Pairabi logo

पुस १३, २०८२, आइतबार                    

प्रथम किशोर सिंह राठौर यु–१६ कपमा आइडियल विजयी

सम्वाददाता

सम्वाददाता

प्रथम किशोर सिंह राठौर यु–१६ कपमा आइडियल विजयी
ADVERTISEMENT

सौरभ राना
नेपालगन्ज, १० पुस । आइडियल सेकेन्डरी स्कुलले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा आइडियलले महेन्द्र सेकेन्डरी स्कुललाई ३ विकेटले पराजित गरेको छ । 

सुरुआतमा ब्याटिङ गरेको महेन्द्रले १८.१ ओभरमा १ सय २८ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि आर्यन खत्रीले ३१ रन, महेन्द्र आलेमगरले २० रन, विशाल खड्का र सौरभ शाहीले १०–१० रन बनाए । आइडियलका वलर अनस कसगर र असरफ हुसेन शाहले ३–३ विकेट, समिर अन्सारी र मुबारक अली शाहले २–२ विकेट लिन सफल हुनुभयो । 

जवाफमा समिर अन्सारीले अविजित ३० रनको योगदान गरेपछि आइडियलले ३ बल बाँकी रहेको अवस्थामा जित हासिल गरेको थियो । १९.३ ओभरमा जित हासिल गरेको आइडियलका लागि समिरले ३६ बलमा २ चौका प्रहार गर्नुभयो । समिर खेलमा म्यान अफ द म्याच समेत घोषत हुनुभयो । 

आइडियलका अन्य प्रभावशाली ब्याटिङ गर्ने क्रममा अदान अन्सारीले ३० रन, असलम शेखले १३ रन र अनुराग बैश्यले ११ रनको योगदान गर्नुभयो । महेन्द्रका वलर विशाल खड्काले ३ विकेट, आर्यन खत्री र निराजन चन्दले २–२ विकेट लिएका थिए । खेलमा म्यान अफ द म्याच घोषित समिरलाई नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष विवेक बाचपाईले पुरस्कृत गर्नुभयो । 

यसैगरी मंगलबारको अर्को खेलमा कोहलपुरको बागेश्वारी एकेडेमीले वाकओभर दिएको छ । खेल तालिका अनुसार बागेश्वारी एकेडेमी र मंगलप्रसाद मावि बिच प्रतिस्पर्धा हुने तय थियो । तर बागेश्वरी एकेडेमी खेलमा सहभागि भएन् । 

ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगिताको बाँकेका १६ टिमले सहभागिता जनाएका छन् ।  आयोजक ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् । 

यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् । 

प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराउने तयारी गरिएको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछ । 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…