Pairabi logo

पुस १३, २०८२, आइतबार                    

ईगाउँमा फुटवल प्रतियोगिता, लुम्विनी प्रदेश प्रहरी गण विजयी

सम्वाददाता

सम्वाददाता

ईगाउँमा फुटवल प्रतियोगिता, लुम्विनी प्रदेश प्रहरी गण विजयी
ADVERTISEMENT

नेपालगञ्ज, पुस ७ गते । बाँकेको खजुरा ४ ई गाउँमा खुल्ला नकआउट फूटबल प्रतियोगिताको शनिबार  भव्य उद्घाटन भएको छ ।  बाजा गाजा र साँस्कृतिक कार्यक्रम सहित सुरु भएको प्रतियोगिताको लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले  मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईगाउँको खेल मैदानमा उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशसभा सदस्य खत्रीले खेलकुदको विकासका लागि आफुले पहल गर्ने बताउँदै ग्रामीण क्षेत्रमा खेलकुदका ठुला प्रतियोगिता हुनु आफैमा सह्रानीय काम भएको बताउनुभयो ।

क्लबका अध्यक्ष प्रकाश केसीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही, खजुरा गाउँपालिका ४ का वडा अध्यक्ष टेकबहादुर रोकाय, नेपालगञ्ज उद्योग बाणिज्य संघका एशोसियट सदस्य कमल कार्की, खजुरा गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव छवी विष्ट, नेकपा एमालेका घननाथ खनाल र झगबहादुर पौडेल, नेपाली काँग्रेसका शंकर रावत, नेकपा माओवादी केन्द्रका राजकुमार विक र खड्ग वली, राष्ट्रिय स्वतन्त्र पार्टीका कुमार गिरी, क्लवका उपाध्यक्ष गोविन्द खत्री, सचिव भोला मल्ल लगायतले शुभकामना ब्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

न्यु दर्पण युवा स्पोर्ट्स क्लबको आयोजनामा पुस १६ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक दर्पणलाई ० का विरुद्ध २ गोलको अन्तरले पराजित गर्दै लुम्विनी प्रदेश प्रहरी गण खजुराले विजयी सुरुवात गरेको छ ।

प्रहरीका तर्फबाट जर्सी नम्बर १० का अर्जुन कुमालले दुईगोल गनुृभयो । म्यान अफ द म्याच कुमाललायृ सुवी एजुकेशन एण्ड भिसा सर्भिसका प्रबन्ध निर्देशक विनोद बास्तोलाले नगद पुरस्कार वितरण गर्नुभयो ।  

प्रतियोगितामा १७ टोलीको सहभागिता छ । प्रतियोगिताको बिजेतालाई एक लाख,दोश्रो हुनेलाई ५१ हजार सहित प्रत्येक खेलको मेन अफ द म्याचलाई नगद पुरस्करको ब्यवस्था गरिएको छ ।

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…