Pairabi logo

कात्तिक २३, २०८२, शनिबार                    

किशोर सिंह राठौर यु–१६ क्रिकेट शुरु

सम्वाददाता

सम्वाददाता

किशोर सिंह राठौर यु–१६ क्रिकेट शुरु
ADVERTISEMENT

नेपालगन्ज, ७ पुस । प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट शनिबारदेखि नेपालगन्जमा सुरु भएको छ । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालगन्ज मोडेल एकेडेमीले ब्राइटल्यान्ड स्कुललाई ५५ रनले हराएको छ । 

सुरुआतमा ब्याटिङ गरेको नेपालगन्ज मोडेल एकेडेमीले १८ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ५३ रन बनाएको थियो । नेपालगन्ज मोडेलका लागि विकास कटवालले सर्वाधिक २२ रन, निश्चल पुन मगरले २१ रन, रोजिन पुन मगरले १९ रन, विवेक पुन मगरले १८ रन र प्रज्वल विष्टले अविजित ९ रन बनाउनुभयो । 

ब्राइटल्यान्डका शुभम बर्माले ३ विकेट, सार्थक सुनार र प्रसिद्ध केसीले २–२ विकेट लिए । जवाफमा ब्राइटल्यान्डले १५.५ ओभरमा १० विकेटको नोक्सानीमा ९८ रनमात्र बनाउन सक्यो । ब्राइटल्यान्डका ब्याटसम्यान नैतिक गुप्ताले २६ रन र सार्थक दवाडीले १५ रन जोडे । 

नेपालगन्ज मोडेलका सुमित विष्टले सर्वाधिक ४ विकेट लिए । प्रज्वल विष्ट र निश्चल पुन मगरले २–२ विकेट लिए । खेलमा नेपालगन्ज मोडेलका सुमित विष्ट म्यान अफ द म्याच घोषित भए । 

उद्घाटन खेल अघि संघीय सासद एवम् नेपाली कांग्रेस सह–महामन्त्री किशोर सिंह राठौरले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा सह–महान्त्री राठौरले विगतमा बाँके जिल्ला खेलकुदको क्षेत्रमा निकै अगाडी रहेको इतिहास भएकोले खेलकुदको नेतृत्व गर्नेले यस क्षेत्र खेलकुदको विकासमा इमानदारिता पुर्वक लाग्नु पर्ने बताउनुभयो । 

बाँकेका युवाहरुले यु–१६ क्रिकेट प्रतियोगिता आयोजना गरेर समाजमा फैलिरहेको बिकृतीलाई हटाउन सहयोग गर्ने राठौरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आयोजक युवाहरुलाई म धन्यवाद दिन चाहन्छु । यस्तो प्रतियोगिताले युवाहरुलाई अनुशासित बनाउने, मर्यादित बनाउने, देश प्रेमी बनाउने काम गर्छ ।

युवाहरु दुव्र्यसनीमा लागेर बिग्रिरहेका बेला खेलको सुरुआत गरेर यहाँका युवाहरुलाई प्रेरणा दिने प्रयत्न्न भएको छ । यसका लागि आयोजक टिमलाई धन्यवाद ।’

ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १७ टिमले सहभागिता जनाएका छन् ।  
आयोजक ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल, बागेश्वरी एकेडेमी कोहलपुर र मंगल प्रसाद उच्च मावि रहेका छन् । 

यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् । प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराउने तयारी गरिएको छ ।

प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार पाउनेछ । प्रतियोगिता अन्तर्गत आइतबार ड्रिमल्यान्ड हाइस्कुल राझाँ र नेपाल सेन्टजेभिर्यस हाइस्कुल बिच हुनेछ । 

 

ताजा

सबै

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…

लोकप्रिय

सबै

राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु

नेपालगन्ज १७ कात्तिक । बाँकेको राप्ती नदी सिधनिया घाटमा तीन दिने पुर्णमासी मेला शुर…

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

अटोरिक्सा सञ्चालनपछि नरैनापुरवासीलाई आवागमनमा सहज

बाँके, १८ कात्तिकः बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्च…

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…

यो पनि

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…

लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी

लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी

नेपालगन्ज ११ बैशाख । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधी एपीएफ क्लब र नेपाल पुलि…