Pairabi logo

पुस १३, २०८२, आइतबार                    

राप्तीसोनारीका खेलाडीमा उत्साह

सम्वाददाता

सम्वाददाता

राप्तीसोनारीका खेलाडीमा उत्साह
ADVERTISEMENT

नेपालगन्ज ७ पुस । बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं ७ को नेबुवाटारमा रहेको शहिद स्वर्गिय दल बहादुर घर्ति मगर खेल मैदानमा खेल खेल्ने ४० जना खेलाडीलाई शनिबार एक कार्यक्रमका बिच खेलकुद सामाग्री बितरण गरिएको छ । 

अमेरिकामा बस्दै आउनु भएका नेपालगंज निवासी राजा खानको सहयोगमा उक्त खेल मैदानमा धारा संगै मोटर सहित पानी ट्यांकी जडान गरिएको छ । भने आजै उक्त धाराको समेत रिबन काटेर उद्धघाटन गरिएको छ । 

राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन थारुको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खानेपानीसहितको आधुनिक धारा जडान गरिएको प्रति राजा खानलाई धन्यबाद दिदै बालबालिकाको पहिलो आवश्यकता शिक्षा भएकाले शिक्षा संगै खेलकुदको पनि बिकास होस भन्ने उद्देश्यले खेलकुद सामाग्री बितरण गरिएको बताउनु भयो । उहाँले राप्ती सोनारी ७ मा रहेको शहिद स्वर्गिय दल बहादुर घर्ति मगर खेल मैदानलाई अत्यधुनिक बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

सो अवसरमा बोल्दै राप्ती सोनारी ७ का अध्यक्ष थारुले खेल सामाग्रीको अभावमा खेल्दै आएका खेलाडीहरुलाई राजा खानले खेल सामाग्री र पोशाक दिईएपछि उत्साहित भएका हुन् ।

सामाग्री हस्तान्तरण गर्दै राजा खानले शहिद स्वर्गिय दल बहादुर घर्तिमगर खेल मैदानमा नियमित अभ्यास गरिएका खेलाडीहरुलाई अभ्यास सहज गराउनका लागि कमल पुनलाई सामाग्री हस्तान्तरण गरिएको थियो । 

टोल विकास समितिका अध्यक्ष समेत रहनु भएका खेलाडी कमल पुनले बजेट अभावका सम्भावना बोकेका धेरै खेलहरु प्रशिक्षण तथा खेल सामाग्रीहरु किन्न सकिएको छैन् । उहाँले भन्नु भयो, राजा खान मार्फत खेलाडीहरुका लागि सामाग्री तथा आवश्यक ब्यवस्थापनमा पहल हुनेछ भन्ने विश्वास लिएका छौ ।  

कार्यक्रममा बोल्दै स्मार्ट टोल विकास समितिका अध्यक्ष कालुराम थारुले खेल मैदानमा पानीको व्यवस्था भएको प्रति खुशि व्यक्त गर्दै खेलाडीका लागि मात्र नभई सडकमा यात्रा गर्ने यात्रीहरुका लागि समेत सहज हुने बताउदै उहाँले भन्नुभयो,राजा खानले राप्ती सोनारी ७ नं वडा लाई खेलकुदका माध्यमबाट चिनाउन सहज होस भन्ने उद्देश्यले ४० थान पोशाक,भलिबल ,फुटबल र ब्याटमिन्टन बितरण गरिएको बताउनु भयो ।

कार्यक्रममा ९५ बर्षिय अमृता घर्तिमगर, लाल बहादुर पुन, गुलसन हल्वाई, नरैनापुर गाँउपालिकाका प्रेस सल्लाहकार आलम खान, वाईसीएलका केन्द्रीय सदस्य अरसद रंगरेज लगायतको सहभागिता रहेको थियो  । 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…