Pairabi logo

जेठ ०९, २०८३, शनिबार                    

भूकम्प जोखिममा रहेका संरचनालाई प्रवलीकरण गरिदै

सम्वाददाता

सम्वाददाता

भूकम्प जोखिममा रहेका संरचनालाई प्रवलीकरण गरिदै
ADVERTISEMENT

नेपालगन्ज, २ पुस : पुराना र कमजोर संरचनालाई भूकम्पको जोखिमबाट न्यूनीकरण गर्नका लागि नेपालगञ्जमा प्रवलीकरण (रेट्रोफिटिङ) सुरु भएको छ । नेपालगञ्जमा भूकम्पको अतिजोखिममा रहेका संरचनालाई प्रवलीकरण गर्नका लागि स्थानीयस्तरमा सचेतना प्रवर्द्धन गर्न थालिएको हो । 

धेरै पुराना र कमजोर संरचनालाई भूकम्प प्रतिरोधी बनाउन पुनःमर्मत गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रवलीकरणका लागि सचेतना अभिवृद्धि गर्ने काम थालिएको जिल्ला विपत् व्यवस्थापन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

यहाँका अधिकांश पुराना संरचना भूकम्पको जोखिममा रहेको प्राविधिक अध्ययनले देखाएपछि ती संरचनालाई भूकम्पको जोखिमबाट जोगाउन स्थानीयलाई अभिप्रेरित गर्न थालिएको उहाँको भनाइ थियो । ज्ञवालीका अनुसार नेपालगञ्जको वडा नं ३ स्थित इस्लामिक चिल्ड्रेन स्कूललाई नमुनाका रुपमा प्रवलीकरण गरिएको छ । 

“पुराना संरचना भूकम्पको उच्च जोखिममा छन्, ती संरचनालाई भूकम्प प्रतिरोधी बनाउने उद्देश्यले प्रवलीकरण ९रेट्रोफिटिङ० गर्न सकिन्छ भन्ने सन्देश समुदायस्तरमा प्रवाह गर्न नमुनाका रुपमा इस्लामिक स्कुललाई छनोट गरेका हौँ”, सिभिल इञ्जिनियर नरेश निदालले भन्नुभयो, “पुराना संरचना भत्काएर नयाँ बनाउन नसक्ने अवस्थामा रेट्रोफिटिङ गर्न सकिन्छ । जसले गर्दा भूकम्पको जोखिमलाई धेरै हदसम्म कम गर्दछ ।” 

नेपालगञ्जमा जोखिममा रहेका घरको संरचनात्मक लेखाजोखा गरी त्यसको प्रतिवेदनका आधारमा प्रवलीकरण गर्न सकिने सूचना व्यवस्थापन अधिकृत ज्ञवालीलले बताउनुभयो । उहाँका अनुसार विसं २०७२ अघि नेपालगञ्जमा निर्माण भएका अधिकांश संरचना भूकम्प प्रतिरोधी नभएको प्राविधिक अध्ययनले देखाएको छ ।

पहिला बनेका घर नक्सापास, जाँचपासलगायतका प्राविधिक मापदण्ड पूरा नगरी निर्माण गरिएकाले भूकम्पको जोखिम बढेको नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जिनियर निमेष शर्माले बताउनुभयो । उहाँले विसं २०७२ देखि उपमहागनरले घरलगायतका संरचना निर्माण गर्दा अनिवार्यरुपमा नक्सापास गराई भूकम्प प्रतिरोधी बनाउनुपर्ने प्रावधान रहेको बताउनुभयो । 

विद्यालयका पुराना संरचनालाई प्रवलीकरणले विद्यार्थी र अभिभावकमा रहेको भूकम्पको डर र त्रास हट्ने इस्लामिक चिल्ड्रेन विद्यालय व्यवस्थापन समितिका सदस्य मक्सुद अहमदले बताउनुभयो । पुराना संरचनाले विद्यालय बढी जोखिममा रहेकाले पश्चिम क्षेत्रमा गएको भूकम्पपछि विद्यार्थी र अभिभावकमा डर र त्रास सृजना भएको उहाँको भनाइ थियो । उहाँका अनुसार स्कुलमा कक्षा आठसम्म अनाथ बालबालिकालाई निःशुल्क अध्ययपन गराइन्छ ।

नेपालगञ्ज उपमहानगरसँगको सहकार्यमा सुपर परियोजनाले भूकम्प प्रतिरोधी संरचना निर्माण, पुराना संरचना प्रवलीकरण, आवास बीमा, विपद् प्रतिकार्यका लागि दक्ष जनशक्ति उत्पादन, सचेतना प्रवद्र्धनलगायतका काम गरिरहेको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार उपमहानगरभित्र वडा नं ३ र ७ लाई मुख्य कार्य क्षेत्र बनाइएको छ । 

युरोपियन युनियनको सहयोग तथा युएनडिपी, युनिसेफ र युएनओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा उपमहानगरमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना ९सुपर० ले भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ वर्षदेखि विपद्पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

ताजा

सबै

सचेतनामूलक तथा क्षमता विकास तालिम

बाँके ६ जेष्ठ । खुला सिमानाका कारण बढ्दो मानव बेचबिखन तथा ओसारपसारको जोखिम न्यूनीक…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…

बुद्धएयरको नेपालगञ्ज पोखरा उडान स्थगन

नेपालगञ्ज ६ जेठः करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगञ्ज पोखरासिध…

लोकप्रिय

सबै

बालबालिकाको शैक्षिक गुणस्तर तथा सिकाइ उपलब्धि सुधार गर्न अभिभावक शिक्षा कार्यक्रम

बर्दिया, ५ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भइ…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…

सचेतनामूलक तथा क्षमता विकास तालिम

बाँके ६ जेष्ठ । खुला सिमानाका कारण बढ्दो मानव बेचबिखन तथा ओसारपसारको जोखिम न्यूनीक…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

यो पनि

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता सम्बन्धि अभिमुखीकारण सुरु

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता सम्बन्धि अभिमुखीकारण सुरु

नेपालगन्ज, जेठ १ । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता ९एआई० …

डिजिटल साक्षरताको आवश्यकता बढदो

डिजिटल साक्षरताको आवश्यकता बढदो

नेपालगन्ज १७, चैत । वर्तमान अवस्थामा डिजिटल साक्षरताको आवश्यकता बढदै गएको एक कार्यक्रम…

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

नेपालगन्ज । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमले आचारसंहिता पा…