेत घोषत हुनुभयो । 

आइडियलका अन्य प्रभावशाली ब्याटिङ गर्ने क्रममा अदान अन्सारीले ३० रन, असलम शेखले १३ रन र अनुराग बैश्यले ११ रनको योगदान गर्नुभयो । महेन्द्रका वलर विशाल खड्काले ३ विकेट, आर्यन खत्री र निराजन चन्दले २–२ विकेट लिएका थिए । खेलमा म्यान अफ द म्याच घोषित समिरलाई नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष विवेक बाचपाईले पुरस्कृत गर्नुभयो । 

यसैगरी मंगलबारको अर्को खेलमा कोहलपुरको बागेश्वारी एकेडेमीले वाकओभर दिएको छ । खेल तालिका अनुसार बागेश्वारी एकेडेमी र मंगलप्रसाद मावि बिच प्रतिस्पर्धा हुने तय थियो । तर बागेश्वरी एकेडेमी खेलमा सहभागि भएन् । 

ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगिताको बाँकेका १६ टिमले सहभागिता जनाएका छन् ।  आयोजक ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् । 

यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् । 

प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराउने तयारी गरिएको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछ । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…