Pairabi logo

पुस १३, २०८२, आइतबार                    

भारतमा भएको अन्तरराष्ट्रिय तेक्वान्दोमा बाँकेका १२ खेलाडीलाई पदक

सम्वाददाता

सम्वाददाता

भारतमा भएको अन्तरराष्ट्रिय तेक्वान्दोमा बाँकेका १२ खेलाडीलाई पदक
ADVERTISEMENT

नेपालगन्ज ४ पुस । भारतको देहेरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाँकेका १२ जना खेलाडीले पदक हात पार्न सफल भएका छन् ।

उत्तराखण्ड तेक्वान्दो एशोसिएसन तथा यूपी गुडबिल तेक्वान्दो एशोसिएसनको संयुक्त आयोजनामा गत डिसेम्बर १५ देखि १७ तरेखसम्म सञ्चालित नेपालका पाँच टोलीले सहभागिता जनाएका थिए । 

१२ वटा देशका खेलाडीले प्रतिस्पर्धा गरेकोमा बाँकेबाट सहभागी खेलाडीले विभिन्न उमेर तथा तौल समूहमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएको प्रशिक्षक चन्द्र प्रकाश श्रेष्ठले बताउनुभयो । प्रशिक्षक श्रेष्ठ आफै पनि प्रतियोगितामा ५० बर्ष माथिको उमेर समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँले प्रथम स्थान हासिल गर्नुभयो । 

बाँकेमा विभिन्न उमेर तथा तौल समूहमा प्रतिस्पर्धा गर्नुभएका सागर धामी, विहान गोयल, अनुज गिरी, आभाष पराजुली, प्रिति विष्टले प्रथम स्थान हासिल गर्दै मेडल प्राप्त गर्नुभयो ।

 द्वितीय स्थान हासिल गर्दै मेडल प्राप्त गर्ने खेलाडीहरूमा तर्कराज देवकोटा, जुनु पासी, वियन्सा कक्षपति तथा तृतीय स्थान हासिल गर्नेमा युवराज सिंह ठकुरी, हरके सिंह पाण्डे, अभिनव चौधरी रहनुभएको छ । 

बाँकेबाट प्रशिक्षक श्रेष्ठको नेतृत्वमा १७ जना खेलाडी तथा कोच उमादेवी थापा, टिम मेनेजर प्रविण बहादुर ठकुल्ला, अन्तर्राष्ट्रिय रेफ्रि प्रकाश लामिछानेको टोली भारत पुगेको थियो ।

बाँकेबाट सहभागी भएर भारतमा तेक्वान्दोको अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेख्य सफलता हासिल गर्न सफल भएका हुन । 
 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…