Pairabi logo

असोज ०७, २०८३, बुधबार                    

सुनाखरीले दुई जनालाई निशुल्क पढाउदै

सम्वाददाता

सम्वाददाता

सुनाखरीले दुई जनालाई निशुल्क पढाउदै
ADVERTISEMENT

नेपालगन्ज, ८ पुस । नेपालगन्जको एक रेष्टुरेष्टले सामाजिक उत्तरदायित्वतर्फ हरेक वर्ष दुई जनालाई होटेल म्यानेजमेन्ट पढाउन शुरु गरेको छ । नेपालगन्जको सुनाखरी रेष्टुरेन्ट प्रालिले दुई जना किशोर किशोरीको पढाईसँगै रोजगारी समेत दिने भएको छ । 

हरेक वर्ष दुई जनालाई छात्रवृत्ति प्रदान गर्ने रणनीति अनुसार यो वर्षदेखि शुरु गरेको रेष्टुरेन्टका प्रबन्ध निर्देशक घनश्याम शर्माले बताउनुभयो ।

उहाँका अनुसार छात्रबृत्तिमा होटल म्यानेजमेन्ट पढाउने र १२ कक्षा पास गरेपछि काम गर्न चाहनेलाई रोजगारी समेत दिइने छ । 

सुनाखरी रेष्टुरेन्ट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेको छ । वीपीचोक नजिक रहेको रेष्टुरेन्टले वडा नं. १२ का गरिब तथा विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने प्रालीका अध्यक्ष कृष्णप्रसाद खनालले बताउनुभयो । 

सुनाखरी रेष्टुरेन्टको छैठो साधारण सभाको अवसरमा यो वर्षदेखि सामाजिक उत्तरदायित्वतर्फ दुई जनालाई आफ्नो खर्चमा पढाउने रणनिती अनुसार यो वर्ष नेपालगन्ज १२ इसरार खान र सलोनी गोडियालाई धम्बोझी र सरस्वती उच्च माविमा भर्ना गरिएको छ । उनीहरुलाई कक्षा ९ देखि १२ सम्म पढाउने जिम्मा सुनाखरीले लिएको छ । 

सुनाखरीले हरेक वर्ष थप नया दुई जनालाई निःशुल्क पढाउने जनाएको छ । योसँगै रेष्टुरेन्टले हरेक तीन तीन महिनामा बृद्धाश्रममा गएर खाना खुवाउने रणनीति समेत बनाएको छ । रेष्टुरेन्टले खेलकुदमा पनि निरन्तर सहयोग गर्ने बताएको छ ।

साधारण सभामा पत्रकारिता क्षेत्रमा विशेष योगदान पुरयाएका नेपालगन्जका पत्रकार जे पाण्डे र राकेशकुमार मिश्रलाई सम्मान गरिएको थियो । 

सभामा रेष्टुरेन्टका फ्रन्ट अफिसर खिमलाल शर्मा, कुकमेनद्धय रमेश बस्नेत, जयराम देवकोटा, वेटर महेश धिताल, र स्वीपर कल्पना चन्दलाई समेत सम्मान गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथी होटल व्यवसायी संघ बाँकेका अध्यक्ष रङ बहादुर खड्काले बाँकेमा होटल व्यवसाय संचालन गर्नमा निकै चुनौतीपुर्ण अवस्थामा पनि सुनाखरीले कमाएको लोकप्रियताको प्रशंसा गर्दै आगामी थप सेवा बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले जुन पनि होटल रेष्टुरेन्टले विशेष गरि ग्राहकको चाहना अनुसार छिटो छरितो, गुणस्तरिय सामाग्री उपलब्ध गराउनुपर्ने बताउनुभयो । 

सुनाखरी रेष्टुरेन्टमा कृष्णप्रसाद खनाल, घनश्याम शर्मा, पुण्यप्रसाद भट्टराई, प्रदीप ज्ञवाली, पवित्र प्रकाश शर्मा, मोहम्मुद अहमद सिद्धिकी, हर्कबहादुर बोहरा, खिमलाल शर्मा, भक्तराज उप्रेती, बन्धु चौधरी, सूर्यप्रसाद शर्मा, रुद्रप्रसाद शर्मा लगायत १५ जनाको शेयर रहेको छ ।

सुनाखरीमा हाल ५३ जना कर्मचारी रहेका छन् ।
 

ताजा

सबै

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

यो पनि

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…